Latest Post

हार्दिक निमन्त्रणा !!!

   सन्दर्भ :- "एकल नृत्य प्रतियोगीता ...!!!!

"नेपाली कला संस्कृती को संरक्षण गर्नु हामी सबै नेपाली को दायित्व हो"!!!

हाम्रो गौरवमय संस्था "अन्तराष्ट्रिय कलाकार मंच बहराइन शाखा" ले नेपाली कला संस्कृती को जगेर्ना साथै बहराइन मा लुकेका प्रतिभालाई उजागर गर्ने हेतुले यहि आउदो मे १९ तारीख शुक्रवार को दिन " एकल नृत्य प्रतोयोगीता" को आयोजना गर्ने भएको छ। तसर्थ उक्त अवसरमा बहराइन मा कृयाशील सम्पुर्ण संघ संस्था , बैचारिक संघ सङ्गठन हरु बाट कम्तीमा एउटा नृत्य लिएर प्रतियोगीता मा भाग लिइ कार्यक्रम को शोभा बढाइदिनुहुन हामी कलाकार मंच परिवार हार्दिक अनुरोध गर्दछौ। साथै ब्यक्तिगत रुपमा भाग लिन चाहाने कलाकार हरुले आयोजक सग सिधा सम्पर्क गरि आफ्नो नाम टिपाउन सक्नुहुनेछ।

नोट :- नेपाली कला संस्कृती को जगेर्ना गर्ने उदेश्य ले आयोजना गर्न लागिएको "एकल नृत्य प्रतियोगिता" मा नेपाल भित्र चल्ने जुनसुकै  जातिय, क्षेत्रीय भाषा का गीतहरु मा पनि प्रस्तुती दिन पाइनेछ। नेपाल भित्र चल्ने भाषा भन्नाले भोजपुरी, मैथिली , लिम्बू, राई, तामाङ, मगर, शेर्पा, नेवारी भाषा इत्यादी पर्छन! साथै नेपाली संस्कृती झल्किने भेषभुषा मा प्रस्तुत गरिने प्रस्तुती लाई बिशेष ग्राहयता दिइनेछ।

स्थान :- फुडसिटी को सभाहल (यतीम सेन्टर अगाडी )

समय :- दिनको ठिक ०१ बजेदेखी

मिति :- १९ तारिख, मे २०१७ , शुक्रवार

टिकट दर :- बि.डि. २/- मात्र (साथमा खानाको ब्यवस्था पनि गरिनेछ)

(कलाकार सहभागीता शुल्क बि.डि. ११/- मात्र )

जानकारी :- "एकल नृत्य प्रतीयोगीता" मा प्रथम , द्वितीय र तृतीय हुने कलाकार हरुलाइ आकर्षक पुरस्कार को ब्यवस्था गरिएको छ। भाग लिन इच्छुक कलाकार हरुले तलको फोन नम्बर हरुमा सम्पर्क गरि थप जानकारी साथै आफ्नो नाम टिपाउन सक्नुहुनेछ ! प्रतियोगीता मा भाग लिनको निम्ति मे १८ तारिख बिहिवार सम्म मा आफ्नो नाम र प्रवेश शुल्क आयोजकलाइ बुझाइ सक्नुपर्ने छ ।

(साथै सहकार्य गर्न इच्छुक जुनसुकै संघ संस्था हरुलाइ पनि अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन , शाखा परिवार सहकार्यको लागि हार्दिक स्वागत गर्दछौ)

सिधा सम्पर्क :- 36735808 , 35065135 , 39351093 , 37390055, 66991887

🌹🌹  अन्तर्राष्ट्रिय कलाकार मंच बहराईन , शाखा परिवार !!!!

फेरी थप एक बेसहाराको साहरा बन्दै मानवसेवा आश्रम बिरंगज शाखा
#opening soon

......................................................

नारायणी हस्पिटल मा बेवारिसे  रुपमा रहनु भएका  गोडा हरु राम्री नचल्ने  करिब ३५  वर्ष का दाइलाई     करिब १४ दिन अघि जनकपुर हस्पिटल वाट  नारायणी हस्पिटल का पूर्व मेसु ले एम्बुलेन्समा
हाली पठाएको  पछि   केहि दिन त नारायणी हस्पिटलले सेवा दिए पनि दाईको कोहि साहारा नभए पछि  बेवारिसे रुपमा  हस्पिटलको  पुरानो भवन को गेट मा बसी रहेको र कसैले पनि दाइलाई सेवा गर्ने चासो नदेखेको हुदा

आज  बेलुकी हामि   रामरती दिदीलाई हेर्न

हस्पिटल गएका थियौ  आदरणीय कमल चौगाईज्युले  दाईको बारे   जानकारी गराउनु भए पछि  हामी सबै मिलेर दाइलाई  सरसफाई गरि

मेडिकल वार्डमा भर्ना  गरि उपचार सुरु गरेका छौ

हामीलाई सहयोग गर्नु हुने परोपकारी  आदरणीय  व्यक्तित्व हरु  हस्त सर,   Kamal Chaugaiदाइ , Rambha Mishra  दिदि, मुन्नी श्रीवास्तब दिदि, हरि सर ,मिरा कार्की दिदि  र
मानबिय सेवाको कार्यमा सहयोगी हात बताउनु हुने सम्पूर्ण मा धेरै धेरै धन्यबाद

...........................................

थप जानकारीको लागि सम्पर्क नम्बर :9855023085,9855028850,9855076008
(इन्डियन  एम्बेसी पछाडी जीवन ज्योति स्कुल  जाने बाटो)

मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय दाजु अर्जुन रसाइली भाउजू लक्ष्मि रसाइली ज्यु माइला दाजु प्रकाश रसाइली ज्यु भाइ दुर्गा रसाइलि ज्यु छोरी सन्ध्या रसाइली ज्यु प्रमुख अतिथि आदरणिय दाजु हरियोन्जन ज्युको सम्पूर्ण को उपस्थितिमा गर्मि सवैलाइ हुन्छ।यो मोैसमलाइ बुझि हाम्रो संस्थाको आवश्यकत्तालाइ बुझि
मन्जुश्री असहाय संरक्षण केन्द्र लाई २ वोटा पंखा र मन्जुश्रीका
छोराछोरीहरु र दिदीबहिनीहरुका लागि बिस्कुट खाजाका सामाग्रीहरु सप्रेम समर्णपन गर्नुभयो।।

यो सुअवसर जुटाईदिनु भयो भाइ दुर्गा प्रति आभारी छु हजुरको न्यानो स्र्पश माया म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाइ सधै मिलीरहोस हजुरहरुको यो सहयोगको सधै कदर गर्नेछौं आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं।संस्था  परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

भगवानको आर्शिवादले हजुरहरु लाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद  गर्दछोै।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.