Latest Post

@ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड(आँखा अस्पताल नजिक)
०५६- ५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९

दाई हजुरको नाम के हो?
सुरज दर्जी ।
हजुरको घर कहाँ हो ? अनि किन यसरी हिडेको नि?
घरमा न श्रीमती छ न त नानी (छोरी) नै छ। धेरै ठाँउमा खोजे जता खोजे पनि नभेटाए पछि म त पागल  भएछु। यो संबाद हो आज बिहान करिब ८ः३० बजे टाँडिको सडकमा बेवारिसे भई हिडिरहेको एक मनोरोगी दाईसँग, मानवसेवा आश्रमका अभियान्ताहरुको। झट्ट उँहासँगको संबाद हेर्दा उँहाको मानसिक अवस्था ठिक छ जस्तो लाग्छ तर दाईसँग कुराकानी गर्दै जाँदा उँहाको मानसिक अवस्था भने कमजोर रहेको र दाईले समयमा नै पारिवारीक बातावरण तथा अौषधी उपचार पाउनु भयो भने दाईको स्वास्थ्य अवस्थामा सुधार आउन सक्ने कुराको महशुस गरी दाईलाई टाँडिको सडकबाट उद्धार गरी मानवसेवा आश्रममा ल्याईएको छ।

नोटः (हाम्रो सपना भनेको कुनै पनि ब्यक्ति सडकपेटिहरुमा कोहि पनि दुख पाएर,असक्त, अनाथ, अपाङ्ग, असाहय, तथा मनोरोगी भई बेवारिसे भएर जीवनयापन गर्न पर्ने अवस्थाको अन्य गर्ने।)
धन्यबाद।।।

दिनभर को कामले निकै थकाइ को महसुस भइरहेकै थियो फेरि पनि आफ्नै परिवार संगै रहेर दुख गर्दाको पल त्यति दुखको अनुभव भने भएको थिएन ।
बेलुकीको खानाको चाजोपाजो मिलाउदै थिइन मेरी जीवन सङिनी म पनि उनलाई सहयोग गर्दै थिया यतिकैमा मेरो मोबाइल मा फोन बज्छ मेरी उनी फोन लिन जान्छिन तर नचिनेको नम्बर बाट फोन आएको ले मलाई दिदै भन्छिन खोइ कस्को फोन हो हेर्नू त मैले पनि नम्बर ख्याल गर्न सकिन जस्को भए पनि उठाउन त पर्छ नै किनकी फोन कसैले पनि बिना काममा गर्दैनन् फेरि कसैको गलत नम्बर ले आएको रहेछ भने पनि उसलाई पनि थाह हुन्छ कि मैले सम्पर्क गरेको नम्बर गलत रहेछ भनेर यति सोच्दै फोन उठाए ।एउटा नारी स्वर थियो दाइ सन्चै हुनुहुन्छ अनि भाउजू नि? मलाई चिन्नु भयो त? तर मलाई ठम्याउन निकै गाह्रो भयो मैले भने बहिनी मैले त हजुर लाई चिनिन नि परिचय दिनु त ।ओहो दाइ कति छिटो नै भुल्नु भयो है? हुन त हजुर सामाजिक मानिस कति ठाँउ जानू हुन्छ कति संग परिचय गर्नुहुन्छ कतिलाई सहयोग गर्नुहुन्छ सबैलाई सम्झिएर पनि सकिदैन तर हजुरलाइ सवैले सम्झिरहने छ्न ।बहिनी खोइ त्यति ठुलो उद्दार गर्न सकेजस्तो लाग्दैन उनले फोन गर्दै गर्दा उनको फोनको पृष्ठभुमि मा सानो बच्चा को पनि आवाज आइरहेको थियो ।उनले भनिन दाइ हजुरले अरुलाइ के गर्नु भयो के गर्नु भएन त्यो मलाई थाह भएन तर मेरो जीवनमा आमूल परिवर्तन ल्याउने हजुर नै हुनुहुन्छ ।