५०अाैं जन्मदिनकाे अवसरमा गोरखा मानवसेवा आश्रममा भोजनसेवा।

५० अाै जन्मदिनकाे पावन अवसरमा भोजनसेवा।।।

मिति २०७४/०२/२९ गते का दिन
मानवसेवा अाश्रम गोरखा शाखाको सेवाकार्यलाई थप सहज अनि सरल पुर्‍याउने अभिष्टका साथ गो.न.पा.-६ शक्तिचाेक  निवासी परोकारी भावनाले ओतप्रोत उदारमना आदरणीय श्री श्यामबाबु जोशी ज्यूले अाफ्नो ५० अौं जन्मदिनको अवसरमा जीवनसाथी अादरणीय श्री उर्मिला जोशी ज्यू सहित अाश्रममा नै उपस्थित भई अाश्रमको गरिमा लक्ष्मीनारायण तथा बालगोपालहरुलाई बिहानीको भोजनसेवा स-प्रेम अर्पण गर्नुभएको छ ।

तन स्वस्थ रहाेस मन निर्मल हाेस
     अझ बढि उन्नति , प्रगति हाेस्
मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने उदारमना परोपकारी अादरनिय श्री श्यामबाबु जोशी तथा श्री उर्मिला जोशी ज्यू लगायत सम्पूर्ण जोशी परिवारलाई मानवसेवा अाश्रमको तर्फबाट धेरैधेरै साधुवाद एंव सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !

हाल मानवसेवा अाश्रम गोरखा शाखामा ४ जना लक्ष्मीनारायणहरु तथा १६ जना बालगोपालहरुले अाश्रमको गरिमा बढाइरहनु भएको छ ।
............................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रत्येक-प्रत्येकमा प्रेम, शान्ति, अंहिसा, करूणा, मानवता परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नामबाट विश्व मानचित्रमा परिचय गराउने।)

धन्यवाद!
................................................
मानवसेवा आश्रमको शाखा कार्यालय - गोरखाको बारेमा थप जानकारीको लागि : ०६४-४२०६९४, ९८५५०७६००६

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.