ललितपुर मङ्गलबजार बाट थप एक मनोरोगी युवाको उद्दार

"थप एक मनोरोगी नारायाणको उद्धार @ मानवसेवा आश्रम ललितपुर-९८५५०७६००५ ।"
ललितपुर मङ्गलबजारामा मनोरोगी भई अत्यन्त कस्टकर जीवनयापन गर्न वाध्य आफ्नो नाम बताउन नसक्ने अन्दाजी ४० वर्सिय मनोरोगी नारायणलाई आश्रमका सुभेक्षुक आदरणिय श्री देवेन्द्र दाहालज्युले आफ्नो पसल अगाडि अलपत्र अवस्थामा देखेपछी सरसफाइ र आफ्नै पसलको कपडा लगाउन दिएर मानवसेवा आश्रममा सम्पर्क गर्नुभएपश्चात उद्दार गरी आश्रम ल्याइएको छ । उद्दार कार्यमा साथ र सहयोग पुर्‍याउनुहुने आदरणिय श्री देबेन्द्र दाहालज्युमा सादर नमन  ।
समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश दिन दुखीहरूलाई सरल सहज र स्वभाविक जीवनयापन गराउन उनिहरुको उद्दार, स्याहार संरक्षण पालनपोषण गर्दै पारिवारिक पुन:मिलनको सेवामा २०६९ भाद्र १३ गते मकवानपुर हेटौंडामा मानवसेवा आश्रमको स्थापना भई चितवन - भरतपुर, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ, बागलुङ, पर्सा - विरगंजमा मानवसेवा आश्रमको सेवा संचालन भईरहेको सादर जानकारी गराउन पाउँदा हर्ष लागेको छ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.