Latest Post

हार्दिक निमन्त्रणा - अन्तरराष्ट्रिय नारी दिवस

"When I discover who I am, I'll be free" - "जब मैले आफूलाई चिन्दछु, म स्वत्रन्त्र हुनेछु" भन्ने नाराका साथ NWGN - CA Chapter ले १०७औं अन्तरराष्ट्रिय नारी दिवस मनाउन गई रहेको सहर्ष जानकारी गराउद छौं।

महिला अधिकार भनेको पुरुष माथि बिजयी हुनु हैन; आफु स्वयम् माथि बिजयी हुनु हो। आफ्नो अधिकारको जानकार हुनु हो, आफ्नो अधिकारको पाउनु हो र सो अधिकारलाई यथावत राख्न सक्नु हो।  नारी एक स्वरूप अनेक: आमा, दिदि, बहिनि, श्रीमती आदि इत्यादी। यी सबै स्वरूपका हामी नारीहरुमा केहि गुणहरु होलान अनि कति अवगुण पनि। जब सम्म हामीले हामीमा भएका गुण/दोषहरु मुल्यांकन र पहिचान गर्न सक्दैनौ तब सम्म हामी, हामी बीच मै रुम्मलिने छौं। हामी हाम्रो अस्तित्व खोज्दा खोज्दै अस्तित्व बिहिन  हुने छौं। तसर्थ, नारी जागरणका निमित्त, नारी सशक्तिकरणका निमित्त, एक समतामुलक र सहभागितामुलक समाज निर्माणका हेतु यो हाम्रो सानो प्रयासलाइ सहयोग गरि सफल पारी दिनु हुँन, सम्पूर्ण संघ संस्था तथा बेएरियावासी आमा, बुवा, दिदि, बहिनि तथा दाजु भाइहरुलाई हार्दिक अनुरोध गर्दछौ।

मिति: मार्च ११, २०१७ शनिबार
समय: साँझ ५ बजे
स्थान: बर्कली एडल्ट स्कुल
1701 San Pablo Ave,
Berkeley, CA 94702
टिकट: मात्र $15 (दश बर्ष भन्दा मुनिकालाई निशुल्क)
          For details www.nwgnca.org
          
           धन्यबाद।

अध्यक्ष - सुस्मिता सिजापती
कार्यक्रम संयोजक - सुनिता सापकोटा
साथै, सम्पूर्ण NWGN CA टिम

मिती २०७३/१०/१३ गतेका दिन हिमाल डेन्टल हॉस्पीटलका सचालक श्री राजेन्द्र प्रसाद भट्ट ज्यू र नेपाली होटेल ब्यबसायी सघका क.बा.अध्यक्ष श्री दिपेन सुबेदी ज्यू बीच नेपाली होटेल ब्यबसायी सघका कार्यसमिति, सल्लाहकार,साधारण सदस्य र उनका सम्पुर्ण परिबार लाइ हिमाल डेन्टल हस्पीटलमा उपलब्ध हुने सम्पूर्ण सेवा मा २० प्रतिशत र संघले सिफारिस गरे का बिरामीहरु लाइ १० प्रतिशत छुट गर्ने सम्झौता भयो,, आवश्यक पर्ने सवैले नेपाली होटेल ब्यबसायी सघ को कार्यलय ( फोन ०१-४३६३९८४) मा सम्पर्क गर्नु होला धन्यवाद
गणेश ढकाल
महासचिव
नेपाली होटेल ब्यबसायी सघ

एभरेष्ट नेपाल दोहा कतारले "मुसहर नमुना बस्ती निर्माण" को लागि "३,१२,२५०/- सहयोग

हाम्रो यस एभरेष्ट नेपाल युथ एसोसिएसन दोहा कतारले "एकिकृत गिरन्चौर नमुना बस्ती निर्माण" को क्रममा धुर्मुस सुन्तली फाउण्डेशनलाई भनेर उठाउने भनिएको रकम मध्य संकलन हुन बाँकी सहयोग रकम पठाउन खोज्दा बस्ती हस्तान्तरणको क्रममा रहेको र थप सहयोग रकम आवस्यक नभएको जानकारी प्राप्त भएकोले केही रकम हामिसँग बाँकी थियो । अहिले फेरि धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरी स्थित मुसहर बस्ती निर्माणको कार्य सुरु गरेको जानकारी पाए पछि फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस जिसँगको सल्लाह अनुसार उक्त बाँकी रकम रु. ३,१२,२५०/-पनि फाउन्डेसनको नाममा नै पठाई सकिएको छ । पहिले गिरन्चौरको लागि १४ लाख हस्तान्तरण भैसकेको जानकारी गराउँदै  फाउन्डेसनको नाममा संकलित रकमको कुनै पनि हिसाब अब हामिसँग बाँकी नरहेको पनि सबैमा अबगत गराउदछौ !
धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगमा हाम्रो अनुरोधलाई पुर्ण सहयोग गर्नु भएका सम्पुर्ण सहयोगी मनहरुलाई हृदयदेखी धन्यवाद टक्र्याउछौं । यसले हामिलाई हौसला मिलेको छ जसले अरु सामाजिक कार्य गर्न प्रोत्साहित गरेको छ । आसा छ आउने समयमा पनि हामिलाई यसरी नै सहयोग गर्नु हुनेछ र सामाजिक रुपान्तरणमा हामी यूवाहरुलाई सहभागी गराउनु हुने छ ।

यसै संस्था मार्फत पोखरा ब्रिद्धाश्रम को सहयोगार्थ भब्य साँस्कृतिक कार्यक्रम,बनभोज तथा प्रथम बार्षिक उत्सब पनि गर्ने तयारिमा रहेका छौं।

"सास्कृतिक कार्यक्रम तथा प्रथम  वार्षिक उत्सव   २०१७ साथमा बनभोज"
मिति:-फेब्रुअरी ३ तारिक
स्थान:-अलदोसरी पार्क ,सनैया
समय:- बिहानको ठिक १० बजे
कार्यक्रममा आउनको लागि विभिन्न स्थान बाट निशुल्क यातायातको पनि ब्यवस्था गरियको छ।
         
आयोजक कमिटि
अध्यक्ष
उत्तम गुरुङ
एभरेष्ट नेपाल युथ एसोसिएसन,दोहा कतार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.