स्व. पिताजीको पुण्यतिथीको दिनमा मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाका गरिमा १०० जना लक्ष्मीनारायण र बालगोपालहरूलाई विहानको भोजन सेवाको लागि रू.१०,०००।- स - प्रेम अर्पण !
.......................................................
२३ चैत्र, २०७३ - बुधबार @ मानवसेवा आश्रम - हेटौंडा।(फोन : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१)
स्थायी ठेगाना हेटौंडा - २ मानसचोक भई हाल दोहा कतारमा रहँदै आउनु हुने परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणीय सरोज पुडासैनीज्यू र संझना पुडासैनीज्यूले स्व. पिताजी विष्णु प्रसाद पुडासैनी को पुण्य तिथीको दिन बुबाको बैकुण्ठबासको लागि भगवानसँग प्रार्थना गर्नु हुँदै मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाका गरिमा १०० जाना लक्ष्मीनारायण र बालगोपालहरूलाई भोजन सेवाको लागि रू.१०,०००।- स - प्रेम अर्पण गर्नु भएको छ।
समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश दिन दुखीहरूलाई सरल सहज र स्वभाविक जीवनयापन गराउन उनिहरुको उद्दार, स्याहार संरक्षण पालनपोषण गर्दै पारिवारिक पुन:मिलन गराउने सेवामा जुट्दै आईरहेको मानवसेवा आश्रमको सेवा कार्यमा सहयोगी हात वढाउनु हुने उदारमना सरोज पुडासैनीज्यू र संझना पुडासैनीज्यूलाई धेरैधेरै साधुवाद एंव बुबाको बैकुण्ठबासको लागि भगवान सँग प्रार्थना !
....................................
मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि :
९८५५०७६००१,९८५५०७६००२ देखि ०९ सम्म
YouTube Links :
https://www.youtube.com/watch?v=B0i4qlGJdmc&t=79s
https://www.youtube.com/watch?v=uSrQkobiRLU&t=50s
https://www.youtube.com/watch?v=L0r6aG_Bim4&t=594s
https://www.youtube.com/watch?v=DqIXcOZCiYI&t=327s
https://www.youtube.com/watch?v=ui-KJUyFaPA&t=12s
https://www.youtube.com/watch?v=3oHeb_0HWl4&t=4s
https://www.youtube.com/watch?v=hw2IyS3Aa8U&t=163s
Post a Comment