Latest Post

मानसिक र शारीरिक रूपमा अशक्त ताईस्या नानाकाे अामा छाेरीको घर निर्माणको लागि ५ लाख उठ्यो अझै २ लाखको जोहो गर्नुपरेकाले सहयोग गर्नुहुन अनुरोध||

[[अादरणिय फेसबुकमा रहनु भएका दाजुभाइ ,दिदीबहिनी तथा साथीहरू ,
यहाँहरूकाे साथ र सहयोगले गर्दा नै मानसिक र शारीरिक रूपमा अशक्त ताईस्या नानाकाे अामा छाेरी जाे घरवारविहीन छन् उनीहरूको लागि कै गर्ने अाट र हाैसला पलाएको छ।अाज हामीले मायाको शिक्षाको व्यवस्था गरीदिने सहयोगी हात पाईसकेका छाै । हाल उनी स्कुल जान  थाली सकेकी छन् । तर उनिहरूकाे घर निर्माणकार्य चाहेर पनि सुरुवात गर्न सकेका छनाै।हामीले घर निर्माणका लागि रू ५,०००००/ जम्मा गरि सकेका छाै ।घर निर्माणका लागि जग्गा समेत किन्नुपर्ने भएकोले अझै रू २,०००००/ जाेहाे गर्नुपर्ने अवस्था छ।तसर्थ जाे जसले सहयोग गर्ने वचन दिनु भएकाे छ कृपया जतिसक्दो छिटो हाम्रो खातामा  रकम जम्मा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । यसै महिनाकाे अन्तिमवाट घर बनाउने तयारी गरेकाे कुरा पनि यहाँहरूलाई जानकारी गराउदै जाे साथीहरूले यस मिसनको लागि सहयोग गर्नु भएको  छैन कृपया सकेको सहयोगकाे गर्नकाे लागि हार्दिक अनुराेध गर्दछु।]]
- नायिका सुकुमाया मोक्तान

सहयोगको लागि खाता नं. 025001551C Moktan Films 0000287176 Nepal Bangladesh Bank (NB Bank)
बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क:- ९८४१३७०९५३ // 9841370953

हेल्पिंग हेन्ड्स को आयोजनामा दिप प्रजलन||भोलि साँझ ठिक ६:३० बजे||बिर्तामोड मुक्ति चोक,दमक||उपस्थितिको लागि यहाँहरु सबैलाई हार्दिक अनुरोध||
- मिस यु नेपाल डटकम

भोलि मिति २०७४ जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा हेल्पिंग हेन्ड्स को आयोजनामा दिप प्रजलन  गर्ने भएको ले मान्यजनहरुमा उपस्थितका लागि अनुरोध गर्दछौ ।
समय : ठिक ६:३० बजे साँझ
स्थान : बिर्तामोड मुक्ति चोक , दमक चोक

(हेल्पिङ हेन्ड्स बालपरोपकारी संस्था हो। यश संस्था गरिब असाहाय बालबालिका को सहयोगको लागि खोलियको हो। तर भैपरी आउने आपतकालिन अवस्थामा पनि सहयोग गर्दै आयको छ।)

हेल्पिङ हेन्ड्स (नयाँ सुरुवात)
संस्थापक:- कमल न्यौपाने+9779818888740
सह संस्थापक:-बर्षा राउत9815995973
अध्यक्ष:-          मिराज पोख्रेल  9804971935
उपाध्यक्ष:-        चिरन्जिबी महतो9807960226
सचिब:-            प्रदिप सिवाकोटी9815045135
सह सचिब:-      मन्दीप बुढाथोकी9814966136
कोषाध्यक्ष:-      मनिता सिटौला 9816045899
दमक संयोजक:- दिपक रेग्मी 9844602064
तथा समस्त हेल्पिङ हेन्ड्स परिवार

सुजाता निरौला लाई बचाउन हेल्पिङ हेन्डस द्वारा पथरी बजार मोरङ मा आज रु. ३० हजार ३ सय ३० रुपैया  StreetCollection||
- कमल न्यौपाने,

सुजाता निरौला बचाउँ अभियान अन्तर्गत सुजताको उपचार सहयोगका लागी हेल्पिङ हेन्डस ले पथरी बजार मोरङ मा आज रु. ३० हजार ३ सय ३० रुपैया  StreetCollection गरेको छौ । सुजाता निरौला बचाँउ अभियान कार्यक्रममा सहभागी भर्इ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयाेग गर्नुहुने वा सहयाेग पुर्याउनुहुने सबैमा हार्दिक कृतज्ञता ब्यक्त गदछाैं विशेष सहयाेग पुर्याउनुहुने  लार्इ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छाैं ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.