इन्दु श्रेष्ठ ज्यूको २१ अौं जन्मोत्सबमा अाश्रमका १६ जना स्कुल जाने बाबुनानिहरुका लागि १५ थान रेनकोट तथा १ थान छाता स-प्रेम अर्पण||०६४-४२०६९४||

" जन्मदिनको अवसरमा प्रेम
बालगोपालहरुका लागि रेनकोट स-प्रेम "
@Manavsewa Ashram Gorkha Branch

गोरखा,२०७३/०३/०१ गतेका दिन
मानवसेवा अाश्रम गोरखा शाखाको सेवाकार्यलाई थप सहज अनि सरल बनाउने अभिष्टका साथ गोरखा नगरपालिका - ६, ठूलोअाँगन स्थित झरना वस्त्रालय(अश्राङ्गी पसल) बाट छोरी सुश्री इन्दु श्रेष्ठ ज्यूको २१ अौं शुभजन्मोत्सव को उपलक्ष्यमा अाश्रमको गरिमा १६ जना स्कुल जाने बालगोपालहरुका लागि झरी मौसमको अोत १५ थान रेनकोट तथा १ थान छाता स-प्रेम अर्पण गर्नुभएको छ ।

मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने उदारमना परोपकारी अादरनीय झरना वस्त्रालय(अश्राङ्गी पसल) परिवारलाई मानवसेवा अाश्रमको तर्फबाट धेरैधेरै साधुवाद एंव सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !

हाल मानवसेवा अाश्रम गोरखा शाखामा ४ जना लक्ष्मीनारायणहरु तथा १६ जना बालगोपालहरुले अाश्रमको गरिमा बढाइरहनु भएको छ ।
............................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रत्येक-प्रत्येकमा प्रेम, शान्ति, अंहिसा, करूणा, मानवता परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नामबाट विश्व मानचित्रमा परिचय गराउने।)

धन्यवाद!
................................................
मानवसेवा आश्रमको शाखा कार्यालय - गोरखाको बारेमा थप जानकारीको लागि : ०६४-४२०६९४, ९८५५०७६००६, ९८४९१७००१८

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.