तपाईं ले अब त मलाई चिन्नु भयो होला होइन तर मलाई भने अझै पनि एकिन भएको थिएन अनि उनी मेरो बारेमा सोध्दै थिइन् मैले सबै कुराको जानकारी गराए दाइ हजुर ले मेरो इज्जत बचाउन र चिसो छ्ल्न दिनु भएको ज्याकेट म सगै सुरक्षीत छ ।यति भने पछि मलाई बल्ल याद आयो उनी थिइन अश्मी केही बर्ष अगि नारायणगढ होटेल मा भेट भएकी थिइन उनी यो विषय मा मैले उतिबेला नै मेरी जीवन साथी सङ कुरा गरेको थिया यो कुराले उनले म प्रती उद्दारभाब दर्साएकी थिइन् यस्तो कार्यको उनी खुलेर प्रसंसा गर्ने गर्छिन त्यही भएर त मलाई  सामाजिक कार्य गर्न सहज भएको छ   हरेक मानिस लाई सामाजिक कार्य गर्न उस्को पारिवारिक साथ अनिवार्य छ ।अनि मैले सोधे अश्मी के छ तिम्रो खबर कता छौ के गर्दै छौ अनि यतिका बर्ष पछि याद गरेउ अनि त्यति बेला केही नबताइकन हिड्औ अनि के हो तिम्रो बास्तबिकता ल सबै बताउन अनि दाइलाइ कहिले भेट्ने हो यहाँ हामी आतुर छौ तिमिलाइ स्वागत गर्न ।यति भन्दै गर्दा उनी भन्छिन दाइ म ठिक छु अहिले म पोखरामा छु सानोतिनो पसल चलाएर बसेको छु दाइ अहिले म इमान होइन श्रम बेचेको छु सहज तरिका ले दिनहरु चलाएको छु बिगत सम्झदा कहाली लाग्छ त्यो दलदल मा बाद्य्यता मा फसेको थिया खोइ एक रातमा नै म भित्र के सोच आयो हजुर लाई देख्ने बितिकै त्यो काम छोडन मन लागेको थियो र फेरि राती त्यो घटना भयो र मैले आफ्नो निर्णय परिवर्तन गरि त्यो ठाँउ छोडेर यता आएको पनि आज झन्डै ७ बर्ष भएछ ।अनि मैले सोधे तिमी कसरी पुग्यौ त त्यो ठाँउ सम्म ? उनी निक्कै लामो सास तान्दै खुइया गर्दै दाइ खोइ कता बाट सुरु गरु?यति भन्दै गर्दा उनको स्वर निकै मलिन भएको थियो समय केही क्षण सुन्यतामा हरायो फेरि मैले अश्मी भने पछी उनले आफ्नो बिगत यसरी बिस्तार गरिन ।मेरो घर पनि गोरखा जिल्ला नै हो म मध्यम बर्गिय परिवारमा हुर्किएकी घरको पहिलो सन्तान हु म पढाइ मा म अब्बल दर्जाको थिया घर नजिकै उच्च शिक्षा गर्ने स्थान पनि थियो मेरो घरको नजिकै हेल्थपोस्ट हुलाक प्रहरी कृषि आदि को कार्यालय पनि थियो त्यस्तैमा हेल्थपोस्टमा काम गर्ने अ हे ब मेरो घर नजिकै बस्थ्यो उ मेरो घर बारम्बार आउने गर्दथ्यो मेरो बाबा सामाजिक कार्यकर्ता भएको ले अरुहरु पनि केही गर्नु पर्यो भने आउने गर्दथे त्यसैले उसको आबागमन लाई पनि मैले सहज रूपमा नै लिने गर्दथे तर उसको उद्देश्य फरक रहेछ उ मलाई चहादो रहेछ त्यही भएर हामी कहाँ धेरै आउने गर्दथ्यो उ मेरो बारम्बार तारिफ गर्दथ्यो मेरो कुरा को समर्थन गर्दथ्यो स्कुलमा हुने हरेक अतिरिक्त क्रियाकलाप मा भाग लिन उकास्ने गर्दथ्यो मलाई