तत्काल सेवाको लागि आवश्यक पर्ने खाद्यान्न सामग्री र भाडा वर्तन आश्रमलाई स -प्रेम योगदान!!

तत्काल सेवाको लागि आवश्यक पर्ने  खाद्यान्न सामग्री  र भाडा वर्तन आश्रमलाई स -प्रेम योगदान!!
............................................
वीरगंज पर्साको सडक पेटीमा कष्टकर जीवन बिताउन विवश विभिन्न उमेर समुहका अनाथ, अपांग ,असाहय, असक्त र मानसिकरुपमा बिछिप्त  भएका व्यक्तिहरुलाई सेवा गर्ने अभिष्टले संचालन हुन लागेको मा
नवसेवा आश्रम बिरंगज  शाखाको सेवालाई आज
  आश्रमलाई  हृदयदेखि नै प्रेम गर्नु हुने हरेक पल उत्साह  र हौसला  प्रदान गर्दै आउनु हुने   मानबिय  भावनाका धनी दाजु  आदरणीय Sankalp Shakya ज्यु , उदारमना ममतामयी आमा आदरणीय संगीता शाक्यज्यु    परोपकारी भावनाको धनी भाउजु आदरणीय Namita Sankalp Shakya ज्युले सयुक्तरुपमा    केहि दिन मा नै सेवा सुरु हुन् लागेको   आश्रमको  सेवा कार्यलाई सरल बनाउनका लागि  तत्कालको लागि आवश्यक पर्ने (  चामल, दाल, तेल,  नुन,  साबुन, गेडागुडी, सर्फ)   साथै ( कुकर   ५ लिटर १ थान,  कराई    १ थान , प्लेट १२ थान , गिलास १२ थान,  कचौरा १२ थान,   डेक्ची १ थान ,थाल १२ थान,   ताप्के ,कप  १२ थान)  स- प्रेम  योगदान   गर्नु भएको छ!

सेवा संयोजनमा  महत्वपुर्ण भूमिका निर्वाह गरिदिनु  मानवसेवा आश्रम बीरगंजको शाखाको सेवामा   अभिभाबकिय कर्तव्य निर्वाह गर्दै आइरहनु भएका   मानवताप्रेमी आदरणीय Prf.Dr.Deepak Shakyaज्युलाई धेरै  धन्यवाद

मानबिय सेवाको कार्यमा  सहयोगी पुर्याउनुहुने  उदारामनाज्युहरुलाई धेरै- धेरै     साधुबाद  एबम सुख शान्ति र सफलताको धेरै  शुभ - भावाना !!

सधैभरि सुखले खान पुगोस  खुसि खुसीले योगदान दिन पुगोस

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.