Articles by "Notice"

Showing posts with label Notice. Show all posts

सुचना ।  सुचना।।   सुचना ।।।

हाम्रो गौरवमय संस्था "अन्तर्राष्ट्रिय कलाकार मन्च, बहराइन (शाखा ) को आज मिति 09-09-2016 मा मानामा स्थित ताज नेपाली रेस्टुरेन्टमा बसेको बैठक ले आउनै लागेको नेपाली हरुको दोस्रो ठूलो महान चाड तिहार को शुभ उपलक्ष्यमा बिशेष कार्यक्रम गर्न गैरहेका छौ। तिहार को शुभकामना आदान प्रदान , देउसी भैलो कार्यक्रम ,एकल नृत्य प्रतियोगिता साथै अपाङ्ग बाल बच्चा हरुको सहयोगार्थ उक्त कार्यक्रम हुन गैरहेको छ। कार्यक्रम मिति 28-अक्टोबर-2016 शुक्रबार (काग तिहार) को दिन हुनेछ। तसर्थ बहराइन मा रहेका सम्पुर्ण संघ संस्था हरुलाइ उक्त दिन कुनै पनि कार्यक्रम नजुदाइदिनु हुन अनुरोध पनि गर्दछौ।

कार्यक्रम को बारेमा बिस्तृत रुपमा अर्को पोस्ट मा जानकारी गराउनेछौ।

कार्यक्रम मिति

28-अक्टोबर -2016

शुक्रबार

(काग तिहार को दिन )
- अन्तर्राष्ट्रिय कलाकार मन्च, बहराइन (शाखा )

