Latest Post

खाजा अर्पणको साथै रू.१/- दैनिक संकलन अभियानमा  समर्पण!!! २०७४/४; हात्तीवन,ललितपुर------------------
गोदावरी न.पा. वडा नं.३, शान्तिवन,ॐ आनन्देश्वर ग्राम निवासी अगुवा मातृशक्तीले आज मानवसेवा आश्रम,ललितपुरका आमा-बुवा(लक्ष्मी-नारायण), बाल-वालिकाहरूलाई खाजा ख्वाउने कार्यक्रम सम्पन्न गर्यो।सो अवसरमा सर्वोत्कृष्ट जीवन:शाश्वत चिन्तन(साँचो जीवननिर्माण अभियान) अन्तर्गत संचालित मानवसेवा आश्रममको स्थायित्वको लागि आज उप्रान्त आफ्नो टोलको प्रत्येक घरबाट मुठ्ठी दान संकलन र दैनिक रू१/-योगदान अभियानलाइ व्यापक बनाउने सत्संकल्प गरिएको ॐ मातृशक्तिकी सदस्य श्री उमा घिमिरेले बताउनु भयो। ॐ मातृशक्तिलाई हार्दिक साधुवाद! थप जानकारीको लागि ९८५५०७६००५।

चिन्ताको विषय बन्दै किशोरकिशोरी विद्यार्थीमा बढ्दो नकारात्मक भावना

बिहीबार
साउन २५ ।।

किशोर किशोरीहरू मा बड्दो नकारात्मक भावना लाई लक्षित गरी ,
सकारात्मक भावनाको विकास गर्न भनी हेल्पिङ हेन्डस शाखा दाङद्वारा एक दिने सचेतना कार्यक्रम आयोजना गरियो।

तुलसीपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा हेल्पिङ हेन्डस दाङ शाखाकी अध्यक्ष प्रतीक्षा पौडेलको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा ,कोषाअध्यक्ष शिशीर रावत को स्वागत मन्तब्य संगै  हेल्पिङ हेन्ड्स दाङका सचिब प्रमोद आचार्य कार्यक्रम सञ्चालन  गर्नु भएको थियो।

कार्यक्रममा तुलसीपुर उद्योग बाणीज्य संघका निबर्तमान अध्यक्ष बिमल रिजाल, रेडियो पाठशालाका स्टेशन म्यानेर बामदेब देबकोटा लगाएतकाले कार्यक्रममा आफ्ना बिचार राख्नुभयको थियो।

तुलसीपुरमा रहेका गोरखा, ज्ञानज्योति, अरनीको कलेजका बिद्यार्थी, शिक्षक, बिभिन्न ब्यक्तित्व एबं पत्रकारहरुको उल्लेखनिय सहभागीता रहेको उक्त कार्यक्रमा मोटीभेटर निरज न्यौपानेले प्रशिक्षण दिनुभयको थियो।

"शुभ जन्मदिनको अवसरमा फजुल खर्च नगरि मानवसेवा अाश्रमलाई सहयाेग.....!!"
  मिति २०७४ साउन २५ गते बुधबार 
बेशिसहर न:पा- ७निवासी अादरणीय शुसिला राना ज्युले मानवसेवा अाश्रमकाे सेवालाई मनपराई अाश्रमकाे सेवा कार्यलाई थप सहज बनाउनकाे लागि अाफ्नाे २६अाै शुभ- जन्मदिनको अवसरमा नगद रु२०००(दुई हजार रुपैया) स-प्रेम अर्पण गर्नुभएको छ।पराेपकारी मानवताप्रेमी,मनकारी शुसिला राना ज्युलाई शुभ जन्मदिनकाे हामी अाश्रम परिवारकाे तर्फबाट सु-स्वास्थ दिर्गायु र उत्तर उत्तर प्रगतिकाे लाखौं लाख शुभावना.....!!
  हजुरलाई सदैव सुखले खान पुगाेस्,दिन पुगाेस्
     थप जानकारीकाे लागि
    066-521359,9855076007

Contact Form

Name

Email *

Message *

Powered by Blogger.