Latest Post

नि:शुल्क उपचार सेवा तथा रक्तदानको लागि हार्दिक धन्यबाद।यहि नै हो सत्कर्म अनि धर्म।।
मिति२०७३/१२/१५ गते

शरिरिक र मानसिक रुपमा अशक्त तथा दाहिने खुट्टामा घाउ भई सडक जीवन बिताउदै आउनु भएको राम मानव बुवालाई यस चितवन मानव सेवा आश्रमले उद्दार गरि बिगत एक महिना देखि नै CMC अस्पतालको अर्थोपेडीक वार्डमा उपचार गर्ने क्रममा उहाकाे दाहिने खुट्टाकाे अप्रेसन गरि शरीरमा रगत (हेमोग्लोबिलिन)को मात्रा कमि भएर हाल सम्म ८ पाेका रगत चढाईएकाे र त्यस मध्य उहालाई एक पाेका रगत दिई सहयाेग गर्नुहुने यस CMC अस्पतालमा अध्ययनरत विद्यार्थी श्री गणेश चापागाई ज्युले सहयोग गरि दिनु भएको छ उहाले गर्नु भएको सहयोग प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछाै।साथै CMC अस्पतालले निरन्तर गर्दै आएको सम्पुर्ण नि:शुल्क सेवा उपचार प्रती तथा श्री गणेश चापागाई ज्युलाई आश्रम परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं साथै बुवाको सु:स्वास्थ,दीर्घयुको कामना गर्दछौं।

- मानव सेवा आश्रम चितवन

प्यारी मन्जरी तिमी बिनाको जिबन एक्लो मात्रै होइन अधुरो पनि छ यति थाहा हुँदा हुँदै पनि तिमिलाइ छोडेर म परदेशिएको पनि आज यतिका बर्ष भयो यहाँ को तातो अनि निष्ठुर बालुवा ले जति पोल्छ नि त्यतिनै तिम्रो याद आउँछ तिम्रो शितलपवनकोआबस्यकताकोआभास गरेको हुन्छु तर यो पवनता त्यो शितलता यहाँ कदापि पाउन सक्दिन अनि मन तड्पिरहेको हुन्छ तर पनि आउन सकिरहेको छैन नियति ले यसरी बाधेर राखेको छ न फुकाएर आउन सक्छु न कोहि आफ्नो छ यो बन्धन फुकाइदिने ।
प्यारी मन्जरी तिमी संग गासेको अजम्बरी माया को गाठो लाई तिमी तिर नै कस्दै भौतिक सुखसयल को पछि कुदै गर्दा तिम्रो याद नै आएनछ सायद मैले बिर्सिए भनेर होला तिमिले निकै चित्त दुखाएको खबर पाए त्यही भएर पत्र लेख्दै छु ।
प्यारी मन्जरी तिम्रो वास्तविक नाम त प्रकृति थियो तर मलाइ मन्जरी नाम असाध्यै मन पर्ने भएर तिमिलाइ मन्जरी भनेर माया गर्दै बोलाउने गर्थे र त्यो तिमिलाइ पनि मन पर्ने नाम थियो होइन ? त्यही भएर आज प्रकृति भन्दा पनि मन्जरी नै भनेर पत्राचार गर्दै छु ।
प्यारी मन्जरी म बिना को जीवन एक्लो खल्लो र अपुर्ण महसुस गरेको सुन्दा निकै दुख लाग्यो तिम्रो सुन्दर बगैचा मा आउने सबैले तिम्रो संरक्षण मात्रै गर्छ्न भन्ने छैन धेरै ले तिमिलाइ लुछे होलान् चुडे होलान् म यो बिबस्ताको हुरी मा हराइरहदा यो कुरा मैले महसुस गरिरहेको छु अनि लाचार निर्लज्ज भएर सुनिरहेको छु ।मन्जरी त्यही पिडा ले तिमी समायानुकुल चलेकी छैनौ रे तिम्रा ती चादी र मोति युक्त आँखा बाट बारम्बार वर्षा भइरहेको छ रे मन्जरी तिमिले यति धेरै मन नदुखाउ समयानुकूल चल्ने गर मलाई बिश्वास गर फेरि तिमी संग अजम्बरी मायाको गाठो कस्न तिम्रा बरदान सरि रिमेझिमे पानी मा भिज्न तिमी संगै लुकामारी गर्न तिम्रौ न्यानो काखमा लडिबुडि  खेल्न अबस्य आउने छु प्यारी मन्जरी तिमी अवस्य पनि समयानुकूल चल्ने छौ फेरी रिमेझिमे वर्षा गराउने छौ तिनै गाउँ पाखा लाई हराभरा बनाउने छौ म तिमी संगै रमाउन अबस्य पनि आउने छु ।यो बिछोड को पलको एकएक हिसाब तिम्रै काखमा बसेर रमाउदै तिमिलाइ खुशी बनाउदै तिर्ने छु यो मेरो बाचा भयो ल त मन्जरी छिटो भेट्ने बाचा गर्दै आज लाई बिट मारे ल ।
लेखक :- गोबिन्द लामिछाने  अविरल ।
कथा बिछोड को पल ।

नमस्कार नमस्कार
चितवन सेवा समाज कुवेत परिवार

बिषय : चितवन सेवा समाज कुवेतको पहिलो बार्षिक उत्सब साथै चितवन धमाक २०१७ कार्यक्रम को समिक्षा तथा सम्मान कार्यक्रम

चितवन जिल्लाको हक-हित र बिकासको लागि स्थापना गरिएको चितवन सेवा समाज कुवेतले आफ्नो पहिलो बार्षिकोत्सबको साथमा, अनाथ बालबालिकाहरुको उत्थानका लागि च्यारीटी शो नेपालका ख्याती प्राप्त कलाकारहरुका साथमा गत फेब्रुअरी २४, २०१७, शुक्रबार का दिन सु - सम्पन्न कार्यक्रममा चितवन सेवा समाज कुवेतलाई हर तरहले सहयोग गर्दै आइरहनु भएका कुवेत मा कृयाशिल अनलाइन मिडियाहरु, सहयोगी दाताहरु, प्रती कार्यक्रम लाई सफल बनाउन पुर्याउनु भएको योगदान प्रति कदर र सम्मान गर्दै चितवन सेवा समाज कुवेत द्वारा कदर पत्र, सम्मान पत्रद्वारा सम्मान गर्ने निर्णय भए बमोजिम सम्मान गर्नको निमित्त र चितवन धमाका २०१७ कार्यक्रम को समिक्षा गर्नको निमित्त आगामी शुक्रबार ३१ मार्च २०१७ मा फर्वानियाको इन्डियन हाइतम रेस्टुरेन्ट हल मा कार्यक्रम आयोजना गर्ने भएको हुदा यहाँहरुको गौरबमय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

जय चितवन ।।।

कार्यक्रम हुने
स्थान : अल हाइथम इन्डियन रेस्टुरेन्ट, फर्वानिया
समय : बिहान १२ बजे
मिति : ३१ मार्च २०१७, शुक्रबार
चितवन सेवा समाज कुवेत परिवार
नवीन लोप्चन
अध्यक्ष

Contact Form

Name

Email *

Message *

Powered by Blogger.