चितवन युवा समूह " अन्तराष्टिय समन्वय समिती नेपालको  " अगुवाईमा प्रवासमा स्थापना भएको चितवन जिल्लाबासीहरूको साझा सामाजिक संस्थाहरूको पहलमा साऊदी अरबमा मृत्युदण्डको सजाय जस्तो संवेदनशिल गहन कुरामा हाल जेलको चिसो सिंढीमा कष्टकर जीवन व्यतित गरिरहनु भएका काभ्रे जिल्ला कुशादेवी गाबिस वडा नम्वर २ का स्थानिय बासी श्री शेष नारायण तिमील्सिनाका छोरा श्री रामचन्द्र तिमील्सिना बचाऊ अभियानमा बहराईनको नेपाली समाजमा प्रतिष्ठित केही सामाजिक संघ संस्थाहरूलाई आर्थिक सहयोग गरिदिनु भन्ने व्याहोरा सहितको रामचन्द्र बचाऊ अभियानका लागी  चितवन सेवा समाज बहराईनको तर्फबाट औपचारिक रूपमा पत्रचार गरेका थियौं  ।  चितवन सेवा समाज बहराईनको कार्यसमितीका साथै  बहराईनमा रोजगारीका क्रममा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले व्यक्तिगत रूपमा र अन्य बहराईनको हकमा नेपाली समाजका  नौ वटा बिशिष्ठ सामाजिक संघ संस्थाहरूबाट रामचन्द्र बचाऊ अभियानको लागी आर्थिक सहयोग प्राप्त भएको थियो । जसमा चितवन सेवा समाज बहराईनको कार्यसमितीबाट र व्यक्तिगत रूपमा उठेको संकलित रकम ( BD  451.200/-)र   बहराईनका नौ सामाजिक संघ संस्थाहरूबाट ( BD 278.000/- ) गरि जम्मा BD. 729.200/- ) सोचेको भन्दा धेरै राम्रो आर्थिक सहयोग रकम संकलन भई यस संस्थाका केन्द्रिय कार्यालयका  पदाधिकारी ज्यूहरू मार्फत निज पिडीतकी श्रीमती सरिता तिमील्सिना ज्यूलाई  रामचन्द्र बचाऊ अभियानको लागी संकलित रक़म हस्तान्तरण गर्न निजकै घरमा पुगी त्याहाँको बास्तविक  बस्तुपुरक परिस्थिती बुझ्दा अन्य बिविध प्राविधिक कारणले गर्दा सो आर्थिक संकलित रकम सम्बन्धित  पिडीत निकायबाट नै रक़मको  पारदर्शिता  सहि सदुपयोग नहुने अवस्थाको सिर्जना हुने कुरालाई दृष्टिगत गर्दै चितवन सेवा समाज बहराईनबाट  रामचन्द्र बचाऊ अभियानको लागी उठेको संकलित रूपमा आर्थिक सहयोग  एकमुष्ट रकमलाई नेपालबाट  बहराईनमा पुन:फिर्ता गर्ने र बहराईनका सामाजिक संघ संस्थाहरूबाट उठेको सो आर्थिक सहयोग रकम फिर्ता दिने र व्यक्तिगत प्रयोजनबाट उठेको संकलित आर्थिक सहयोग रकमको हकमा भने दुईवटा बिकल्प अघि सारिएको छ। पहिलो बिकल्पको रूपमा चितवन सेवा समाज बहराईनको कार्यसमितीका सहकर्मी मित्रहरूबाट उठेको संकलित रकम तथा बहराईनमा रोजगारी गर्ने चितवन जिल्लाबासी जो यस संस्थाको साधारण सदस्यता प्राप्त नगरेको  अवस्थाको व्यक्ति बिशेषबाट संकलित आर्थिक सहयोग रकम यस संस्थाकै परोपकारी कोषमा राखिने छ । यो परोपकारी कोषमा जम्मा भएको आर्थिक संकलित रकम बहराईनमा कुनै पनि भैपरि  तथा आकस्मिक र अकल्पनीय  रूपमा आउने समस्या समधानका लागी प्रयोगमा ल्याईने छ भने  दोस्रो बिकल्पको रूपमा चितवन जिल्ला भन्दा बाहिरका जिल्लाको हकमा भन्नुपर्दा निज आर्थिक सहयोग गर्ने व्यक्ति बिशेषले फिर्ता लिन चाहेको खण्डमा  आजको मिती देखि लागू हुने गरि १५ तारीख  सेप्टेम्बर २०१६ सम्मको समयसम्मको अवधि भित्रमा रकम फिर्ता लिन सक्ने प्रावधान राखिएको छ । रकम फिर्ता लिन इच्छुक व्यक्ति बिशेषले चितवन सेवा समाज बहराईनका कुनै पनि कार्यसमितीका पदाधिकारी तथा सल्लाहाकारहरूसँग सम्पर्क गरि  आफ्नो रकम फिर्ता लिन सक्नु हुनेछ।  तर माथी उल्लेखित  मितीको अवधि नाघेको खण्डमा  भने फिर्ता नदिई  स्वंत चितवन सेवा समाज बहराईनको परोपकारी कोषमा जम्मा गरिने जानकारी गराउन चाहान्छौं ।

      यस चितवन सेवा समाज बहराईनको पहलमा रामचन्द्र बचाऊ अभियानका क्रममा आर्थिक सहयोग गर्नु हुने सहयोगी सामाजिक संघ संस्थाहरू लगायत सम्पूर्ण बहराईनलाई कर्मथलो बनाउनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीका साथै चितवन सेवा समाज बहराईनका सम्पूर्ण सहकर्मी  सहयोगी मित्रहरूलाई  चितवन सेवा समाज बहराईन सपरिवारको तर्फबाट धेरै धेरै धन्याबाद व्यक्त गर्न चाहान्छौं ।

                                  प्रार्थी:-
                              बेदराज पौडेल
                                अध्यक्ष
                   चितवन सेवा समाज बहराईन  ।
 

खुशिकाे खबर                खुशिकाे खबर                         खुशिकाे खबर       

          इस्लामिक पर्व इद अल अधाकाे शुभ अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण इस्लामिक धर्मालम्बीहरूमा अग्रिम हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
 
