सुप समाज कतार को क्षेत्रीय समिती गठान

सुप समाज कतार को क्षेत्रीय समिती गठान
~मनिष बटाला दोहा कतार
आज मिति 2017- 06-23 शुक्रबार का दिन साहानिया क्षेत्रमा बस्ने सुदुरपस्चिमेलि हरुको भेला तदर्थ समिती संयोजक धन ब बिस्ट ज्यु को संयोजकत्वमा सभ्य र भब्य समारोह का बिच सम्पन्न भयो सो कार्यक्रम मा केन्द्रीय अध्यक्ष प्रमुख अतिथी रहनु भयको थियो भने सुदुरपस्चिमेली को माहान चाड गैरा पर्व का संयोजक प्रेम चलाउने का साथ केन्द्रिय बरिस्ठ उपाध्यक्ष सुरेन्द्र बिस्ट विशेष अतिथी रहनु भयको थियो। यसरी बिभिन्न छलफल का माझ सम्पन्न सो कार्यक्रम मा अनुशासन बिभाग प्रमुख भरत बिस्ट का साथ केन्द्रिय पदाधिकारी मा ,सह सचिब मनिष बटाला,कोषाध्यक्ष नरेस जोशी ,सह कोषाध्यक्ष गोरख चन्द सेती संयोजक गणेस तिरुवा,माहाकाली संयोजक रमेश भट्ट ,सचिबालय सद्स्य केसब खत्री का साथ सनैया क्षेत्रीय समिती अध्यक्ष टेक बोहरा अतिथी रहनु भयको थियो ।
उपस्थिति अतिथी ,विशेष अतिथी ज्यु ले  प्रबासी सुदुरपस्चिमी मिलेर अब प्रबास मा आइपर्ने समस्या को सामुहिक हल र जन्म भुमी प्रति को हाम्रो कर्तव्य का सम्बन्ध मा प्रकाश पार्नु भयको थियो ।यसरी विशेष अतिथि ज्यु हरु ले बोल्दै आफ्नो कला संस्कृति को जगेर्ना गर्दै बिदेश मा पनि सुप को मौलिक संस्कृति लाई नेपाली संस्कृति को रुप मा पहिचान गराउन हामी कट्टिबद्द र एकताबद्द भयर लाग्न आग्रह गर्नु भयको थियो । यसरी प्रमुख अतिथी केन्द्रिय अध्यक्ष ज्यु ले सस्थाको स्थापना गर्नु को कारण र क्षेत्रीय समिती गठन गर्नु को औचित्य माथी प्रकाश पार्दै कतार बासी सम्पुर्ण सुदुरपस्चिमेली लाई एकताको सुत्र मा एक्केबद्द हुन आह्वान गर्नु भयको थियो ।
सुदुरपस्चिमेलि को बाक्लो उपस्थिति रहेको सो साधारणसभा ले तदर्थ समिती संयोजक धन ब बिस्ट को अध्यक्षतामा 18  सद्स्यिय  कार्यकारी समिती सर्ब सम्मत चयन गरेको छ।
कार्यसमिति यस प्रकार छ
नमस्कार सम्पुर्ण मा,
आज हाम्रो साहानियाको अधिबेशन अर्त्थात कार्यसमिति चयन कार्यक्रम भब्यता का साथ सम्पन्न भयको छ , सो अधिबेशन बाट साहानिया बाट साहानियाका सम्पुर्ण सु प बासी हरु लाई मुलधार मा ल्याउन सक्ने केही साथीहरू लाई समाबेश गरि समिति को पुर्णता दिइएको छ , सो कार्यक्रम मा उपस्थिति भइ आफ्नो अमुल्य समय हामीलाई दिनुभयो मा सम्पुर्ण उपस्थित साथीहरू लाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु ।
आज सर्बसम्मत निर्वाचित क्षेत्रीय कमिटी साहानिया ।
अध्यक्ष -धन ब बिष्ट
उपाध्यक्ष -खगेन्द्र बि क
सचीव - हेमन्त बम
सह-सचीव - जनक बिस्वकर्मा
कोसाध्यक्ष- रंग ब कठायत
सह-कोसाध्यक्ष- गोबिन्द सेराला
सदस्यहरु
- रमेश महतरा
-करण सिं लुहार
-सुरेन्द्र बि क
-बल ब बोहरा
-किशोर कुमार डगौरा
-कालू राना
-खडक सिं नेगि
-गोपाल परियार
-लिलाधर भट्ट
-इन्द्र ब बोगटी
-हिरा राम लावड
-किशन दमाई
निकै उत्साह पुर्ण रुप मा सम्पन्न कार्यक्रम का माझ रोजगारिको शिलशिलामा कतार आउनु भयका डोटि जिल्ला शिखर नगरपालिका कपल्लेकी सेरि का धिरज शाहि मेडिकल मा समस्या देखियका कारण नेपाल फर्किदै गरेको अवस्था मा नब निर्बाचित अध्यक्ष ज्यु ले केन्द्रिय अध्यक्ष लगायत का सम्पुर्ण उपस्तिथ सुदुरपस्चिमेली माझ साहानिया समिती को भेलाले संकलन गरेको 327 रियल सहयोग हस्तान्तरण गर्दै
सुदुरपस्चिमेली लाई समेटदै सुप सेवा समाज कतार को सर्बोपरी बिकास को लागि आफू सदैब कट्टिबद्द भयर लाग्ने प्रतिबद्धता जनाउदै कार्यक्रम समाप्त भयको घोषणा गर्नु भयको थियो ।
  सो भब्य कार्यक्रम सुप समाज केन्द्रिय माहासचिब अलिबाबु पौडेल ले सन्चालन गर्नु भयको थियो।
सो कार्यक्रम को समापती संगै सुप सेवा समाज ले मुस्लिम समुदाय को माहान पर्व रमदान को अबसर मा इफ्तियार कार्यक्रम पनि भब्य रुपमा मनायको छ ।
सुप समाज ले सबै जात जाती धर्म भाषा भाषी को उच्च सम्मान गर्दै मुस्लिम समुदायमा हार्दिक शुभकामना ब्यक्त गरेको छ यसरी सो कार्यक्रम को महत्व बारे अलिबाबु पौडेल ले प्रकाश पार्नु भयको थियो ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.