हाे म एचआईभी एड्स संक्रमित नारि हाे तर मलाई मृत्यु स्विकार्य छैन।(यस्मा मेरो केही दोस छैन।)

लेख: संक्रमित अनि सफल नारि

हाे म एचआईभीएड्स  संक्रमित नारि हाे समाज ले मलाई जसरि साधरण नारिकाे रुपमा सुइकार गरकाे छैन त्यसै गरि म अाफ्नाे जीवन लाई पनि मृत्यु सग सुईकार नगरि जीवन का अनेकौं बाधा सग सम्झौता गर्दै अहिलेसम्म पत्ता लागेकाे राेग मध्य काे भन्दा सबै भन्दा ठुलाे राेग लाई अाफु भित्र दवाएर समाज का अरु साधरण मानिस जस्तै बाँचि रहेकाे छु खै मेराे काल नअाएर हाे कि त यति ठुलाे राेग भनिएर चिनिएकाे एचआईभीएड्स लाग्दा सम्म म मरेकाे छैन जसरि हाम्रो समाज ले म जस्ता  एकल महिला तथा एचआईभीएड्स संक्रमित नारि हरु  लाई हाेर्ने दृष्टिकोण मा कहिले परिबर्तन अाउछ मलाई एचआईभीएड्स लाग्नु मा मेराे के दाेष छ बाबू अामा ले सानै उमेर बाह्र बर्ष काे खाँउ खाँउ लाउ लाउ भन्ने उमेर  मा इन्डिया मा काम गर्ने पैसा धेरै भएकाे धनी केटा सग मेराे। विवाह गरिदिए काे कुरा पुरै याद नभएनि थेरै थेरै याद भने छ जब मेराे बिबाह भयाे मेराे श्रिमान मलाइ छाडेर फेरि इन्डिया जानू भाे म अाफु लाई विवाह भएकाे भन्ने त्यति क्षान भएकाे नभएर हाेला श्रिमान कस्ताे अनुहार काे हुनुहुन्छ भन्ने समेत ख्याल गरेकाे रहिनछु जब समय बित्दै गयाे श्रिमान दुई बर्ष पछि नेपाल फर्कनु भयाे अनि बल्ल थाहा भाे मेराे श्रिमान काे अनुहार यस्ताे रहिछ भन्ने हामी एक बर्ष सगै बस्यौं मेराे गर्व मा बच्चा रह्यो त्यति बेला मा सायद साेह् बर्ष काे थिय हाेला जब गर्भ मा बच्चा रह्याे श्रिमान फेरि इन्डिया जानू भाे नाेकरि काे लागि नाै महिना मा मेराे छाेरा जन्मियाे श्रिमान लाई चिठी लेखी अहिले जस्ताे फाेन सुबिधा थिएन  उहाँ एक  महिना पछि अाउनु भाे हामी धेरै खुसि थियौ त्यस काे एक  पछि उहाँ फेरि ईन्डिया नै जानू भाे तर गएकाे दुई महिना मा नै घर फिर्ता अाउनु भाे उहाँ घर अाउदा          निकै तनाव मा हुनुहुन्थ्यो मैले बराबर साेध्या हजुर लाई के भाे भनी तर उहाँ केही बाेल्नु भएन उहाँ लाई  हल्का जाेराे अाउने बान्ता हुने मान्छे दुवलाउदै जाने जस्ता लक्षयाण देखा पराे मैले उहालाई अस्पताल जान भनी उहाँ मान्नु भएन सायद उहालाई पहिलै थाहा थियाे हाेला अाफु एचआईभीएड्स संक्रमित छु भन्ने मैले जवरजस्ति अस्पताल लिएर गए भरतपुर सरकारि अस्पताल लिएर गएकाे दुई दिन पछि डाक्टरले भन्याे अब उहाँ लाई घर लैजानुस हामी बचाउन सक्दैनौं उहालाई एचआईभीएड्स काे अन्तिम घडीमा हुनुहुन्छ त्यस पछि मेराे।रगत परिक्षाण गरियाे मलाई पनि एचआईभी देखायो म बिहाेस भए सारा सपना पानी मा बिलायाे अब म नि मर्छु मेराे श्रिमान लाई नि एक महिना पछि मर्छ भनेर समय ताेकिदिएकाे छ छाेरा काे याद अायाे र अाफु लाई समाहालेर श्रिमान लिएर घर लागे नभन्दै डाक्टर ले दिएकाे समय एक दिन भन्दा पनि उता नगई एक महिना मा मृत्यु भयाे अब झन पीडा बाेध समाज काे अपहेलना म प्रति समाज ले गरेकाे दुर्ववहार बाट अाफु लाइ कयौं पटक अात्म हत्या काे प्रयास गरि तर विचरा नावालक काे तस्वीर ले मर्न दिएन अब छाेरा काे चिन्ता थियाे मलाइ त पुर्ण बिस्बास थियाे छाेरा मा नि एचआईभी छ भन्ने तैपनि मन काे सान्ति का  लागि छाेराे लिएर अस्पताल पुगि भग्य भनाै या मेराे अासु काे पुकार भगवान ले दायाँ देखाए भनाै छाेरा मा एचआईभी देखाएन अब भने अाफु लाई बचाउनु पर्छ र याे  छाेरा का लागि भएनि म बाच्नु पर्छ भनेर हिम्मत बढ्याे र समाज का हरेक लाल्छाना हरु दुर्ववहार हरु म प्रति समाज ले गरेकाे धृणा काे बिरुध बाेल्दै अाफु लाई बचाउदै लग्या र म जस्ता धेरै महिला यस्ताे हिम्सा बाट पिडित हाेलान भन्ने लागेर एउटा सामुदायिक रेडियो मा म अाफु एचआईभीएड्स संक्रमित भएकाे र यदि काेहि भएमा हामी नि बाच्नसक्छै अाफु लाइ दवाएर कसैले नराखनु भन्ने कुरा सुनाएकाे थिए त्यस पछि मलाई भेट्न चार जना एचआईभीएड्स संक्रमित महिला अाउनु भाे उहाँ हरु लाई अस्पताल लागेर नियमित अैषधि सेवन गर्न लागए र उहाँ हरु लाई नै लिएर एउटा सस्था काे स्थापना गरि जस्काे काम हामी जस्ता महिला हरु जाे अाफु लाई लुकाएर समाज मा मरि मरि बाँचिरहेका छन उनि हरुलाई बाहिर लिएर अाउने र बाच्न सिकाउने हिसाब ले सस्था स्थापन गरेकाे अाज चाैध बर्ष भयाे अहिले सम्म न म मरेकाे छु न अरु लाई मर्न दिएकाे छु र अहिले हाम्रो समाज नि धेरै परिवर्तन भएकाे छ जाे पहिला मलाई छुन डराउने हरु अाज नमस्कार गर्दै हात मिलाउदै हिड्छन छाेराे पनि अठार बर्ष काे भएकाे छ कलेज पढ्छ म अाफु समाजिक काम मा ब्यस्त हुन्छु जिन्दगी खुसि ले नै बितिरह्यकाे छ
लेखक: राजन अँगाई
स्थाई ठेगना :भिमसेन गाउपालिका २ गाेर्खा

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.