          र्इद अल अधाकाे पावन अवसरमा ताबुकमा यहि अाउदाे ०९ सेप्टेम्बर २०१६ सुक्रबारका दिन खु्ल्ला अामन्त्रित भलिवल कार्यक्रम र भव्यरूपले गरिन लागेकाे सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभार्इहरूमा जानकारी गराउदै हार्दिक निमन्त्रणा गर्दछु । ताबुक लगायत अन्य क्षेत्रबाट सहभागी हुन चाहने खेलाडी र खेलप्रेमी तथा हाम्रा मान्यजन मित्रहरूलार्इ उपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछु ।
बिविध....
कार्यक्रम स्थल -- सनैया मनवा क्याम्प नजिक (पहिला खेल भएकाे फिल्डमा)
खेल शुरू हुने समय- बिहान ८ बजे,
पुरस्कार प्रथम- खसि, मेडल र प्रमाण पत्र,
            दाेश्राे- नगद, मेडल र प्रमाण पत्र,
            तेश्राे- नगद, मेडल र प्रमाण पत्र,
अायाेजक,
हिमालय रेस्टुरेन्ट ( नेपाली हाेटल, ताबुक )
सञ्चालक   भक्त बहादुर हमाल, 0594142864,
प्रायाेजक,
सिटि एक्सप्रेस ( टेली मनि / Tele Money) ताबुक,
श्री टेक बहादुर टण्डन, 0593530918,
काेडरेड,
श्री अाेम बहादुर थापा, 0596879018,
श्री साेम मगर, 0581071571,
श्री राजु खनाल,0598861617,
श्री हेमन्त बस्नेत, 0555188263,
(माथी उल्लेखित नम्बरमा सम्पर्क गर्न अनुराेध गर्दछु)

कतारमा विभिन्न किसिमले अबैधानिक रुपमा बस्नु भएका साथि भाइ हरुले  कुनै कानूनी व्यवधान बिनानै कतार छोड्न सक्ने व्यवस्था १ सेप्टेम्बर २०१६ देखि  १ डिसेम्वर २०१६ सम्मका लागि मात्र हुने जानकारी प्राप्त भएकोले  अबैधानिक रुपमा  कतारमा रहनु भएका कामदारहरुले  सल्वा रोडस्थित   Search and Follow Up Department मा दिउँसो २ बजेदेखि ८ बजेसम्म सिधै वा नेपाली राजदूतावासमा यथाशीघ्र सम्पर्क गरी आबस्यक कागज पत्र ( सक्कल राहादानी, हवाई टिकेट ओपन अथवा कम्तिमा क हप्ता  पछिको )  पुरा गरि घर फर्किनु हुन हार्दीक अनुरोध गर्दछौ।

सुदर्शन भट्ट
अध्यक्ष
गोरखा सेवा समाज कतार परिवार।

कतारको लागि आबस्यकता इछुक ले सम्पर्क गर्न सक्नु हुन्छ  salary 52000/ 60000/66000 सम्पर्क सेखर देव कुन्वर कमेन्ट मा आफ्नो फोन न. लेख्न सक्नु हुनेछ विशेष गल्फ मा काम गर्नु भैसकेको को लागि विशेष प्राथमिकता दिइनेछ मेरो इमो भाइबर न. 0097477205968
- शेखर कुँवर- कतार

कोरियामा झुम्की अक्टोबर 16 मा सर्यो।

छ्याजलो !!
आपत्कालिन राहत कोष वृद्धि तथा नेपाली कला,सस्कृतिको सम्वर्द्धनको खातिर तमु धी
दक्षिण कोरियाले प्रदर्शन गर्न लागिएको नेपाली कथानक चलचित्र झुम्की आगामी  4 सेप्टेम्बरमा प्रदर्शन गर्ने तयारी गरेको थियो।तर झुम्की निर्माण कम्पनीले प्राविधिक कारण जनाउदै
सेप्टेम्बर 4 मा चलचित्र उपलव्ध गराउन नसकिने
जानकारी गराएको हुदा सोही चलचित्र आगामी अक्टोबर 16 मा झोगेसाकै हलमा दिनको 1 बजे प्रदर्शन गरिने जानकारी गराउन चाहन्छौ।यश अघि वितरण गरिएको निमन्त्रणा पत्र तथ टिकट लाई नै  औपचारिक र आधिकारिक मानी टिकट बिक्री बितरन तथा प्रचारप्रसारमा सहयोग पुर्याइ तमुधी को सामाजिक उदेश्य पूरा गर्न सहयोग गरिदिनुहुन    कोरियावासी सम्पुर्ण नेपाली समुदायमा अनुरोध गर्दछौ।साथै नजिकै आउदै गरेको कोरियन पर्व चुसक को शुभकामना दिदै उक्त पर्वको अवसरमा विभिन्न सामाजिक उद्देश्य राखी विभिन्न सस्थाहरुद्वारा आयोजना गत्न गैरहेको सास्कृतिक कार्यक्रमहरुको सफलताको शुभकामना दिन चाहन्छौ।
धन्यवाद ।

