Articles by "Helping hand"

Showing posts with label Helping hand. Show all posts

बाकी बासी दाजुभाइ तथा दिदिबहिनी हरु काम को सिलसिलामा मध्यपुर्वी रास्ट्र कतार लाई कर्म थलो बनाइ बस्नु भएका बाके बासिले काम बाट बचेको समय लाइ सदुपयोग गर्दै बाके प्रेवासि सेवा समाज गठन गर्यो र दुख पिडामा परेका बाके बासिलाइ बेलबेलामा सहयोग गर्दै आएको छ । उक्त समाजले हालै मात्र बाके जिल्लामा रहेको निल सागर बृद्धआश्रम  लाई सहयोग को लागि भनि चिट्ठा कार्यक्रम सम्पन्न गर्यो उक्त कार्यक्रम बाट बचत भएको रु ३००१५ ( तीस हजार पन्ध्र ) समाज सेवि दुर्गा ब खड्का ज्यु को हात बाट बृद्धआश्रम लाई हस्तान्तरण गर्नु भएको छ । आगामी दिनहरु मा सहयोग गर्दै जाने सस्था का अध्यक्ष प्रकाश कोइराला ज्युले बताउनु भयो ।

बाके प्रवासी सेवा समाज कतार परिवार

सप्तरी को महादेबा १ पकरी मा १०० जना भन्दा बढी लाई राहत वितरण लगभग ३ लाख बराबरकोस्थानिय राजनितिक दल,सामाजिक ब्यक्तितब,सुरक्षा कर्मी को उपस्थिती मा वितरण गरिएकोसेतु सामुदायिक बिकाश तथा मानव अधिकार मन्चले सहयोग  गर्नु भएको  थियो ।र यश राहत बितरन मा मात्रु भुमिका  लागि पर्बत समाजका केन्द्रिय अध्यक्ष अर्जुन  पौडेल  जि र माहासजिब अर्जुन निराजन पौडेल  सोयम उपस्थित  हुनुभयको थियो ।   भन्दै मात्रु भुमिका लागि पर्बत समाज इजरायल  शाखा  अध्यक्ष  नरेन्द्र  छेत्रीले  हामिलाइ जानाकारी दीनुभयो र उहाले मानबिय संबेदना ले छुने काम गर्दा मनमा अर्कै आनन्द हुने कुरा हामिलाइ बताउनु भयो।

मातृभूमिकालागी पर्वत सेवासमाज को पहलमा बाढीपीडित हरुको लागि थालिएको राहत रकम यश प्रकार छ
  (१)पार्बती रोक्का छेत्री : -रु = ३१०००। 
  (  २ )  नरेन्द्रछेत्री :-      रु=   ३००००।
   (३) नारायण  गौडेल     रु=  ५०००।
  ( ४) हिरा देवि श्रेष्ठ         रु=   ५०००।
    (५) मन्जु गुरुङ           रु =  ५०००।
  (६)ज्योति  शर्मा            रु=   ५०००।
   (७) रमा जोशी             रु=  ५०००।
  (८) कुसुम कुमाल          रु = ५०००।
    (९) प्रभा शर्मा               रु=  ५०००।
   (१०) राधा  जोशी          रु=५०००।
  (११)  दिया चापागाईं       रु  = ५०००।
   (१२) सुशीला  हमाल     १०० =सेकल।
इज्रायल शाखा को कोश   बाट    =१000 सेकेल
र बाहिर  अन्न्य साथिहरुबाट   =३00सेकेल
अहिले  सम्म टोटल  नेपाली  रकम =१0६000   ।।
१४०0=सेकेल  नेपाली मा  हिसाब्  गर्दा  ४0000 चालिस  हजार
जम्मा =१४६000l
संस्था को इजरायल शाखा बाट रु१४६०००(प्राप्त भैसकेको)
२.भोजराज भुशाल ५०००
३.मनोहर बि पौडेल २५००
४.मेघनाथ सुवेदी १५००
५.गोबिन्द पहाडी १५००
६.केदार नाथ शर्मा १०००
७.ठाकुर बि पौडेल १०००
८.प्रदिप तिमिल्सिन १०००
९.दिपेन्द्र तिमिल्सिना १०००
१०.यम प्रसाद शर्मा १०००
११.यमनाथ पौडेल १०००
१२.थम नारायण पौडेल १०००
१३.बिष्णु आचार्य १०००
जम्मा १६४५००

मातृभूमिकालागी पर्वत सेवासमाज नेपाल

१० दिन १०० बालबालिकालाई हजारौ खुसी” अभियानको आज दोस्रो दिन सम्म रु. २९,०४५/- जम्मा भएको छ । १० दिनसम्म सन्चालन हुने यो अभियानमा जम्मा भएको रकम बाढी प्रभावित मध्यबिन्दु नगरपालिका र सुस्ता गाउँपालिकाका १०० जना विद्यार्थीहरु लाई (बालबालिकाहरुलाई) उनीहरुको अध्ययनको लागि आवश्यक पर्ने किताव,कापी,कलम र स्कुल झोला प्रदान गरिने छ । आज सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद ।तपाईंहरुले आफु सक्दो सहयोग गर्न आग्रह गर्दछौँ ।
अभियानका सहयोगदाताहरु......
१ बेलायत निवासी जोन र रोवन बाट -रु. ७५४५/-
२ BMW Education Melbourne बाट -रु. ८०००/-
३ जिल्ला खेलकुद विकाश समिती कोषाध्यक्ष विकाश के सी बाट - रु. २०००/-
४ फ्रेण्ड स्पोर्टस एकेडेमी दे वचुली -१५ प्रगतिनगर बाट -रु. ४०००/-
५ राजेन्द्र कोईराला चौधरी उद्योग ग्राम बाट -रु. १०००/-
६ सफल लामिछाने कदमपुर बाट -रु. १५००/-
७ मिङ्मा शेर्पा सङ्खुवासभाबाट -रु. ५०००/-

