संस्थाको बार्षिक उत्सबको खुशीयालीमा आश्रममा भोजनसेवा।

संस्थाको बार्षिक उत्सबको खुशीयालीमा बेलुकाको भोजनसेवा।
२०७४ जेष्ठ २९@ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
सहयोग र सहकार्यको लागीः- ०५६-५२५८९४, ९८५५०७६००३
....................................................................................

श्री सिद्धि बिनायक बचत तथा ऋृण सहकारी संस्था एवम् फलफुल तथा तरकारी थोक ब्यवसायि संघ संस्थाको १०औ बार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कारणहरुबाट सडकका पेटिमा रहन बाध्य भएका लक्ष्मी नारायणहरु बेलुकाको भोजन सेवा तथा फलफुल बितरण गराएर उक्त कार्यक्रम सभ्य रुपमा सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा बार्षिक उत्सबको संयोजकको भुमिकामा रहनु भएको आदरणिय भगवति पाण्डे ज्यूले सभापतिको आसन ग्रहण गर्नु भएको थियो भने आश्रमका अभिभावक मुकुन्द प्रसाद गौतम ज्यू तथा  संस्थामा संलग्न माहानुभावहरुको उपस्थिति रहेको थियो।
मानविय कार्यमा साथ र हयोग गर्नु हुने उक्त संस्था लगायत सम्पुर्ण सहयोगी मनहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछौ।
श्री सिद्धि बिनायक बचत तथा ऋृण सहकारी संस्थाको १०औ बार्षिक उत्सवको अवसरमा संस्था तथा उक्त संस्थामा संलग्न सम्पुर्ण परिवारको उत्तरोत्तर प्रगतिको हार्दिक शुभावना ब्यक्त गर्दछौ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.