तमु धी दक्षिण कोरिया परिवार ।

खुल्ला तीज गीत प्रतियोगिता सम्वन्धी सूचना:

हिन्दु महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा गत वर्षहरुमा झै यस वर्ष पनि मध्यबिन्दु  एफएमको आयोजनामा यही भदौ १९ गते जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिताको आयोजना हुने भएकोले सहभागि हुन इच्छुक महिला दिदी वहिनीहरुले समूह वनाइ नाम दर्ता गर्नु हुन हार्दिक अनुरोध गर्दछौ  ।
नोट : वाध्य वाधनको व्यवस्था गरिएको छ ।
प्रथम पुरस्कार: नगद १११११तथा प्रमाणपत्र
दोश्रो पुरस्कार :नगद ९९९९ तथा प्रमाणपत्र
तेश्रो पुरस्कार : नगद ७७७७ तथा प्रमाणपत्र
सान्त्वना  ( दुई समूह लाई ) : नगद ५५५५ र प्रमाणपत्र ।

कार्यक्रम हुने स्थान : कावासोती थाना अगाडिको खुला मैदान ।

सम्पर्क
०७८५४०६१३ , ९८४७१२२१५२,९८५७०४०३१९

कतार सरकारले अवैधरुपमा रहेका आप्रवासी कामदारहरुलाई तीन महिनाभित्रमा स्वदेश फर्कनका लागि आममाफीको घोषणा गरेको छ । यो आममाफी सेटेम्बर १ देखि डिसेम्बर १ सम्म लागु हुनेछ ।

कतारमा अवैधरुपमा रहेका सम्पूर्ण नेपालीहरुलाई सूचित गरौ !

- महेश श्रेस्ठ

वीर-अस्पतालमा जादै हुनुहुन्छ, जानिराखे राम्रो !
बिसौ बर्ष देखि वीर-अस्पतालको हाता भित्र संचालित संजिवनि सेवा संघले बर्सेनि हजारौं बिमारीहरुको उपचारमा सहयोग गर्दै आइरहेको छ । जसलाई जरुरत छ, जसको आर्थिक कारणले वीर अस्पतालमा  उपचार गर्न नसकेको अवस्था छ र तिनीहरुले सहयोगको लागि अनुरोध गरेमा सक्दो सहयोग गर्दै आएको र जरुरत भएमा सम्बन्धित निकायमा सहयोगको लागि अनुरोध समेत गर्दै आएको कुरा सेवा समितिका सचीव शिव प्रसाद घिमिरे ( तल तस्वीरमा) बताउनु हुन्छ ।
-Everest Gautam

तपाई भगवानमा विश्वास गर्नु हुन्छ ? तपाई दान र पुन्य कमाउन चाहानुहुन्छ ? यदि यसो हो भने आउनुहोस र मन खोलेर सहयोग गर्नुहोस । बाढी पहिरोले धेरैको घर बगाएको छ । मानिसको जीवन लिला समाप्त पारेको छ । लगाएको बालीमा खोला कुदेको छ । बनाएको घर नदिमा खसेको छ । यस्तो अवस्थामा तपाई हाम्रो सानो सहयोग पनि पिडितका लागि ठुलो भई दिन्छ । झापाली समाज कुवेतले ती प्राकृतिक विपती पिडितहरुका लागि सहयोग संकलन अभियान शुरु गरेको छ । तपाई पनि सहभागी भएर सहानुभूति दर्शाउनुहोस ।

