Latest Post

स्व. माताजीको स्मृतीमा बैकुण्ठ बासको भावना राख्दै आश्रमका गरिमा लक्ष्मीनारायणहरुको सेवा ।
२१, श्रावण७४, मानवसेवा आश्रम काठमाडौं
..........................................

काठमाडौं २२, न्यूरोड निवासी आदरणीय परोपकारी एवं मनकारी व्यक्तित्व श्री सुनिल स्थापित एवं करुणा स्थापितज्यूले स्व. माता मोहनदेवी स्थापितज्यूको स्मृतीमा  मानवसेवा आश्रम काठमाडौं शाखामा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा गराउनुभएको छ ।

भोजनसेवा वितरण कार्यक्रममा परोपकारी नाति प्रसित स्थापितज्यू, छोरी सारदा तुलाधरज्यू, ज्वाई उत्तमदास तुलाधरज्यू लगाएतको उपस्थिती रहेको थियो ।

साथै छोरी सारदा तुलाधरज्यू एवं ज्वाई उत्तमदास तुलाधरज्यूले मानवसेवा आश्रम काठमाडौका गरिमा लक्ष्मीनारायणहरुको लागि दिउँसोको खाजाको लागि सहयोग गर्नुभएको छ ।

मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने आदरणी परोपकारी सुनिल स्थापितज्यू एवं करुणा स्थापितज्यू लगाएत सम्पुर्ण परिवारप्रती हार्दिक सादुवाद एवं स्व. माता मोहनदेवी स्थापितज्यूप्रती हार्दिक श्रद्धान्जली एवं बैकुण्ठ बासको सुभभावना ।

भोजनसेवा बारे थप जानकारीको लागि :
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००४

"थप एक मनोरोगी नारायाणको उद्धार @ मानवसेवा आश्रम ललितपुर-९८५५०७६००५ ।"
ललितपुर मङ्गलबजारामा मनोरोगी भई अत्यन्त कस्टकर जीवनयापन गर्न वाध्य आफ्नो नाम बताउन नसक्ने अन्दाजी ४० वर्सिय मनोरोगी नारायणलाई आश्रमका सुभेक्षुक आदरणिय श्री देवेन्द्र दाहालज्युले आफ्नो पसल अगाडि अलपत्र अवस्थामा देखेपछी सरसफाइ र आफ्नै पसलको कपडा लगाउन दिएर मानवसेवा आश्रममा सम्पर्क गर्नुभएपश्चात उद्दार गरी आश्रम ल्याइएको छ । उद्दार कार्यमा साथ र सहयोग पुर्‍याउनुहुने आदरणिय श्री देबेन्द्र दाहालज्युमा सादर नमन  ।
समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश दिन दुखीहरूलाई सरल सहज र स्वभाविक जीवनयापन गराउन उनिहरुको उद्दार, स्याहार संरक्षण पालनपोषण गर्दै पारिवारिक पुन:मिलनको सेवामा २०६९ भाद्र १३ गते मकवानपुर हेटौंडामा मानवसेवा आश्रमको स्थापना भई चितवन - भरतपुर, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ, बागलुङ, पर्सा - विरगंजमा मानवसेवा आश्रमको सेवा संचालन भईरहेको सादर जानकारी गराउन पाउँदा हर्ष लागेको छ।

बेशिसहर-७ निवासी मानवसेवा अाश्रमकाे सहयाेगी अभिभावक अादरणीय कृष्ण खत्री ज्युले अाफ्नाे व्यक्तिगत सेवाकाे शिलशिलामा चितवन गएकाे अवसरमा भरतपुर -९ चितवनमा सन्चालित एपाेलाे पेन्टस प्रा.लिबाट अाश्रमकाे बारेमा जानकारी गराई अाश्रमका गरिमा लक्ष्मीनारायणहरुकाे लागि अावश्यक पर्न टिसर्ट ल्याई सहयाेग गर्नुभएको छ।
हजुरकाे अाश्रम प्रतिकाे सद्भाव, माया र प्रेमकाे लागि हामी अाश्रम परिवार अाभारी छाै हजुरलाई सदैव खुशिकाे साथ खान पुगाेस् दान गर्ना पुगाेस्.....!!
   धेरै धेरै धन्यवाद
    थप जानकारीकाे लागि=066521359,9855076007

Contact Form

Name

Email *

Message *

Powered by Blogger.