यस्तो लाग्न थालेको थियोे कि मलाई यो संसार मा सबै भन्दा माया गर्ने उहीँ नै हो हामी एकाअर्कामा यति नजिक भयौ कि अब छुटनै गाह्रो पर्ला जस्तो कुनै दिन काम विशेष ले उ आएन भने मलाई अति गार्हो हुन थालेको थियो यस्तैमा उ संग मेरो सबै कुरा शेयर भए जति कुरा म सङ  छ्न जे चाहेर उसले मलाई माया गरेको थियो त्यो सबै उसले प्राप्त गरिसकेको थियोे ।त्यति बेला म कक्षा १० मा पढ्दै थिया तर दुर्भाग्य नै भन्नू पर्छ मेरो गर्भमा उसको नासो वस्न गयो मैले यो कुरा उसलाई भने ल अब हामी बिहे गर्नुपर्छ त्यतिबेला उसले मन्जुरी जनायो तर घरमा भने केही थाह थिएन हामी भागी बिबाह गर्ने तयारीमा थियौ तर अपसोच उसले मागेको केही समय त जागीर अन्यत्र सार्न रहेछ एकाएक उ जागीर सारेर बेपत्ता भयो न खबर न केही अत्तोपत्तो भएन तब मात्रै मलाई सबै कुराको जानकारी भयो कि उसले म माथी खेलबाड गरेको रहेछ भनेर अब के गर्नु मलाई बिपत्ति पर्यो घरमा कसैलाई थाह छैन कि मेरो पेट भित्र कसैको गर्व छ भनेर बाबाको त्यत्रो सामाजिक छवि माथी आच आउने भयो भनेर मलाई सार्है पिर भयो मर्न पनि सकिन र एक रात घर बाट केही पैसा निकालेर भागे र म गन्तव्य हिन यात्रा मा निक्लिए ।आज सम्म पनि मेरो कुनै यात्रा को गन्तव्य छैन आज मेरो छोरा पनि ७ बर्ष को हुन लाग्यो सबैको छोराछोरी बाबा सङ घुमफिर गर्दा उ मलाई आफ्नो बाबाको बारेमा सोच्छ तर म सङ जवाफ छैन जुन दिन घर छोडेर आए त्यो दिन देखि घरमा एक कल फोन पनि गरेको छैन आज सम्म म उहाँ हरुको आस्था को धरोहर थिया तर के हुन पुग्यो मलाई नै थाह छैन ।दाइ एकचोटि हजुर लाइ भेट्न् मन लागेको छ म हजुर लाई भेट्न् छिटोभन्दा छिटो आउदै छु गोर्खा ओहो यति भन्दै गर्दा मेरी जीवन संगीनिको आँखा मा समुन्द्र छल्किसकेको रहेछ उनी भन्दै थिइन ओहो कति स्वार्थी सन्सार कति दुख दिन सकेका है एउटा अबला नारिलाइ ए हजुर अब अश्मी लाई एउटा नयाँ जिन्दगी को सुरुवात गराउन पहल गरिदिनु न है अनि उनको बाबा आमा संग भेट पनि गराइदिनु न है अश्मी ले मानिन भने अश्मिको छोरा लाई हामी राखौ न है उनी रुदै भन्दै थिइन यो सवै कुरा अश्मी पनि सुन्दै थिइन उता अश्मी यता उनी दुबैको रोदन ले मेरो मन भक्कानिएर आयो तर पनि मैले सम्मालिनु त अवस्य  पनि थियो किनकी अश्मिको जीवन लाई अब एउटा सफल मार्गमा ल्याउने जिम्मेवारी मेरो काधमा आइपुगेको थियो अश्मी भन्दै थिइ भाउजू हजुर चहानु हुन्छ भने म मेरो बाबू हजुर लाई दिने छु यो मेरो दाइको गुन तिर्न एउटा् अमुल्य अबसर पनि हुनेछ तर म मेरो बाबू बाट टाढा रहेर बस्न सक्दिन म पनि नजिकै बस्नुपर्छ ।