Latest Post

यूएसमा रहनु भएकि एलिना कार्कीज्यूको आफूले जन्म नदिएपनि कर्मकी प्यारी छोरी रजसीको शुभ अन्न प्रसनको कार्यक्रम बेबी लाईफ होममा सपन्नगरी हाम्रा छोरा छोरीहरूलाई मिष्ठान्न भोजन प्रदान गरीदिनुभएकोमा एलिना ज्यू लाई हार्दिक धन्यबाद।प्यारी रजसीलाई सुस्वाश्थ्य एवं धिर्घायुको हार्दिक शुभकामना ।यो शुभकार्य सम्पन्न गर्न सहयोगगर्नुहुने वर्षा रितु रायमाझी ज्यू,अभिषेक कार्की ज्यू लगाएत सम्पूर्ण टीमलाई पनि हार्दिक आभार ब्यक्त गर्दछौ ।

राज कुमार पुन                                              
      संस्थापक अध्यक्ष                                             
     सफलता एच.आई.भी. शिक्षा सदन   
     info@babylifehome.org
पहिचान सहितको नेपालकै पहिलो बिद्यालय

स्व. माताजीको स्मृतीमा बैकुण्ठ बासको भावना राख्दै आश्रमका गरिमा लक्ष्मीनारायणहरुको सेवा ।
२१, श्रावण७४, मानवसेवा आश्रम काठमाडौं
..........................................

काठमाडौं २२, न्यूरोड निवासी आदरणीय परोपकारी एवं मनकारी व्यक्तित्व श्री सुनिल स्थापित एवं करुणा स्थापितज्यूले स्व. माता मोहनदेवी स्थापितज्यूको स्मृतीमा  मानवसेवा आश्रम काठमाडौं शाखामा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा गराउनुभएको छ ।

भोजनसेवा वितरण कार्यक्रममा परोपकारी नाति प्रसित स्थापितज्यू, छोरी सारदा तुलाधरज्यू, ज्वाई उत्तमदास तुलाधरज्यू लगाएतको उपस्थिती रहेको थियो ।

साथै छोरी सारदा तुलाधरज्यू एवं ज्वाई उत्तमदास तुलाधरज्यूले मानवसेवा आश्रम काठमाडौका गरिमा लक्ष्मीनारायणहरुको लागि दिउँसोको खाजाको लागि सहयोग गर्नुभएको छ ।

मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने आदरणी परोपकारी सुनिल स्थापितज्यू एवं करुणा स्थापितज्यू लगाएत सम्पुर्ण परिवारप्रती हार्दिक सादुवाद एवं स्व. माता मोहनदेवी स्थापितज्यूप्रती हार्दिक श्रद्धान्जली एवं बैकुण्ठ बासको सुभभावना ।

भोजनसेवा बारे थप जानकारीको लागि :
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००४

"थप एक मनोरोगी नारायाणको उद्धार @ मानवसेवा आश्रम ललितपुर-९८५५०७६००५ ।"
ललितपुर मङ्गलबजारामा मनोरोगी भई अत्यन्त कस्टकर जीवनयापन गर्न वाध्य आफ्नो नाम बताउन नसक्ने अन्दाजी ४० वर्सिय मनोरोगी नारायणलाई आश्रमका सुभेक्षुक आदरणिय श्री देवेन्द्र दाहालज्युले आफ्नो पसल अगाडि अलपत्र अवस्थामा देखेपछी सरसफाइ र आफ्नै पसलको कपडा लगाउन दिएर मानवसेवा आश्रममा सम्पर्क गर्नुभएपश्चात उद्दार गरी आश्रम ल्याइएको छ । उद्दार कार्यमा साथ र सहयोग पुर्‍याउनुहुने आदरणिय श्री देबेन्द्र दाहालज्युमा सादर नमन  ।
समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश दिन दुखीहरूलाई सरल सहज र स्वभाविक जीवनयापन गराउन उनिहरुको उद्दार, स्याहार संरक्षण पालनपोषण गर्दै पारिवारिक पुन:मिलनको सेवामा २०६९ भाद्र १३ गते मकवानपुर हेटौंडामा मानवसेवा आश्रमको स्थापना भई चितवन - भरतपुर, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ, बागलुङ, पर्सा - विरगंजमा मानवसेवा आश्रमको सेवा संचालन भईरहेको सादर जानकारी गराउन पाउँदा हर्ष लागेको छ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.