Latest Post

फोक्सो को क्यान्सरले 4 महीना देखि अस्पतालको शैयामा||जीवन रक्षाको लागि सहयोग गर्नुहुन आग्रह।


"मृत्यु सँग लड्न , साथ तपाईंको "
गुल्मी जिल्ला बॉझकटेरि गा.वि.स वडा न. 8 मुलाबारी निवासी बुबा चन्द्र बहादुर के . सि का 33 बर्षिय छोरा तारा बहादुर के.सी ( नारायण के.सी) फोक्सो को क्यान्सरले 4 महीना देखि काठमाण्डौको बीर अस्पतालको 37 न. शैयामा  आर्थिक अबस्थाको कारण आफ्नो मृत्यु पर्खेर बसिरहनु भएको छ ।
परिवारको आर्थिक अवस्था  निकैनै नाजुक रहेकोले हामी सहयोगी हातहरुको खोजिमा छौं। मदाने युवा क्लब बाझकटेरी गुल्मीले गर्न लागिएको सहयोग संकलन कार्यमा यहाहरुको सहयोगको अपेक्षा गर्दछौ ।

सम्पर्क को लागि :
अध्यक्ष : जय प्रकाश भुसाल 9851148003
सचिब : बिक्रम जी यम   9849421134
साथै क्लब को खाता न .
राष्ट्रिय बाणिज्य बैंक
301000550101



मदाने युबा क्लब, बाँझकटेरि

"बिकास अनुशासन र गतिशीलता हाम्रो प्रति बद्दता "

मनकारी दम्पतीले साहारा सम्झिए ।।

भरतपुर महानगर पालिका ४ लन्कु स्थाइ घर भै हाल अमेरिकामा रहनु भएका मनकारी दम्पती राजु आचार्य र कमला कडेल आचार्यले बिगत पाच बर्सदेखी बेसाहारा हरुको साहारा बन्दै आएको साहाराको घरलाई सम्झनु भएको छ ।
उहाहरुले नानुहरुक उज्ज्वल भबिस्यका लागि नगद पाच हजार एक सय रुपैया सहयोग गर्नु भएको थियो सो रकम आदरणीय जोन दादा मार्फत साहारा परिवारले प्राप्त गरेका छौ ।
अभावको सामाना गरिरहेको कठिन परिस्थितिमा साहारा सम्झ्नु भएको मा अत्यन्तै आभारी छौ । हजुरका हर परिस्थितिमा पनि भगवान ले साथ दिनुहोस । हजुर को परिवारमा सुख शान्ति का साथै हजुर हरुका हर योजना सफल रहुन सधै खुसिले सेवा गर्न पुगिरहोस भनी कामना गर्दछौ ।
साहाराको घर परिवार
भरतपुर 11 चितवन

शुभ जन्मोत्सवको अवसरमा खाना सेवा🌹🌹🌹
मिति २०७३-१२-१५ गते

भरतपुर-९ निवासी स्मार्ट िकड्स मन्टेस्वरीमा कार्यरत समाजिक व्यक्तित्व आदरणीय श्री ज्योति पौडेल ज्युको शुभ जन्मोत्सवको अवसरमा उहाँ र उहाको श्रीमान श्री प्रकाश पौडेल ज्यु द्वरा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा गर्नुभएको छ।उक्त अवसरमा स्मार्ट िकड्स मन्टेस्वरीको Principal तथा यस चितवन मानव सेवा आश्रमकी सचिव श्री देवि आचार्य,उषा कार्की,कमला गौतम,जय पौडेल,शोभा भान्तना,प्रदिप्ती पौडेल सम्मान पौडेल ज्युको पनि उपस्थित रहेको थियो।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री ज्योति पौडेल ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं साथै सम्पुर्ण स्मार्ट िकड्स मन्टेस्वरी परिवारलाई धन्यवाद ज्ञापान गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.