यता उनी भन्दै थिइन तपाई पहिले यहाँ आउनु अनि तपाई को घरमा दाइले लिएर जानू हुनेछ फेरि लिएर आउनुहुनेछ तपाईंको नयाँ जीवन को लागि दाइले पहल गर्नु हुनेछ जबसम्म तिम्रो जीवन को एउटा बाटो हुदैन तिमी हामी संगै हुनेछौ ल छिटोभन्दा छिटो ब्यबस्थापन गरेर आउनु ल अश्मी पनि रुदै उनको कुरालाई स्विकार्दै छिटो आउने बाचा गर्दै म सङ भनिन दाइ म पसल बेचेर केही दिनमा नै हजुरहरुको शरण मा आउनेछु भन्दै फोन राखिन
त्यस्तै १० दिन पछि अश्मी ले एका बिहानै फोन गरेर आउन लागेको जानकारी दिइन उनी निकै खुशी हुँदै खाना बनाउने तर्खर गर्न लागिन म पनि मनमा उमंग बोकेर अश्मिको प्रतीक्षा मा बसे आज अफिस पनि नगै उनकै प्रतीक्षा मा थिए म कसैको जीवन मा एउटा आधार बनेर उसको जीवन सफल बनाउने कोशिश मा थिया म उता अश्मिको यात्रा तय भइसकेको थियो।
     हिजोको मौसम सफा भएपनी आज आकाश मा कालो बादल मडारिरहेको थियो दिन निकै धमिलो थियो तर पनि अश्मी को आउने कुरा ले मन निकै हर्शित थियो त्यसैले घरमा नै टि भि हेर्दै बस्दै थिया बिहान ९ बजेको समचार आयो हेडलाइन मै पोखरा बाट गोरखा तर्फ आउदै गरेको बस दुर्घटना ओहो मेरो मन एक तमास को भयो तुरुन्तै अश्मी लाई फोन लगाए फोन लाग्यो  तर उठेन धेरै पटक गरेपछि एकजना छोरा मान्छेले फोन रिशिभ गरे र भने तपाई ले फोन गर्नु भएको मानिस को दुर्घटना मा निधन भयो उहाँ कै झोला बाट मैले फोन निकालेर उठाएको म नेपाल प्रहरी हु मलाई बिश्वास नै भएन सबै हुलिया दिए नाम दिए आखिर उनको र बाबू दुबैको निधन भएको रहेछ यता समाचार मा पनि नाम आउन थालेको थियो । उनको पनि नाम र तस्बिर आइनै रह्यो आखिर यात्रा अधुरो नै रहयो उनलाइ घरमा पुर्याएर आमाबाबु सङ मिलाउने उनको नयाँ जीवन सुरुवात गराउने मेरी उनलाइ अश्मिको छोरा खेलाउने यात्रा अधुरो र आधा नै रहयो ।
प्रस्तुत कथा यसका पात्र हरु स्थान हरु काल्पनिक हो कसैको जिबन संग मेल खान गएमा संयोग मात्रै हुनेछ ।
कथा :- आधा यात्रा भाग २
लेखक :-गोबिन्द लामिछाने (अविरल )।
हाल दोहा कतार

बा २ ख ८७४३ नम्बर को गाडी आफ्नै रफ्तारमा चल्दै थियो गन्तव्य पहिल्यै पक्का थियो आजको बसाइँ नारायणगढ को होटेल लज्जा मा थियो गाडी मा चालक म अनि मेरो एक जना साथी थियो सहचालक एक दिन पहिल्यै बजार पुगिसकेको थियो उसको घर उतै भएको ले उ अघिल्लो दिन नै अरु साथिको गाडी मा गएको थियो ।हामी तिनैजना एउटै उमेर समुहको भएर होला कुनै पनि कुरा बडो मिल्ने गर्थ्यो हामि एक आपसमा कहिले रमाइलो कुरा त कहिले देशको बारेमा चिन्ता गर्ने गर्थ्यौ ।