Latest Post

दयाका  खानी  श्री पञ्च विश्वकर्मा: धनुषा घर भई हाल बसुन्धरा निवासी ट्याक्सी चालक
.........................
मानवसेवा आश्रम,ललितपुरमा एक जना हिंडन नसक्ने मनोरोगी महिलालाई ल.पु.,ढोलाहिटी देखि पाटन अस्पताल हुँदै हात्तीवन स्थित आश्रमसम्म ल्याउँदा लगभग दिन वित्यो। पूरा दिन मन लगाएर ट्याक्सी कुरेर बस्दा एक छिन पनि हतार नगरि आश्रमको उद्धारकार्यमा सक्रिय सहभागी भइरहनु भयो। यति मात्र नभई आफू जानेबेलामा आश्रमलाई रू.५००/-सप्रेम अर्पण गर्ने उदार मनका धनी वहाँले मानवसेवामा आफूलाई यति धेरै समर्पित गर्नु भयो कि दिन भरको आफ्नो ट्याक्सी भाडा समेत लिनु भएन। वहाँलाई हार्दिक नमन गर्दै सुस्वास्थय,दिर्घायू तथा उत्तरोत्त प्रगतिको शुभेच्छा प्रकट गर्दछौं।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी दाता शुभचिन्तक पोखरा निवासि मनकारि मनका धनी समाजसेवि आदरणिय दाजु प्रसन्न घमाल ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरीहरुको लागि स्कुल ड्रेस खरिदका लागि आर्थिक सहयोग नगद ३८००/-(तीन हजार आठ सय)सप्रेम सहयोग गर्नुभएको छ।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श,कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण शिक्षा र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ।
यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
बसेनिबजार गोर्खालि टोल।
९८५५०५३७८८/०५६-५३१८४६

स्व.आमाको बैकुण्ठबासको कामना गर्दै आश्रममा भोजनसेवा
................................
सिफल, कालोपुल स्थाई घर भई अमेरीका निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी श्री देवराज गुरुङज्यूले मानवसेवा आश्रमको काठमाडौं शाखामा सेवा लिइरहनुभएका सहयोगापेक्षी मानवहरुलाई विहानको भोजनसेवा गराउनुभएको छ ।

स्व. आमा पदम कुमारी गुरुङज्यूको बैकुण्ठ बासको कामना गर्दै आश्रममा भोजनसेवा गराउनुभएको हाे । छोरी श्री पवित्रा घलेज्यूले आश्रममा भोजन वितरण गुर्नभएको थियो ।

स्व. आमाको तिथिको अवसर पारेर मानवसेवा आश्रममा भोजनसेवा गराउनुहुने आदरणीय परोपकारी छोरा देवराज गुरुङज्यूप्रति हार्दिक आभार तथा स्वं आमाको चिर शान्तिको कामना ।

सेवा संयोजनगरी महत्वपुर्ण मानवीय सेवाको कार्यमा सहयोग पुर्याईदिनुहुने आदरणीय परोपकारी दिदी मुनाल बस्नेतज्यूप्रती विशेष आभार ।
भोजनसेवा बारे थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१–४३५७५६३, ९८५५०७६००४

Contact Form

Name

Email *

Message *

Powered by Blogger.