Latest Post

आमा-बाबाको निधनपछि आफन्तबाट तिरस्कृत भई लावारिस बनेका २३ जना बालबालिका माझ पुगियो ।
- जीवन पराजुली (ठुलोपर्दाTV)

सबैतिर देश दुखिरहेको बेला आज मेरो मन दुख्यो । आमा-बाबाको निधनपछि काका-काकी, मामा-माईजु, हजुरबा-हजुरआमा बाट तिरस्कृत भई लावारिस बनेका २३ जना बालबालिका माझ पुगियो । यि बालबालिका सामान्य थिएनन् । यि २३ जनामा नै HIV POSITIVE छ । यि अबोध छन्, यि निर्दोष छन् तर पनि संसारकै सबैभन्दा कठोर सजाय पाएका छन् । प्राईभेट विद्यालयले त पैसामा बिके-बिके सरकारी विद्यालयले पनि यिनीहरुलाई शिक्षा दिन इन्कार गर्‍यो । HIV रोग होइन, सँगै बस्दैमा सर्दैन भन्ने पढाउने शिक्षकले यिनिहरुको अस्तित्व स्विकार्न सकेनन् । अस्पतालले सामान्य उपचार गर्न हिच्किचायो । तर, यो कलिमा पनि भगवान स्वरुप छन् । आज थाहा भयो मलाई, यि २३ जनाको जीवन रक्षा गर्ने भनवान हुन् उमा गुरुंग र राजकुमार पुन (Rajkumar Pun) । गुरुङ्गले यिनै बालबालीकाको लागि आफ्नोे पसल नै बेचिन्, पुनले किर्तिपुरको २ तल्ले घर नै बेचे । अहिले किर्तिपुर भत्केपाटीस्थित बेबी लाईफ होममा यि २३ जनाले आश्रय र शिक्षा पाईरहेका छन् । यो संस्थालाई सहयोग गर्न हङ्ककङ्गबाट अशोक मल्ल (Timro Ashok) आउनुभयो । त्यहाँ नायक पल शाह र गायक हेमन्त शर्मा (Hemant Sharma) पनि पुग्नुभयो । आजको दिन आजसम्मकै सार्थक सिद्द भयो । यो सबै अवसर पत्रकार तथा निर्देशक मित्र विकास सुवेदी (Bikash Subedi) ले दिनुभयो ।

आज मिति 2074/04/28 गते शनिबार ।ईज्रायल बाट नेपाल आउनु भयकी Nurpu Dolma बहिनी येस केन्द्र मा भ्रमण गर्नु भयको छ। उहाँको साथ मा Yengcnen Dolma बहिनी पनि येस केन्द्र को भ्रमण गर्नु भएको थियो। साथमा उहाँ ले निम्न खाद्य सामाग्री उपलब्ध गराउनु भयको छ।
1. चामल- 4 बोरा
2. चिउरा-1 बोरा
3. अन्डा -4 क्यारेत
4. चिनी-10 के. जि.
5. चियापत्ती-1 के. जि.
6. कालो दाल-5 के. जि.
7. रातो दाल-5 के. जि.
8. खाने तेल-1 बाकस
अनि रु.10000/- नगद हस्तान्तरण गर्नु भयको छ। धन्यबाद बहिनी येति धेरै सहयोग गर्नु भयको मा। हजुर लाई भगवान ले सदा सर्बदा कल्याण गरून्। आगामी दिनहरु शुखमय भयर बितुन।
भवदीय
युबराज थापा
अध्यक्ष
मोबाईल न.9851160868/9841360868
शलम्बुतार, शाखु, काठमाडौ

हङकङमा जुलाई १६ का दिन आदरणीय दाइ,दिदीहरू -अशोक मल्ल,सगुन राना,दीपक पुन,एम लाल कडेल,देबिना आले,सुनैना राई,रेड एन्जेल गुरुङको आयोजक टीमले म यस्तो गीत गाउँछु फिल्म च्यारीटी शो गरी बेबी लाईफ होमलाई १५१०००/-(एक लाख एकाउन्न हजार मात्र )  आदरणीय अशोक दाई,नायक पल शाह,गायक हेमन्त शर्मा र राष्ट्रको चौँथो अंग आदरणीय पत्रकारज्यूहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गर्नुका साथै आजको बिशेष दिवा भोज प्रदान गरिदिनुभएकोमा बेबी लाईफ होम परिवार हार्दिक नमन गर्दछौँ ।


-राज कुमार पुन                                                    संस्थापक अध्यक्ष                                                  सफलता एच.आई.भी. शिक्षा सदन        info@babylifehome.org

पहिचान सहितको नेपालकै पहिलो बिद्यालय

Contact Form

Name

Email *

Message *

Powered by Blogger.