थोपा थोपा मिलेर सागर बन्छ भने जस्तै भरतपुर-२ लिलाचोक निवासी परोपकारी भावनका धनी आदरणिय बन्धना पिया ज्यूले २०७३ साल देखि हाल सम्म मानवसेवा आश्रमको सेवा कार्यलाई थप सहज र सरल बनाउनका निम्ति मासिक रुपमा रु ५००(पाँच सय) स-प्रेम योगदान गर्दै आउनु भएको कुरा यँहाहरु माझ जानकारी गराउन पाउदा हर्ष लागेको छ। मानविय कार्यमा सहयोगीको भुमिका निर्वाह गर्नु हुने आदरणिय बन्धना पिया ज्यूप्रति हार्दिक आभार सहित हजुरको सु-स्वास्थ्य दिर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभावना ब्यक्त गर्दछौ।
यदि यँहाहरु आफ्नो क्षमताले सक्ने गरि मासिक सहयोगी बनी यस मानविय कार्यमा सहभागि भैई हाम्रो देश नेपाललाई सडक मानव मुक्त राष्ट्र बनाउने यस महान कार्यमा सहयोगका लागी अनुरोध गर्दछौ। आजको दिन सम्म हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक साधुबाद अर्पण गर्न चाहान्छौ।।।
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment