" अस्ट्रेलियाबाट अाश्रमलाई सहयोग "
@Manavsewa Ashram Gorkha Branch
गोरखा,२०७४/०२/२८ गतेका दिन
मानवसेवा अाश्रम गोरखा शाखाको सेवाकार्यलाई थप सहज अनि सरल बनाउने अभिष्टका साथ स्व. बहिनी देवकी भट्ट ज्यूको ३० अौं जन्मदिनको सम्झनामा गोरखा जिल्ला स्थायी निवासी हाल अस्ट्रेलियामा बसोबास गर्दै अाउनु हुने परोकारी भावनाले ओतप्रोत उदारमना आदरणीय श्री सीता भट्ट (छोरी,दिदी) ज्यूले पठाउनु भएको रकम श्री सूर्यप्रसाद भट्ट (बुवा) ज्यूको हातबाट स-प्रेम अर्पण गर्नुभएको छ ।
स्व. बहिनी देवकी भट्ट ज्यूको अात्माको चिरशान्तिको प्राथना गर्दै मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने उदारमना परोपकारी अादरनिय श्री सीता भट्ट ज्यू लगायत सम्पूर्ण परिवारलाई मानवसेवा अाश्रमको तर्फबाट धेरैधेरै साधुवाद एंव सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !
हाल मानवसेवा अाश्रम गोरखा शाखामा ४ जना लक्ष्मीनारायणहरु तथा १६ जना बालगोपालहरुले अाश्रमको गरिमा बढाइरहनु भएको छ ।
............................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रत्येक-प्रत्येकमा प्रेम, शान्ति, अंहिसा, करूणा, मानवता परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नामबाट विश्व मानचित्रमा परिचय गराउने।)
धन्यवाद!
................................................
मानवसेवा आश्रमको शाखा कार्यालय - गोरखाको बारेमा थप जानकारीको लागि : ०६४-४२०६९४, ९८५५०७६००६, ९८४९१७००१८
Post a Comment