बुबाको तिथीमा आश्रममा भोजनसेवा
२९, जेठ २०७४,मानवसेवा आश्रम काठमाडौं
.............................
विभिन्न कारणहरुबाट सडककिनाराहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापक्षी मानवहरुको सेवा गर्ने अभीष्टको साथ सञ्चालित मानवसेवा आश्रम काठमाडौं शाखामा मानवसेवा आश्रमका अभिभावक एवं यूवा तथा खेलकुद मन्त्रालयका उप सचिव आदरणीय महेन्द्र पौडेज्यू एवं अनिमा घिमिरेज्यूले आश्रमका सहयोगापेक्षी मानवहरुको लागि स्व. बुबा भुमुदत्त पौडेलज्यूको पुण्य तिथिको अवसरमा भोजनसेवा गराउनुभएको छ ।
भोजनवितरण कार्यक्रममा आदरणीय नेपाल सरकार शिक्षा मन्त्रालयका उपसचिव आदरणीय नारायणकृष्ण श्रेष्ठज्यू, समाजसेवी एवं नेपाल सरकारका पुर्व सह सचिव जयलाल तिवारीज्यू, समाजसेवी सुवर्ण तिवारीज्यू लगाएको उपस्थिती रहेको थियो ।
मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी व्यक्तित्व श्री महेन्द्र पौडेलज्यूप्रती हार्दिक आभार एवं सादर नमन् । स्वं बुबा भुमुदत्तज्यूको बैकुण्ठ बासको कामना ।
Post a Comment