झन्डै २० /२५ कि मि को कच्चा बाटो पार गरेपछी गोरखा बजार लाई बिदाइ गर्दै गाडी ले आफ्नो रफ्तार लाई पक्की सडक तिर लगाउदै थियो चिसोको मौसम ले होला बेलुका ७ बजेनै गोरखा बजार सुनसान देखिन्थ्यो केही मानिस हरु मात्रै जाडो छल्न आगो तापेर बस्दै थिए ।अनि होटेल तिर को रौनक भने अलि छुट्टै थियो अर्पण ले भन्यो दाइ खाजा खाएर जाउ उता पुग्ने बेला सम्म त निकै भोक लाग्छ उसको अनुरोध लाई स्वीकार गर्दै खाजा खान एउटा होटेल मा छिरियो हाम्रो खाजा सादा थियो त्यहाँ अन्य ग्राहक हरु पनि थिए कामदार खास कोहि थिएनन एक जना महिला हुनुहुन्थ्यो सायद उनी त्याह काम गर्न बसेको प्रष्ट हुन्थ्यो किनभने ग्राहक हरुले केही नराम्रो शब्द बोल्दा होटेल साहुजी केही नबोली मुस्कुराइ रहेका हुन्थे सायद उनको छोरी बहिनी भएको भए केही प्रतिक्रिया दिन्थे होलान भन्ने लाग्यो ।
खाजा खाइ हामी गन्तव्य तिर लागियो तर मेरो मनको सेरोफेरोमा त्यही कुरा घुमिरह्यो महिला मानवअधिकार वाद हरु देखेर घृणा जागेर आयो नाम मात्रै को अधिकार बादी संस्था के काम तलब र भत्ता मात्रै को सस्था के काम तारे होटेल मा बैंकक चलाएर दुरदराज को निर्णय गर्ने सस्था के काम अनि पुरुष अतिबादी सोचको पनि के कुरा गर्नु  । गाडी ले मुग्लिङ लाई छोडेर अगि बढन लागि सकेछ पत्तोनै पाइन ठुलो ठुलो होटेल हरु लगभग बन्द हुँदै थियो तर स साना सडक छेउमा उभिएका पसल हरु मधुरो टुकिको साहयता मा चलिरहेको थियो यो रात्रीकालिन ब्यबसाय हो प्रष्ट नै थियोे हरेक झुपडी पसल को अगाडि ठुला ठुला समान बोक्ने सवारी साधन पार्किङ गरेको देखिन्थ्यो यी सबै परिदृश्य नियाल्दै म अगि बढदै थिया यता निस्चल मर्स्याङ्दि मानबिय लाचार पन छ्ल कपटपूर्ण कार्य लाई गिज्याउदै नारायणी लाई भेट्न् जाँदै थियो ।उसको रफ्तार एकनास थियो बिना स्वार्थ को थियो ।
कल्पना को सन्सार मा हराउदा हराउँदै गन्तव्य आइपुगे छ गाडी पार्किङ गरेर सरासर होटेल भित्र छिरियो चिसो निकै बढी भएको ले  छिटो खाना खाएर सिधै रुम मा जाने बिचार गरियो ।खाना तयारी नै थियो खाना खान अनुरोध भयो खान लागियो त्यहाँ पनि महिला कर्मचारी नै रहिछ्न मलाई एकफेर फेरि अगि बेलुका को घटना याद आयो महिला ले काम गर्नै हुदैन भन्ने चाहिँ मेरो मान्यता होईन तर त्यहाँ दमन शोषण र गलत हुनुभएन भन्ने हो ।खाना खाए पछि साहु जि ले उनै महिला तिर इसारा गर्दै भने अन्जु सर हरुलाइ कोठा देखाइदेउ उनले हुन्छ भन्ने इसारा गरिन रुममा जानै लाग्दा थप सुबिधा केही चाहिएमा भन्नू है भने तर मैले बुझिन आखिर थप सुबिधा के रहेछ मेरो मन चसस्क भयो त्यतिकै मा अर्पण ले भन्यो आज केही चाहिदैन सायद अर्पण पहिले पनि त्यही बस्ने गरेको ले होला उसले बुझ्यो होला थप सुबिधा के हो भनेर ।
