मानवसेवा आश्रमको सेवाकार्यबाट प्रभावित भई आश्रमलाई रु. २५,०००/- सहयोग ।

मानवसेवा आश्रमको सेवाकार्यबाट प्रभावित भई आश्रमलाई रु. २५,०००/- सहयोग । परोपकारी डा. श्री कपिलदेव उपाध्यायज्यूप्रती सादर नमन्...
...........................................................
काठमाडौं मोर्डन अस्पतालका बरिष्ठ मनोचिकित्सक तथा सि.एम.सी.नेपालका अध्यक्ष परोपकारी तथा मानवताप्रेमी श्री कपिलदेव उपाध्यायज्यूले मानवसेवा आश्रमको सेवाकार्यलाई थप सहज बनाउने अभिष्टले रु.२५,०००/- अक्षरुपी  पच्चिस हजार रुपैया सहयोग गर्नुभएको छ ।

नियमित प्रबोधन कार्यक्रमको क्रममा उहाँले आश्रमको सेवाकार्यको लागि लागि नगद रु.२५,०००/- सहयोग गनुभएको हो ।

मानवसेवा आश्रमले जे गरिराखेको छ त्यसले आफूलाई अत्यन्त प्रभाव पारेको बताउनुहुने उहाँले आगामी दिनहरुमा पनि आश्रमको साथा रहने बचन दिनुभभएको छ ।
मानवसेवा आश्रमको सेवाकार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी डा.श्री कपिलदेव उपाध्यायज्यूप्रति हार्दिक आभार तथा सादर नमन् ।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.