Latest Post

शिघ्र स्वास्थ लाभको कामना
_____________________
सुदुरपस्चिमको महेन्द्रनगर कंचनपुर निबासी सोनु सिनाल बिगत लामो समय देखि दुबै मिर्गौला खराब भयर डाइलोसिस बाट जीवन लाई मृत्यु संग संघर्ष गर्दै आइरहनु भयको थियो तर सधै डाइलोसिस बाट मात्र बाँच्न सम्भब नभयपछी उनको यो सन्सारमा बाच्ने रहर मात्र होइन जिबनमा संगालेका धेरै परिकल्पना हरु अन्न्तत बिलिन हुने देखिन थाले यसरी निरास "सोनु" अस्पताल को बेड बाट मृत्यु कुर्दै बसेकी छिन ।
  उनको मलिन मुहारमा आशा जगाउन आज विश्व सुप बासिले सहयोगी मनका मनकारी ब्यकतित्व हरु लाई सहयोगको अपिल गरे बमोजिम मध्यपुर्बी रास्ट्र कतार लाई कर्म थलो बनाइ बस्नु भयका परोपकारी मनका धनी सुप बासी ले 51011( एकाउन्न हजार एघार रुपैया)राहत संकलन गरि
सोनु सिनाल लाई सहयोग रकम उपलब्ध गरायको छ।
ती सम्पुर्ण मनकारी मित्र हरु मा सुदुरपस्चिम सेवा समाज हार्दिक नमन गर्द्छ।उहाहरु सबैको जीवनको उच्च प्रगतिको कामना गर्द्छ साथै सोनु लाई सहयोगको अपिल गर्दै उहाको शिघ्र स्वास्थ लाभ को कामना गर्द्छ।
सुदुरपस्चिम सेवा समाज कतार
                  परिवार

मृगौला पीडित बिरामी टीका ग्यबा ज्यु लाई १,२४,७१० सहयोग

डोल्मा मनाङ्थेन

नेपाल प्रबासी तामाङ समाज कतार को सम्रक्षन मा स्थापना भएको म्हेन्दोमाया परिवार दोहा कतार  को पहल मा सङ्कलन गरेको 1 लाख 15 हजार 2सय 28 रुपिया , म्हेन्दोमया गायक Bishwo Pasa ज्यु को तर्फ बाट ४१५५ र ल्हाप्साङ्कर्पो समूह को तर्फ बाट थप गरि जम्मा रु १,२४,७१० रोशन फ्युबा को हात बाट मृगौला पीडित बिरामी टीका ग्यबा ज्यु लाई हस्तान्तरन गरियो । साथ्  मा सैलुङ अनलाइन का पत्रकार ज्यु हरुको सहभागित थियो ।

पुत्री लाभको शुभ अवसरमा परोपकारी कार्य |
            " सेवा नै धर्म हो "  


आज मिति २०७३/११/१४ गतेका दिन सामाजिक परोपकारी मनका धनि चितवन युवा समुह दोहा कतारका महासचिब श्री सुरेश परियार आभास तथा श्री निर्मला खत्री ज्युद्वारा मिति २०७३/११/१२ गतेका दिन सुपुत्री लाभको अवसरमा मानव सेवा आश्रम चितवन भरतपुर १० बाइपास रोडमा एक छाकको खाना खुवाउने कार्यक्रम सम्पन्न भयो | सो कार्यक्रममा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी, सचिव राजन घिमिरे , सह-कोषाध्यक्ष श्री साझा राम बि.क.,सदस्यहरु श्री सिता कंडेल, श्री कविता ढकाल, कार्यालय सचिव इन्दिरा सिग्देल लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो |
प्रवासमा रहेरपनि आफ्नो सुखद अवसरमा गृह जिल्ला चितवनको बिकास र समाजमा रहेका असहाय गरीब अशक्त तथा बेसाहाराहरुको लागि सामाजिक परोपकारी कार्यप्रति देखाउनुभएको अतुलनीय कार्यको लागि उहाहरुलाई हृदय देखिनै हार्दिक आभार व्यक्त गर्दै छोरीको सु स्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ । साथै आगामी दिनहरु पनि आफ्ना सुखद अवसरहरु यसरीनै सामाजिक परोपकारी कार्य प्रति लगाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध |
मुक्ति प्रसाद अधिकारी
अध्यक्ष
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |


Contact Form

Name

Email *

Message *

Powered by Blogger.