दैविप्रकोप राहत संकलन समिती
सम्पर्कको लागी:-

संयोजक:   काशी लामा - 66428660
सदस्य सचिव:   प्रेम कार्की  - 66917668
सदस्यहरु:
नारायण भट्टराई - 65757733
युवराज भण्डारी - 50635390
लोमस बास्तोला - 66976730
आर्थिक बिनियोजन तथा सल्लाहकार:
तोयानाथ दाहाल  - 65550680
कुमार झापाली  -  99451314
छत्र कार्की   -   60025662
अर्जुन बस्नेत -  66298920

संकलन भयको रकमको जानकारी नामावली सहित दिनेछौं।

-झापाली समाज कुबेत नेपाल

Every child is born an artist, the problem is to remain one once they grow up
----.Pablo Picasso

बालबालिकाहरुलाई हौसला दियर उनिहरु भित्रको कुनै न कुनै कला बाहिर ल्याउन सहयोग गरौं।


photo by :- Anuj Sharma

नवलपरासी जिल्लाका विभिन्न स्थान मा रहेका एम्बुलेन्स सेवाका नम्बर हरु कुनै पनि बेला चाहिन सक्छ, सेयर गरेर अरुलाई पनि जानकारी गराउनुहोला।

कावासोती नगरपालिका मा जागिर खुल्यो....ईन्जिनियर,सिभिल अधिकृत छैठौं,आर्किटेक अधिकृत छैठौं,सब ईन्जिनियर सहायक पाँचौं,ना.सु. सहायक पाँचौं,खरिदार, सहायक चौथौं,अमीन, सहायक चौथौं।

फारम बुझाउने अन्तिम मिति:-भाद्र ३ गते (एकपटक सुचना पूरा पढ्नुहोला।)

मकवानपुरका सुरेन्द्र घलान को नागरिकता कान्ति बाल अस्पताल काठमान्डौंमा लगभग २ महिना अघि बाट सोधपुछ कक्ष मा राखियको छ,चिन्नुहुन्छ भने भनिदिनुहोला।

बालबालिका भोलिका कर्णधार हुन,देशका गौरब हुन, माया ममता,हौसला,शिक्षा तथा अन्य कुरा हरु बाट उनिहरुको बौद्धिक बिकाश हुने,मनोबल बढाउने कार्य गर्नुपर्छ तब मात्र परिवार,समाज र सिंगो देश बलियो र सम्पन्नशाली हुन्छ।
तस्बीर क्लिक - कान्ति बाल अस्पताल को भित्तामा


भोली वाट नवलपरासीको कावासोती केन्द्र वनाएर BESTONLINE र WWW.HULAKIONLINE.COM  औपचारीक सुरुवात हुदैछ । सवै अग्रज र साथीभाई तथा शुभचिन्तकहरुको सहयोगको अपेक्षा गर्दछौ . नागे पञ्चमी अर्थात आईतवार विहान ९ वजे best media सवैलाई निमन्त्रणा गर्दछौ ।
-Best Media परिवार

अनलाइनमा काम गर्नुहुने सम्पूर्णलाई खुसीको खबर

Sign Up गरे बापत 25$
=================
अमेरिकाको Payoneer बैंकको खाता नेपालबाटै खोल्नुहोस.
ATM कार्ड तपाइले दिनुभएको ठेगानामा हुलाक मार्फत आउछ. त्येसको लागि  sign up मा क्लिक गर्नुहोस्
Sign Up गरे बापत 25$ पनि प्राप्त गर्नुहोस् ....

https://share.payoneer.com/nav/9PqW5qTOPtoi2Bk0ZUs3cVcfkifnNu6fDxj67CANasTUrBoE1oNI-GTmw41IDjCO4Ufr1gjDXCqmTcrOZoxdqw2

संसारकै सबै भन्दा तेज स्मरण शक्ती भयका भद्रपुर -८ झापाका युवा अर्पण शर्मा द्वारा हुने 3 दिने सुपर मेमोरी पावर सेमिनारमा सहभागी भई लाभ उठाउनुहोस। 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.