भाद्र ७ गते, बुधबार  मानवसेवा आश्रम - हेटौंडा,
हेटौंडा ११ नवलपुर घर भई हाल काठमाडौंमा रहँदै आउनु हुने परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणीय दिदी निलम सुवेदीज्यूले मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरूलाई हरितालिका तीजको पावन अवसरमा बिहानको भोजन सेवाको लागि रू.८५००।- ( आठ हजार पाँच सय ) स -प्रेम अर्पण गर्नु भएको छ।
आफ्नो परिवारहरूको साथमा हेटौंडा - ४ कर्रा स्थित मानवसेवा आश्रममै आई लक्ष्मिनारायणहरूलाई रमाईलो बातावरण सृजना गर्दै भोजन सेवा गराउनु हुने उदारमना निलम सुवेदीज्यूलाई धेरैधेरै साधुवाद एंव सुख, शान्ति, प्रगति, सु - स्वास्थ, दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

हिज सहयोगी महिला जागरण मञ्चद्वारा कैलाली टिकापुर को प्रतिपुर,दिव्यपुर बेलुवा,वैदी खैरझालाका बाढी प्रभावित महिला  र वालवालिहरुलाई गरी ३३९ जनालाई नयाँ लत्ताकपडा सेट राष्टिय जनता मा.वी को प्रांगणमा नयाँ लत्ताकपडा साथै १० लिटर क्लोरिन,२०० पाकेट जिवनजल र ८४ पुरिया गुड डे बिस्कुट वितरण कार्यक्रम सम्पन्न भयो!

            सो वितरण कार्यमा टिकापुर न.पा वडा नं ७  वडा अध्यक्ष,  व्यवसायीक सीप विकास तथा तालिम केन्द्र,धनगढीका प्रतिनिथी टिकाराम श्रेष्ठ ,सुदूर पश्चिम यातायात बस सेवा समिती,सतीका प्रतिनिधी जीवन अधिकारी,रेडक्रस सोसाईटी नारायणपुर शाखाका सभापती टोप केसी र पत्रकारहरुको उपस्थित थियो भने सहजीकरण सुदूर शन्दर्भका सम्पादक तथा राष्ट्रिय जनता मा.वीका शिक्षक भिम विक ज्यूले गर्नुभएको थियो !

            लत्ताकपडाहरु सहयोग गर्नुहुने व्यवसायीक सीप विकास तथा तालिम केन्द्र र संकलित सामानहरुलाई बाढी प्रभावित क्षेत्रमा ल्याउन सहयोग गर्नुहुने नेपाल अटोका रोशन श्रेष्ठ, सुदूर पश्चिम यातायात बस सेवा समितीका मिन पनेरु सर,रुपा शाही बास्तोला  तथा सामान व्यवस्थापन, वितरण कार्य अन्य सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई सहयोगी महिला जागरण मञ्चबाट हार्दिक धन्यवाद दिन चाहन्छौं !

राधा श्रेष्ठ
अध्यक्ष
सहयोगी महिला जागरण मञ्च, काठमाण्डौ

बुवाको मुख हेर्ने दिनको अवसरमा काठमाडौ महिला समुहका दिदिवहिनीलहरुले मानवसेवा आश्रमको सेवाकार्यलाई सहज बनाउनका निम्ती खाधन्न सहयोग ।
 मानवसेवा आश्रम सामाखुशी ,काठमाडौ
.......................................

सामाखुशी निवासी काठमाडौ महिला समुहका दिदिवहिनीहरुले बुवाको मुख हेर्ने अवसरमा मानवसेवा आश्रममा सेवा लिइरहनु हुने सहयोगापेक्षी आमाबुवाहरुको लागि खाधन्न सहयोग गर्नु भएको छ ।

हामी मानवसेवा आश्रमको सेवाकार्यलाई थप सहज बनाइदिनको लागि खाधन्न सहयोग गर्न पाल्नु हुने आदरणीय सहयोगी , परोपकारी सम्पुर्ण दिदिवहिनीहरु प्रति हामी आश्रम परिवारको तर्फबाट हार्दिक अभार प्रकट गर्दैछौ । केहि नहुनेहरुका लागि हामी हुनेहरुले गरेको सानो सहयोगले नै चलिरहेको तपाई हाम्रो प्रिय संस्था मानवखसेवा आश्रममा खाधन्न सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरु प्रति धेरै धेरै धन्यवाद ज्ञापन गर्दै सदैव सुख ,शन्ति ,आनन्दले खान पुगोस् र यसरी नै यी दिन दुखी अशयहरुलाई खुशीले दान गर्न पुगोस् , हजुरहरुको जय होस् ।
               
थप जानकारीको लागि-
मानवसेवा आश्रम, काठमाडौं - ०१४३५७५६३, ९८०९१७०९५९ ,९८५५०७६००४

Contact Form

Name

Email *

Message *

Powered by Blogger.