बैष्णव मिष्ठान भण्डारद्धारा मानवसेवा आश्रमका बुवाआमाका निम्ति आज देखि प्रत्येक महिनाको १ गते ६० पिस समोसा दान गर्ने प्रतिबद्धता

मानविय कार्यमा सहयोग गर्नै आ-आफ्नै तरिका।
भरतपुर-३ अवस्थित बैष्णव मिष्ठान भण्डारद्धारा मानवसेवा आश्रमका गरिमा सम्पुर्ण लक्ष्मी नारायणका निम्ति आज देखि प्रत्येक महिनाको १ गते ६० पिस समोसा दान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उक्त कार्यको शुभारम्भ अाज देखि गर्नु भएको छ। यस परोपकारी कार्यको निम्ति उक्त बैष्णव मिष्ठान भण्डारप्रति मानवसेवा आश्रम हार्दिक आभार ब्यक्त गर्दछ। साथै उक्त बैष्णव मिष्ठान भण्डारको उत्तरोत्तर प्रगतिको शुभावना।
यस मानविय कार्यमा संयोजनकारी भुमिका निर्वाह गर्नु हुने मानवसेवा आश्रमका अभिभावक आदरणिय नारायण लखौटिया ज्यूलाई धेरै धेरै साधुबाद।।।
हजुरहरुको सदैव जय होस।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९





Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.