Latest Post

मैले छाेरीलाई पढ भनेकाे भए पढ् थिईन हाेला। मैले नै पढेकाे देखेपछि अाफै पढ्नुपर्छ भने लागेछ। अरुलाई गर भन्नु भन्दा पहिले अाफैले गरेर देखाउनु पनि अभिभावकको कर्तव्य हाे जस्ताे लाग्छ। हामी त बिदेशी अामा परियाे झन् हामीले नै छाेराछाेरिलाई बुझ्ने काेसिस गर्नुपर्छ। म  पनि छाेरीकाे भावना बुझ्ने काेसिस गर्दैछु । एउटा अात्मिय साथि बन्नकाे लागि के के गर्नुपर्नेछ । त्यसकाे पछि लाग्नेछु। छाेरीलाई रुगा खाेकि लागेकाे अवस्था ।छाेरीकाे स्वास्थ्य  राम्रो  हाेस् भने कामना गर्छु।
- योगिता गौतम

पुण्यतिथिको अवसरमा बिहानको भोजनसेवा ।।।
मिति २०७३/१२/१५ @ मानवसेवा आश्रम चितवन भरतपुर-१०बाईपास रोड(अाँखा अस्पताल नजिक)
सम्पर्कका लागि ०५६-५२५८९४,९८५५०७६००३,९८५५०८१८९९

रजहर-१ नवलपरासी निवासी परोपकारी मनका धनी,मानवसेवा आश्रमका सहयोगी शुभचिन्तक आदरणीय हरिश गौतमज्युको स्व.दाजु नारायण गौतमज्युको पुण्यतिथिको अवसर पारी मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई बिहानको भोजनसेवा स-प्रेम अर्पण गर्नुभएको छ उक्त पवित्र कार्य उहाँकाे ममतामयि अामाकाे साथै परिवारका अन्य सदस्यहरुको  पनि उपस्थिति भएको थियो ।
स्व.दाजु नारायण गौतमज्युको आत्माको चिर शान्तिको प्रार्थनाको साथै हजुरहरुलाई सुखले खान पुगोस् र हाँसी खुशि दिन दुखिहरुको निम्ति सेवा गर्न पुरिरहोस्।।।
धन्यवाद ।

हिज बाटोमा एक जाना कार चढेर आउने महिला साथीले नमज्जा संग भने ,,के हो ? जुनु अझै किनेको छैनौ सवारीसाधन ? बढेशकालमा जोगि बनेर हिडौला ? आफुले जन्माएको छोराछोरीले त आँखा तरेर हेर्छ ,जाबो अर्काले जन्माएको छोराछोरी हेरेर उमेर खेर नफाल बेकारमा ,,,,,आफू नाङ्गो भएर समाजसेवा गर्नु ठिक छैन ,,बेकारमा टाउको दुखाएर झमेला किन बेहोर्छौ ,,? हिजको लाइफ स्टाईल खै ? अझै सर्बजनिक सवारी चढ्दैछौ ,,तिमी भन्दा म पछि काठमाडौ आएको हेर मेरो लाइफ स्टाइल   enjoy ,,,,गरेर हिडिन्छ ,एकबारको जिन्दगी हो  ,तिमी के भाको जुनु ?? ,,के के भने भने त्यति भनेर एक कप  कफि मै बिदा भयौ ,उनी हुइकिए कारमा ,,म हेरेको हेरै भए ,,,उनको भनाइ पनि ठिकै होला ? आमा हुनु त्यति सजिलो छैन ,,यी बालबालिकाहरुको पनि आफनै कथा छ ,ब्याथा छ ,,देश बनाउदा बाबा गुमाए न्याय माग्दा आमा गुमाए ,,कोहि बालबालिकाहरुले  बिनासकारी भुकम्पको कारणले अभिभावक गुमाए ,,कथा जस्तै आमा बनेको हु ,,बाहिर बाट घरको गेटमा आउदा आमा आउनु भयो भनेर उफ्रिदा खुशी लाग्छ ,,,तर बाहिर हिड्दा साथीहरूको नमिठो शब्द्ले कता कता मन दुख्छ ,,,,,,आफैलाइ समाल्नु बाहेक केही छैन ,,,,,,यिनै तस्बिरका छोराछोरीहरु संग सुखदुःख मा रमाइरहेको छु ,,,  (जुनु पुन दिदिको फेसबुक बाट जस्ताको तस्तै)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.