छाेरीकाे जन्मदिनमा आश्रममा आई अाफ्नै हातबाट खाना पकाई सबैलाई भाेजन सेवा साथै अावश्यक खाधान्न सामाग्री चामल,साबुन,कपालमा लगाउने तेल,खाने तेल सहयाेग

"शुभ जन्मदिनकाे अवसरमा मानवसेवा अाश्रममा भाेजन सेवा"
 
   मिति२०७४ जेठ २८गते अाइतबार
बेशिसहर-७त्रिवेणीटाेल निवासी(एन्जिला व्युटिपालर्र)अादरणीय तिर्थ श्रेष्ठ ज्युले अाफ्नाे छाेरी एन्जिला श्रेष्ठकाे अाठौ शुभजन्मदिनकाे अवसर पारी अाश्रममा अाई अाफ्नै हातबाट खाना पकाई बेलुकाकाे भाेजन सेवा गरि छाेरीकाे जन्मदिनकाे खुशि मानवसेवा अाश्रममा साटसाट गर्नुभएको छ।साथै अाश्रमलाई अावश्यक खाधान्न सामाग्री  १चामल,नुहाउने साबुन-४पिस,लुगाधुने साबुन ६,कपालमा लगाउने तेल१पिस,खाने तेल-६ अाश्रमलाई  सहयाेग गर्नुभएको छ।अागामी दिनहरुमा तन,धन,मनकाे त्रिवेणीबाट मानवसेवा अाश्रमकाे सेवालाई थप सरल र सहज बनाउने प्रतिब्बता गर्नुभएको छ।सहयाेगी मानवताप्रेमि,उदारमना तिर्थ ज्युलाई धेरै धेरै धन्यवाद ।एन्जिला श्रेष्ठ बहिनीलाई सु स्वास्थ्य दिर्गायु उत्तर उत्तर प्रगतिकाे लागि मानवसेवा अाश्रमकाे तर्फबाट लाखौं लाख शुभावना।
  सदैव खुशिका साथ जिउन पुगाेस् दान गर्ना पुगाेस्।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.