हामी तिनै भाइ माथी रुममा गैयो तिनै अन्जुको सायतामा अन्जुले रुम खोल्दै यो हजुर हरुको रुम हो भनिन मैले अन्जुलाइ भने मिल्छ भने तातो पानी एक बोतल ल्याइदिनु है ।तर उनी केही नबोली तल झरिन अर्पण ले मुख खोली हाल्यो उसका ग्राहक कति छ्न अब तपाई लाई पानी ल्याउछे त्यसले अर्पण को कुरा ले मन झन पोल्यो किनकी अर्पण लाई उसको बारेमा सबै थाहा थियो र त यति भन्न्यो होला भन्ने लाग्यो एकैछिन मा ढोकाबाट आबाज आयो हजुर लाई तातो पानी म निकै खुशी हुँदै पानी समाय उनी पनि मन्द मुस्कान दिदै बिदा भइन यतिकै मा अर्पण ले जिस्काउदै भन्यो के हो अविरल जि तपाई मा त जादु छ कि के हो? अनि म पनि मख्ख पर्दै भने आफू त भलाद्द्मी मान्छे परियो नि त सबै जना निकै जोड ले हासियो र सुत्ने निर्णय गरियो मस्त निन्द्रा मा परेको बेलामा निकै पिडादायी र कारुणिक स्वर ले मेरो निन्द्रा बिगार्यो निद्रा त सबैको बिगारेछ सबै जाना जागियो एउटा चेलिको आवाज आइरहेको थियो तर को हो किन हो केही पत्तो थिएन हामी के गर्नु अक्क्मक्क परियो बति बालियो हामी बसैको होटेल मा महिला रोएको आवाज थियो त्यो हामिलाइ एकिन भयो तर अब जाने कि नजाने भन्ने दोधार रह्यो तिनै जना सल्लाह गरि जाने निर्णय गरि दोश्रो तल्ला तिर लागियो तर त्यह पुग्ना साथ मैले जे दृश्य देखे त्यो परिदृय ले मलाई रोक्न सकेन मैले अर्पण र अन्जन दुबै लाई भने हेर भाइ हो यो त यति भएन र अन्जन भन्दै थियो भयो हामी यसमा नफसौ होला तर मेरो मन ले मानेन आफनै आँखा अगाडि एउटा चेली लाई नग्न बनाइ कुटपिट गरेको कसरी सहनु मैले भने हेर भाइ हो यदि त्यो चेली हाम्रो कोहि हुन्थ्यो भने हाम्रो मन ले मान्थ्यो होला त हामी त यो देश को जिम्मेवार युबा हौ हामी बिना बर्दी को पुलिस हौ यो समाज को रक्षा गर्नु हाम्रो पनि कर्तव्य हो यति भन्दै गर्दा अर्पण सिधै गएर त्यो केटा लाई समायो र भन्यो के हो यो मन परि गर्ने ठाँउ हो अर्पण ले समातेर ल्याउदै गर्दा उ अर्पण माथी जाइलाग्यो त्यही बिचमा अन्जन ले कसेर एक मुक्का प्रहार गर्‍यो र उ अलि सचेत भयो र भन्न्यो मैले आज पुरै रात को लागि पैसा तिरेको छु यति भन्दै गर्दा अन्जु रुदै भन्छिन हो हो मैले आफ्नो शरीर बेचेको हो तर मेरो पनि शरीर हो नि कुनै फलामको बस्तु होइन जे गरेपनि सहने ।आखिर मलाई यो शरीर बेच्ने पनि कस्ले बनायो यहि समाज ले होइन ?