श्री गणेश थापाज्यूले हेटौडामा बन्दै गरेको नेपाल जर्नी पब्लिक लाईब्रेरीका लागी पुस्तक खरिदकालागी भन्दै सहयोग ।

अमेरिका बाट हेटौडामा बन्दै गरेको नेपाल जर्नी पब्लिक लाईब्रेरीका लागी पुस्तक खरिदकालागी भन्दै सहयोग ।
खैरहनी न.पा.-८ पर्सा चितवन स्थाई घर भै हाल अमेरिकामा रहेका सहयोगीमनकीधनी भाई श्री गणेश थापाज्यूले अमेरिकामा हरेका नेपालीहरूले स्थापना गरेको परोपकारी संस्था नेपाल जर्नीले हेटौडाको चिल्ड्रेन पार्कमा निर्माण गर्दै गरेको र हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको नेपाल जर्नी पब्लिक लाईब्रेरीकोलागी पुस्तक खरिद गर्न भनी नगद रू. ३,०००।- अक्षरूपी तिन हजार रूपैया सहयोग प्रदान गर्नु भएको छ । अमेरिकामा रहेर पनि आफ्नो मातृ भुमीलाई सम्झदै सामाज सेवा प्रति अत्यन्तै रूचि राख्ने र नेपालमा धेरै सामाजिक संघ संस्थाहरूमा निरन्तर सहयोग प्रदान गर्नु हुने सहयोगीमनकाधनी भाई श्री गणेश थापाज्यूले चितवन पर्सा घर भै हाल अमेरिकामा हुनुहुने आदरणिय बैनी माया शर्माज्यूले नेपाल जर्नीले हेटौडामा पब्लिक लाईब्रेरी बनाउदै छ भन्ने जानाकारी गराउने बित्तीकै उहाँले उक्त सहयोग रकम प्रदान गर्नु भएको हो ।
नेपाल जर्नीका अध्यक्ष आदरणिय बैनी श्री मौसमी श्रेष्ठ लगायत सम्पुर्ण सहयोगी टिमको तर्फबाट यहाँहरूको सहयोगी परिवार प्रति हार्दिक, आभार ब्यक्त गर्दै यस सामाजिक अभियानमा ह्रदय देखी नै सहयोग प्रदान गर्नु हुने श्री गणेश थापाज्यूलाई हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौ ।

Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.


Nepal Journey (नेपाल जर्नी)  

Founder/President

Mausami Shrestha

For your support please call us 214-226-9168 

Visit our website : 

http:/www.nepaljourney.org


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.