Latest Post

पुन्यतिथिमा खाना सेवा
मिति २०७३-१२-१५गते

भरतपुर-१नारायणगढ मेनरोड निवासी ममतामयि स्वर्गीय आमा श्री माया देवि मास्के ज्युको पुन्यतिथिको अवसरमा छोराबुहारी श्री अरुन मास्के तथा रामदेवी मास्के,नाति श्री गुन्जन मास्के र नातिनि बुहारी राजनी मास्के ज्यु द्वारा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,
अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको यस चितवन मानव सेवा आश्रममा एक दिन भरिको खाना सेवा गर्नु भएको छ।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रती सम्पुर्ण मास्के परिवारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र स्वर्गीय आमाको आत्मा चिरशान्तिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

साइप्रसमा नेपाल चिनाउने हाम्रो अभियान

एन आर एन साइप्रसले नया वर्ष २०७४ को कार्यक्रममा visit Nepal Europe 2017  पनि गर्ने भएको छ । साइप्रसमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई April 9thआइतबारको दिन सकेसम्म आ-आफ्नो भेसभुसा र नेपाली संस्कृति झल्काउने खालको पहिरन लगाएर आउन हुन एन आर एन साइप्रस हार्दिक अनुरोध गर्दछ। साथै नयाबर्सको कार्यक्रममा हामीले नेपाली कला र संस्कृति झल्काउने खालको नृत्य,गीत अथवा अन्य प्रसुति प्रस्तुत गर्ने भएको हुदा समय मै आफ्नो नाम टिपाउन हुन अनुरोध गर्दछौ। Visit Nepal Europe 2017अभियान लाई सहयोग गर्नु हुन साइप्रसका सम्पूर्ण संघसंस्था तथा नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई एन आर एन साइप्रस हार्दिक अनुरोध गर्दछ ।
येदि तपाई आफ्नो प्रतिभा देखाउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ।
Subas Malla: 96751378
Santosh Badal:96277419
Biran Magar:96729713

कार्यक्रम मिति :9th april 2017
समय: 11;00am
स्थान:palas theatre nicosia cyprus near buspark

एन आर एन साइप्रस परिवार

🌹🌹शुभकामना🌹शुभकामना🌹शुभकामना🌹🌹

नमस्कार सम्पुर्ण साइप्रस बासी दाजुभाइ तथा दिदिबहिनीहरुमा।।यहि आउदो अप्रिल 9 तारीखका दिन हाम्रो साझा संस्था एन.आर.एन.ए साइप्रस ले हरेक बर्ष जसरी यो बर्षपनि नयाँ सालको शुभकामना आदानप्रदानको साथ साथै विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेको हुनाले समस्त नेपाली मनहरु लाई कार्यक्रम सभ्य र भब्य रुपमा सफल पारिदिनुहुनको लागि यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं।।

🌹🌹चितवन सेवा समाज साइप्रस परिवार🌹🌹

Contact Form

Name

Email *

Message *

Powered by Blogger.