Latest Post

❤️प्रेमबस्ती❤️
               पुस्तक विमोचन समारोह

सबै नेपाली मनहरुलाई न्यानो अभिबादन🙏
मेरो पहिलो प्रेमिल कविता संग्रह "प्रेमबस्ती" विमोचन तथा कविता वाचन समारोहमा यहाँको गरिमामय उपस्थितीको लागि म एवम अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यु साउथ वेल्स च्याप्टर, हार्दिक अनुरोध गर्दछ ।
 
                 ❤️प्रवेश निशुल्क❤️

मिती: 2 September 2017
समय: दिउँसो १:४५ देखि ४ बजे सम्म

स्थान: AD's Kitchen Campsie
ठेगाना: 231 Beamish Street, Campsie, 2194, NSW

आयोजक:
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यु साउथ वेल्स च्याप्टर, सिड्नी, अष्ट्रेलिया!

सम्पर्क
श्वेता मैनाली: 0423051107
सानु घिमीरे: 0424 981 983
महेश्वर शर्मा: 0425 800 382
दिपक निरौला: 0413 897 409
ममता तिवारी: 0431 450 930

"नियमित रुपमा मासिक सहयाेग मानवसेवा अाश्रमलाई....!!"
.............................................
स्थायी घर दार्जिलिङ हाल बेशिसहर स्थित विधा विकास माध्यमिक विधालयमा अध्यापन गराउदै अाउनु हुने मानवसेवा अाश्रमकाे शुभेच्छुक,सहयाेगी,उदारमनका धनी अादरणीय नाेर्दन तामाङ ज्युले मासिक रुपमा अाश्रमलाई खाध्यान स-प्रेम अर्पण गर्दै अाउनुभएकाे छ।
मानवियसेवामा अाश्रमलाई थप व्यवस्थापनमा सहज पुराउने उद्देश्यका साथ अाश्रमलाई सकेकाे सहयाेग गर्न प्रतिबद्दता गर्नुभएकाे छ।
चाैथाे महिनाकाे सहयाेग अाज श्री कृष्ण जन्माष्टमीकाे पावन अवसर पारि अाश्रममा मङगलमिलन गर्नुभएको छ।
अाजैकाे दिन बेशिसहर-६ उपल्लो मकैडाडा निवासी अाश्रमकाे अाजिवन सदस्य अादरणीय कृष्ण कुमारी रिमाल ज्युले अाश्रम सुरुवात देखि नै नियमित रुपमा(मासिक) नगद रु ५५५(पाँच सय पच्पन्न रुपैया) स-प्रेम अर्पण गर्नुभएको छ।
सहयाेगी मनहरुमा धेरै धेरै धन्यवाद ।
   हजुरहरुलाई सदैव सुखले खान पुगाेस्,दिन पुगाेस्
    थप जानकारीकाे लागि
    066-521359,9855076007

अर्घाखाँची प्रबासी समाज बहराइन  द्वारा दुबै मृगौला पीडित लाई एकाइस हजार चार सय बीस ( 21420 ) सहयोग रकम हस्तान्तरण

       " एक जुट हौ , समाजका लागि केही गरौ "
भन्ने मुल नाराका साथ स्थापना गरिएको अर्घाखाँची बासीहरुको साझा चौतारी " अर्घाखाँची प्रवासी समाज बहराइन " यस समाजको नियमित माषिक बैठक ११ अगष्ट  २०१७ मा  बसि " सेवा नै धर्म हो " भनी यस समाजका " सकृय सदस्य  " भुपाल खनाल ज्यु को संम्योजकतामा मालारानी  गाउपालिका ४  खन उपल्लोबढाचौर का श्री  पतिराम खनाल र श्रीमती  धनकला खनाल का मृगौला पीडित २२ बर्षिय पिताम्बर खनाल  को  उपचाररतको लागि आर्थिक कम्जोर भएकोले यश समाजको सानो सहयोग ले केहि राहत हुने छ भनि यसै  समाजको तर्फ देखि र बैठक मा उपस्थित सहयोगि मन र भावना बोक्नु भएका ब्याक्तिहरु ज्यु बाट केहि रकम संकलन गरि नेपाली रुपैयाँ एकाइस हजार चार सय बीस ( २१४२० )  यहि १४ अगस्ट २०१७ मा बिमारी पिताम्बर कि  आमा धनकला खनाल ज्यु को खाता जम्मा गरिएको छ । बिरामी खनाल प्रती शिघ्र स्वास्थ लाभको कामना गर्दैछ ।

                 सचीव
       अनमोल राक्से मगर
अर्घाखाँची प्रवासी समाज बहराइन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.