उनी रुदै थिइन निकै भाबबिवहल हुँदै थर थर काप्दै थिइन् एकातिर चिसो अनि अर्को तिर डर ले होला उनको फाटेको मन लाई त मैले केही गर्न सकिन तर उनको च्यात्तिएको लुगालाइ र देखिएको शरीर ढाक्न लाई आफुले लगाएर गएको ज्याकेट खोलेर लगाइदिए र बहिनी नरोउ भन्नी उनको आँसु पुछी होटेल साहु को जिम्मा लगाइ फेरि हामी सुत्न गएयौ तर रात भर निन्द्रा लागेन रात भर त्यही परिदृश्य अँखा अगाडि झल्किरह्यो बिहानी को सुर्यको लाली संगै बजार नै जाग्यो तर मेरो मन भने जागेन हिजैको कुराले चिन्तित बनाइरह्यो मन लगाइ नलगाइ उठे नुहाउन काम सकेर आए साथी हरु तल चिया पिउन झरेछ्न म पनि झरे मैले नरम हुँदै साहुजी लाई सोधे यो के हो यस्तो उनी कति सहजै उत्तर दिदै थिए कि यो त सामन्य हो ओहो यो ब्यापार मा पैसामा आत्मिएता भन्ने कुरा हुदैन जस्तो लाग्यो अरु बढी सोध्ने प्रयास नै गरिन ।बरु उनै अन्जु लाई नै भेट गर्न मन लाग्यो तर कसरी हुन त हाम्रो त्यहाको बसाई अरु २ दिनको थियो ।अर्पण र अन्जन बजार निस्कन लागे तर मलाई जानै मन लागेन र मैले म खाना खाए पछि मात्रै जान्छु भनेर पुन कोठा तिर लागे कोठा पुग्दा त लुगा हरु मिलाएको रहेछ मैले सोचे अन्जन ले मिलायो होला किन कि उ धेरै सिपालु थियो यस्ता लुगा मिलाउने मा ।
मन निकै थकित र निरास भए झै लाग्यो र यसो सिरानी तानेर बेडमा पल्टन लागेको एउटा कागज को पन्ना देखे त्यसमा लेखिएको थियो कि दाइ हजुरको अगाडि मैले के भन्नू मलाई यो सन्सार मा पुरुष नाम गरेका पात्र हरु भनेको स्वार्थ नै स्वार्थले भरिएको जात हो भन्ने लाग्दथ्यो हामी नारी हरु तिनिहरुको खेलौना हौ भन्ने लाग्द्थ्यो तर दाइ होइन रहेछ हजुर जस्तो महान सोच र बिचार भएका मानिस हरु पनि हुनुहुदो रहेछ हजुर को यो गुण कहिल्यै भुल्ने छैन दाइ हजुरले होटेल को ग्राहक बुक मा टिपाउनु भएको नम्बर मैले राखेकी छु म जुन दिन यो मरुभूमि बाट तैरिएर बाहिर आउछु अबस्य पनि हजुरलाइ मेरो बेदना सबै सुनाउने छु हजुरले यो नम्बर कहिल्यै पनि परिवर्तन नगर्नु ल अहिले मैले हजुर लाई नम्बर छोडन सकिन दुख नमानु ल यो मेरो बाध्यता हो र दाइ मलाई अब यो सहर मा पनि नखोज्नु ल
उहीँ बहिनी अन्जु ।
ओहो पत्र हेरेर म त छागा बाट खसे जस्तै भए म सरासर होटेल काउन्टर मा गए र साहुजी सङ अन्जुको नम्बर मागे साहुजी मुस्कुराउदै के हो भाइ मोड चल्यो कि के हो भनेर जिस्काउदै थियो मैले पनि अरु कुरा नगरी हो भनिदिए र नम्बर मागेर कल गरे तर अपसोच उनको मोबाइल अफ भइसकेको रहेछ हजारौं पटक फोन गरे तर अफ नै रह्यो आज सम्म पनि अफ नै ।

  लेखक गोबिन्द लामिछाने (अविरल )
कथा :- आधा यात्रा
हाल :-एसिएन टाउन ,दोहा,कतार ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.