Latest Post

12 अौ  विवाह  उत्सवको खुशीयालीमा  खाध्यान स - प्रेम  योगदान !!
...........................................................................

    
बिरगंज, पर्सा  निवासी   परोपकारी  भावनाका धनी  आदरनीय   मुकेश  अग्रवालज्यु  र मानविय  भावनाका   धनी श्रीमती   श्वेता  अग्रवालज्युले    आफ्नो   12 अौ  विबाह  उत्सवको  खुशीयालिमा  मानवसेवा  आश्रम बिरगंज  शाखाको गरिमा   लक्ष्मीनारायानहरुको  सेवालाई  सरल  बनाउने  आशा  राखी   (  चिनी  10 केजी ,  दाल  5 केजी ,  चिउरा  15 केजी , चामल  15 केजी , तेल  5 लिटर, साबुन  2 दर्जन,  चाउचाउ  2 कार्टुन)  आदी    तत्काल  सेवाको लागि  आबस्यक  खाध्यानन  सामाग्री  स  प्रेम     योगदान गर्नु भएको  छ!

बाहिर अन्य ठाउमा  गएर  फजुल  खर्च  र तडक भडक  गरेर  विवाह  उत्सव  मनाउनु  भन्दा दिन दुखी बेसाहरा  र मनोरोगी  व्यक्तिहरुको
सेवा गरी  मनाउने  उधेस्यले  आश्रममा   खुशी साटन  उपस्थित  भएको  बताउनु  भयो !

मानबिय सेवामा सहयोग गर्नु हुने उदारमानाज्युहरुलाई  धेरै धेरै  साधुवाद  एबम सुख शान्ति   सफलताको  धेरै  शुभ -भवाना!


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

मानवसेवा आश्रमको सेवा कार्यमा सहया्ेग पुर्याउनुहुने आदरणीय परोपरकारी एवं मानवताप्रेमी राष्ट्रिय गायीका सरु थापाज्यूप्रती हार्दिक आभार तथा विशेष धन्यबाद ।
२४, असार २०७४, मानवसेवा आश्रम काठमाडौं
............................................

बुढानिलकण्ठ नगरपालिका ७ काठमाडौं निवासी आदरणीय परोपकारी एवं मानवताप्रेमी राष्ट्रिय गायीका सरु थापाज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका सहयोगापेक्षी मानवहरुको लागि वेलुकाको लागि भोजनसेवा गराउनुभएको छ ।

उहाँले आफ्नो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका सहयोगापेक्षी मानवहरुको भोजनसेवा गराउनुभएको हो ।

मानवसेवा आश्रमले सडकका पेटीहरु तथा सार्वजनीक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश अनाथ, अपांग, अशक्त एवं मानसिक असन्तुलनका सिकार भएका सहयोगापेक्षी मानवहरुको सेवा गर्दै आइरहेको छ ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय दिदी सरु थापाज्यूलाई जन्मदिनको लाखौं लाख शुभभावना एवं सेवा संयोजनमा सहयो पुर्याउनुहुने आदरणीय दिदी संगीता श्रेष्ठज्यू एवं देवकी के.सी.ज्यूप्रती हार्दिक आभार ।
भोजनसेवा बारे थप जानकारीको लागि :
०१४३५७५६३, ९८५५०७६००२

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय दिदी सुलोचना ठकुरीज्यूप्रती विशेष आभार, छोरा आश्रय ठकुरीज्यूलाई जन्मदिनको लाखौं लाख शुभभावना ।
२५, असार २०७४, मानवसेवा आश्रम काठमाडौं
......................................
विभिन्न कारणहरुबाट सडककिनाराहरु एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको साहाराको केन्द्र बन्दै आइरहेको मानवसेवा आश्रमको काठमाडौं शाखामा काठमाडौं नयाँबजार निवासी सुलोचना ठकुरीज्यूले छोरा आश्रय ठकुरीको जन्मोत्सवको अवसरमा भोजनसेवाको लागि रु. ११,१११ (अक्षरुपी एघार हजार एक सय एघार रुपैया) योगदान पुर्याउनुभएको छ ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी एवं मानवताप्रेमी सुलोचना ठकुरीज्यूप्रती विशेष आभार तथा छोरा आश्रयको शुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको लागि शुभ भावना ।

भोजनसेवा बारे थप जानकारीको लागि :
०१४३५७५६३, ९८५५०७६००४

Contact Form

Name

Email *

Message *

Powered by Blogger.