पूरा भयो सपना मिल्यो आमाको काख एउटा खुसीको पल छोरी आरोहीको पारिवारीक पूर्नमिलन गराउन सफल भयौ ।
साहाराको घर एउटा साझा चौतारी हो जहाँ कठिन परिस्थितिमा जीवन बिवश छोरिहरु निधक्क पीडा बिसाएर बस्न सक्छन । यहि साहाराको चौतारिमा बस्ने छोरी हरु मध्ये एक हुन आरोही (सारा बिक ) उनलाइ गत 2071/2/25 गतेका दिन जिल्ला बाल कल्याण समितिले सौराहा स्थित अनाथ बालबालिका तथा महिला संरक्षण केन्द्र बाट उद्दार गरिएका बालबालिका मध्ये 2 बालिका(सुस्मिता बिक र सारा बिक ) लाई आवश्यक संरक्षण एवं पुनस्थापनाको लागि यस कल्याणकारी सस्था साहाराको घरमा स्थानान्तरण गरिएको थियो । त्यस पश्चात् साहाराको घरले बालिकाहरुको पारिवारिक अवस्था बारे खोज गरि परिवार पत्ता लगाएर गत बर्स सुस्मिता बिकको पारिवारिक पुनर्मिलन गराउन सफल भएका थियौ भने लामो खोजी प्रयास र काउन्सिलिङ पछि हिजो मिति 2074/01/02 गतेका दिन सारा बिक लाई उनको परिवार सङग मिलन गराउन सफल भएका छौ । प्रमुख जिल्ला अधिकारी नारायण प्र. भट्ट , बाल संरक्षण अधिकृत महेशराज पौडेल ,अस्थाइ प्रहरी चौकी भोजाडका प्रमुख उपेन्द्र चौधरी लगायत विभिन्न क्षेत्रमा आवद्द समाजिक ब्यक्तित्व साहाराका सहयोगी शुभचिन्तक अबिभावकहरुको रोहवरमा उनकी आमा शान्ती बिक को जिम्मा लगाइएको हो । 4 बर्ष को अबोध उमेर देखिनै आमा मातृत्वबाट अल्गिन बिबश छोरिलाइ माया र संरक्षणको दायरामा राख्दै उनैको आमाको काखमा सुम्पन पाउँदा साहाराले आफ्नो जिम्मेवारी पूरा गरेको छ बाकी दिन उनलाइ कहिल्यै परिवार बाट टाढा हुने परिस्थिति सिर्जना नहोस भनेर परिवारमा रहेर आफ्नो अध्यनलाइ अगाडि बढाउन साहाराको घरले शैक्षिक सामाग्री सहयोग गर्नेछ । नानुको पारिवारिक मिलनमा उनको उज्ज्वल भबिस्यको शुभकामना प्रदान गर्नुहुने सबै प्रती आभारी छौ । साथै Sarita Acharya नानू John Kandel दादा योशोदा शर्मा दिज्यु हजुर हरुको साथ प्रती आभारी छौ । चरम गरिबिकै कारण आमाको काखमा बाल्यकाल बिताउने स्वणिम सुखबाट कोहि टाढा नहुन तिमी यहि समाजका लागि असल मान्छे बन्नु पारिवारिक बसाइ असाध्यै सफल र सहज होस छोरि यसरी अरु नानिहरुको पनि क्रमशा पारिवारिक मिलन गराउन सकौ
2074/01/03
साहाराको घर परिवार
भरतपुर 11 चितवन
Post a Comment