जब तिमिलाइ यो काख बाट त्यो काखको जिम्मा लगाएँ ।।
सबैभन्दा गाह्रो मलाइ त्यही बेला भयो । मायाको अभाव हुन नदिने यो काख बाट मातृत्वको आभास हुने त्यो काखको जिम्मा लगाउनु थियो । जति खुसी थिए त्यति दुखी थिए अनि जति दुखी थिए त्यति खुसी पनि यो दुखी र खुसिको बिचमा म के थिए आफैलाइ थाहा थिएन । तिमी आउदा पनि म खुसी थिइन किनकि तिमी बाल अबोध अवस्थामै आफ्नो अभिभावक बिहिन बन्यौ र साहाराको खोजिमा साहाराको घरको चौतारी मा आउन बाध्य भयौ । तिमिलाइ मातृत्व दिने प्रयासले तिम्रो परिवारको लामो समय लगाएर खोजी त मैले नै गरेको हु तर तिमी जादा कता कता मुटु चुडिएको आभास भयो तिमिसङह बिगत 3 बर्सदेखी भावानको नाता जो जोडिएको थियो । चार बर्शको अबोध उमेर देखि मातृत्वका लागि तिमिले जे सामना गर्यौ मेरो माया दिने प्रयासले पक्कै धेरै थोरै तिमिले सहज महसुस गर्यौ होला तिमिले कती महसुस गर्यौ मैले भरपुर प्रयास गरेकै हो छोरी । तिमिलाइ जसरी बाकी अरुलाइ पनि यसरी परिवार सङग मिलन गराउन सके मेरो जिवनको सबैभन्दा ठूलो लक्ष्य पूरा हुनेछ । परिवारको साथ खुसी खुसिमा उज्ज्वल भबिस्यको यात्रा गर्नु छोरी असल मान्छे बन्नु तिम्रो सुखी मै मेरो सन्सार छ ।
साहाराको घर, चितवन
Post a Comment