Latest Post

सहयोग गर्न सम्पती चाहिदैन् मात्र मन भए पुग्छ । खुसी त त्यति बेला मिल्छ जतिबेला कसैको मुहारमा आफुले दिएको सानो सहयोगले खुसी भरिएको हुन्छ । बिभिन्न संघसंस्थाले दिएको सानो सहयोग कसैको लागी अमुल्य बन्न सक्छ । त्यस्तै एक शैक्षीक संस्था Boomerang int. Education services, जो शैक्षीक परामर्श दिने संस्थाहरुमा आफुलाई अग्रस्थानमा प्रस्तुत गर्न सफल भईसकेको छ । जुन संस्थाबाट एकिकृत नमुना मुसहर बस्ती निर्मँणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई ५०० अष्ट्रेलियन डलर सहयोग प्राप्त भएको छ । जुन् सहयोगको लागी हामि संस्थाका आशिष वाग्ले प्रति हार्दिक धन्यवाद दिदै अझै सफलताको शुभकामना दिन चाहान्छौ । यसै गरि दिपेश राज पाण्डेले आफ्नो र साथी भाईबाट प्राप्त केहि सहयोग रकम हामिलाई प्रदान गर्नुभएको छ । जसमा आभाष वाग्लेले १००, दिपेश राज पाण्डेले १५० र बिजया जोशीले ५० अष्ट्रेलियन डलर सहयोग गर्नुभएको छ । सहयोग संकलनका लागी दिपेश राज पाण्डे सहित सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । नेपालीहरु जुनसुकै मुलुकमा भएपनि एकजुट भएर नेपालको निर्माण कार्यमा ईट्टा थप्ने काम गरिरहनु भएको हुन्छ । तनहुं स्थाई घर भई हाल अष्ट्रेलिया बसोबास गरिरहनु भएका गोबिन्द रानाले भुकम्प पछि पुर्ननिर्माणका लागी अष्ट्रेलियामा केहि सहयोग संकलन गर्नुभएको छ । उहांले सहयोग प्रदान गर्नको लागी हामिसंग भेट्दै एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई २४५२ अष्ट्रेलियन डलर सहयोग गर्नुभएको छ । त्यतिमात्र होईन् उहांले बस्ती निर्मँणका लागी दिनल खोलेरै ब्यत्तिगत रुपमा हामिलाई ३०० अष्ट्रेलियन डलर सहयोग गर्नुभएको छ । उहांको यस सहयोग प्रति हामी नतमष्तक छौ । उहांको सहयोग संकलन कार्यमा साथ दिने र सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद दिन चाहन्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

सहयोग त्यस्तो चिज हो, जसले हरेक पल खुसीका बहार ल्याउने गर्छ । सहयोग गर्न कुनै साईत कुर्नु पदैन् बरु मन सफा भए पुग्छ । बिगत १ दशक देखी आफ्नो गायन कला क्षेत्रलाई बिदेश सम्म पुर्याउदै गरेकी एडिलेट बसोबास गर्ने प्रजिता गेलालले आफ्नो परोपकारी कामलाई निरन्तरता दिदै एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको ५०० अष्ट्रेलियन डलर सहयोग प्रति हामि निकै खुसी छौ । तपाईको गायन यात्रा अझै सशक्त रुपमा अघि बढिरहोस ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.