Latest Post

तिमी,मैले गुनगुनाउनै नहुने,
मीठो,प्रीतको गीत हौ,
तिमी,मैले सुन्नै नमिल्ने
मोहनी लगाउने,संगीत हौ।

मेरा आँखालाई, कहिले नबिझ्ने
मैले ,हेर्नै नमिल्ने दृश्य हौ,
मेरो हृदयमा ,तरङ्ग ल्याउने
मैले ,भिज्नै नमिल्ने छाल हौ।

तिमी मैले देखाउनै नमिल्ने
मेरो,ओठको मुस्कान हौ।
तिम्रो बियोगमा, टिलपिलायेका नयनका
झार्न नमिल्ने आँसु हौ।

तिमी,मैले बेचैनीमा
फेर्न ,नहुने सुस्केरा हौ,
हर रात,पर्खिएर पनि
मैले ,देख्नै नसक्ने सपनी हौ।

तिमी,मैले चाहेर पनि
भुलाउन ,नसकिने माया हौ
तिमी,मेरो जीवनको
अङाल्न नसक्ने, कटु सत्य हौ।
- रजनी ढुङ्गाना

रबि गुप्ता ज्यु विशिष्ट पद मा हुनुहुन्त्यो , के गर्ने समय अनि परिस्थिले गर्दा आज वहालाइ जटिल किसिमको क्यान्सर पिडित हुनुहुन्छ ।।(SQUAMOUS CELL CARCINOMA) भन्ने क्यान्सर  ।  केमो थेरापी र रेडियो थेरापी गर्दा केही साल वहाँ बाच्ने सम्भावना देखियको छ तसर्थ मित्र जनहरु यहाँ हरुले वहाको लागि सकेको हेल्प गरि पुन्य कमाउनु होला।

पर्देशी को पीडा पर्देसी ले बुझेको हुन्छ र स्वदेस मा बस्नु हुने नाता गोता इस्ट मित्र ले पनि सकेको सहयोग गर्नु होला।

वहाको हिमालयन बैन्क अफ हेटौंडा ब्रान्च  मा गोमा माया नेउपाने को नाम मा खाता खोलियको छ ।
खाता न. (०११०६३४१२८००१६) ( 01106341280016) मा सहयोग गर्न सक्नु हुन्छ। सेवा नै धर्म हो ।
धन्यबाद ।

शेखर कुँवर
पर्बासी नेपाली सहयोग मञ्च कतार टिम  ।।


रबि जि ले आफ्नो फेसबुक मार्फत पनि सबैलाई अपिल गर्नुभयको छ।


नमस्कार,


म (+974 50741672 कतार), मकवानपुर जिल्ला हेटौंडा नगरपालिका वार्ड नम्बर १६ मयुरधाप निबासी ४४ बर्षीय रबि गुप्ता रोजगारीमा कतारमा रहँदै आएको छु । 


मेरो दुर्भाग्य भनौ कामकै क्रममा अचानक नाकमा क्यान्सर रोगका पैदा हुन गई कतारको हमाद अस्पतालमा उपचार गराई रहेको छु । निक्कै खर्चिलो उपचार गरीसकेर पनि अहिलेसम्म जाति हुन सकेको छैन । रोग झन् झन् बढेर मुखभित्रपट्टि दाँत गिजा र गालासम्म पनि पुगीसकेको छ । उपचार जारी छ, तर म निको हुनको बदला मलाई जीवन मृत्युको दोसाँधतिर डोराई रहेछ । 


अब अर्को शल्यक्रिया गर्न बाकी छ जसमा दांत, गिजा र गाला सबै झिकिनछ र त्यस पछि प्लास्टिक सर्जरी गरेर नक्कली दांत, गिजा र गाला हाल्छन । यो शल्यक्रिया गर्न अति आवश्यक छ र यसको खर्च निक्कै धेरै भएको हुँदा मेरो सामर्थ्य ले न भ्याउने भयो । 


हालसम्म मलाई मेरो सहकर्मी (प्रकाश गैरे +974 30244935 कतार) ले सहयोग गरी रहनु भएको छ, तथापि उहाँको सहयोग अब पर्याप्त नहुने अवस्था बनी सक्यो । रोग निको हुने सम्भावना छैन, तर आर्थिक बोझ बढेर गई रहेछ । बाँकि उपचार गर्नको लागि समस्या पर्न आएको छ ।


घरमा श्रीमती र छोराहरु ३ जना छन् । परदेशमा म बिमार परेपछि घरायसी समस्या पनि उत्तिकै अप्ठेरो बन्दै गएको छ । आफ्नो जायजेथाले अबको मेरो उपचार प्राय: असम्भव भएर आयो ।


मलाई बाँच्ने मोह छ, श्रीमती र ३ छोराहरुको स्नेह लुटेर जाने मन छैन l श्रीमतीलाई अशक्त बनाएर पन्छिने मन छैन l 


मेरो अनुरोध आफन्तहरु साथीहरु सहयोगी मनहरु सबैसँग स्वईच्छाले सहयोग गरि दिनु हुन् .... । सबै सानो सानो सहयोगहरुले मलाई बचाउनु हुन .... ।


मेरो घर परिवार,

श्रीमती गोमा मायाँ न्यौपाने गुप्ता ।

सम्पर्क नम्बर +977 9821800197 

हेटौंडा नगरपालिका वार्ड नम्बर १६, मकवानपुर ।


लक्ष्मण को "प्रदेशी जिबन"कबिता
लक्ष्मण रसाइली
कतार।
       " प्रदेशी जीवन"
आँसु नै आशुको होलि खेली बाचेको छु म आज,
पसिनाको खोला बगिरहन्छ शत्रु को माझ।
हर क्षण हर पल काम नै काममा खेल्ने गर्छु,
भोक भोक,निन्द्रा निन्द्रै कति पिडा झेल्ने गर्छु।
प्रदेशी को जिन्दगी मा कति पिडा छायो,
घर सम्झेर फोन गरु भन्दा,अर्कै को डर मन मा छायो।
खान नपाइ बस्नु पर्छ,खान एकै गाँस,
कस्तो जीवन होला यो खाडी मुलुक  को बास।
कति बर्ष बिते आज,घरको माया पाइएन,
आमा,बाबा,दिदी ,भाइ रुदा आँसु पुछन पाइन।
प्रदेशको भुमी मा पाउन दुख पाए,
गरिबता कओ झोला बोकि आज कहाँ आए।
कहिले म तातो  सडक मा त कहिले अर्कै को मजदुर,
प्रबाश मा कति दु:ख रहेछ,यो कस्तो रहर।
दिन रातै काम नै काम मा बगि रहन्छ पसिना का धारा,
नेपाल आमा र प्यारो रास्ट्र को याद छ सार्हा।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.