छोरीको जन्मदिनको खुशीयाली दिन-दुखी र असाहयहरुको सेवामा समर्पण ||कमला बि.क. ज्यूप्रती हार्दिक नमन || एक बोरा चामल,बिस्कुट प्रदान तथा लुगा सिलायर सहयोग||

छोरिको जन्मदिन आश्रममा मनाउनुहुदैँ।।।।।।।
@ Manavsewa ashram गोरखा
गोरखा, पाटेचौरमा रहदै आउनुहुने परोपकारि एवं सहयोगी भावनाका धनि आदरणिय दिदी कमला बि.क. ज्यूले आफ्नो छोरी रितुको दोस्रो जन्मदिन आश्रममा मनाउनुभएको हो।  जन्मदिनको अवसरमा आश्रमको सेवा कार्यलाइ थप सहयोग पुर्याउने अभिष्ट राखि एक बोरा चामल बिस्कुट सहित प्रेम बाड्नुभएको छ। पाटेचौर आश्रम सगैँ कपडा सिलाइ गरेर रहनुहुने दिदीले आश्रमलाइ आफुले सक्ने टेलरको सेवा समेत दिदै आउनुभएको छ।

छोरीको जन्मदिनको खुशीयाली दिन, दुखी र असाहयहरुको सेवामा समर्पण गर्नुहुने आदरणीय परोपकारी दिदी कमला बि.कज्यूप्रती हार्दिक नमन र आश्रम परिवारको तर्फबाट रितु नानुलाइ जन्मदिनको लाखौं लाख शुभभावना ।
तन स्वस्थ होस्, मन स्वस्थ होस्, स्वस्थ रहोस् भावना जन्मदिनको नानुलाई लाखौ लाख शुभ भावना ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.