बेशिसहर-३दनाई गाउँबाट एक पुरुषको उद्वार.......!!
मिति २०७३ चैत २१ गते साेमबार
विभिन्न कारणबाट सडकका पेटीहरुमा मानसिक संतुलन गुमाएर कष्टकर जीवनयापन गर्ने विवश व्यक्तिहरुकाे सेवा गर्ने अभिष्टले संचालित मानवसेवा अाश्रमका अाजिवन सदस्य अादरणिय मन्दिरा दनाई ज्यु र शुभेच्छुक अभिभावक अादरणिय धु्व दनाई ज्युले बेशिसहर-३दनाईगाँउबाट अाफ्नाे नाम बताउन नसक्ने मानसिक सन्तुलन गुमाई सडककाे पेटीमा कष्टकर जीवनयापन गर्ना विवश अन्दाजी ४०बर्षकाे एक पुरुषकाे उद्वार गरि मानवसेवा अाश्रममा ल्यदिनु भएको छ।मानवसेवा अाश्रमकाे सेवा शुरुवात भई सडककाे अवस्था अध्यन,उद्वार,लालनपालन,अाैषधी उपचार एवं पूनर्स्थापनाकाे कार्य गर्दै अाईरहेकाे मानवसेवा हेटौंडा,चितवन,काठमाडौ,ललितपुर,गाेरखा र लमजुङमा सेवा संचालन भईरहेकाे छ।अाश्रमकाे व्यवस्थापन नितान्त मानवीयताका पक्षधर,पराेपकारी नेपाली दाजुभाइ दिदिबहिनीहरुकाे मुठ्ठीदानकाे सहयाेगबाट सेवा संचालन भई रहेकाे छ।मानवसेवा अाश्रम लमजुङ शाखामा ४जना लक्ष्मीनारायणहरुले गरिमा बढाई रहनु भएकाे छ।
थप जानकारीकाे लागि 9855076007,9846368416,9856045270 धन्यवाद ।
Post a Comment