Latest Post

के हजुरको अनुहारमा कालो चाया ले घेरेको छ ?
कि  भर्खर कालो चायाको दाग देख्न लाग्नु भयको छ ?

-सम्झना पन्त ,इजरायल

सबै दिदिबहिनी हरु जस्तै हजुरलाई पनि राम्री हुन मन पक्कै लागेको छ ।
सोच्दै हुनुहुन्छ होला चाडवाड आउदै छ बियुटी पार्लर जानी की ?
     फ्री सुबिधा छ यहाँ मात्र हजुरको जागर खर्च गर्नुस ।

  हजुर संग नेटको सुबिधा छ है ?  त्यसैले त मेरो लेखाई पढ्दै हुनुहुन्छ।

अचम्म लाग्यो होला के भन्न खोज्दै छे यो सम्झना ले :( हे हे के सोचमा पर्नु भयो ? यसरी ठुस्स नपर्नुस न थोरै मुस्कान  दिनुस्त भर्खरै हजुरको अनुहारमा naturel सुन्दरता देखिने छ ।....  हो यसरी मुस्कुराउनुस् । आहा मिठो हासो दिनु भयो यदि यो पुरुषले पढ्दै हुनुहुन्छ मलाई विश्वास छ आफ्नो प्यारी लाई पक्कै सिकाउनु हुनेछ I नारी को सुन्दरता भित्री बाहिरी दुवै हुन जरुरी मानिन्छ I अनुहारमा क्रिम पाउडर लिपिस्टिक घसेर मात्र सुन्दर देखिने होईन मेरो सोचाईमा I प्रकृतिले  दिएको बनोटमा हजुर कालो गोरो नेप्टो चेप्टो जस्तो देखिनु हुन्छ । तर सफा छाला छ भने आफुलाई सुन्दरी मान्न सकिन्छ I

हर कोही चाहन्छ सुन्दर हुन र देखिन I हाम्रो यो बढ्दो उमरमा फेरी छोरा छोरि जन्माई सके पछि अनुहारमा बुढो पन देखिनु प्रकृतिको नियमनै हो I तर आफ्नो सरिरको अलिकति ख्याल राख्न सकियो भने बढ्दो उमरमा पनि आफुलाई सुन्दर राख्न सकिन्छ I सुन्दर अरुलाई देखाउन मात्र हुने होईन आफ्नो लागि हुने हो I आफ्नो मन सन्तुस्टि र खुसिको लागि हो I तितो सत्य हजुर को अनुहारमा कालो चाया छ भने ऐना हेर्दा खुसी हुनुहुन्छ न त साथी संग हिड्दा खुसी । यदि हजुर सुन्दर हुनुहुन्छ या  देखिनु भएको छ भने हजुरलाई पुरुषले भन्दा पनि बढी महिलाहरु लेनै मन मनै घुरेर हेरी हरेको हुन्छ । म हास्दै छु अहिले हजुरले सोच्नु भयको होला यो लेख्नी 'ऊ' कस्ती होली ? मलाई विश्वास छ तल राखियका तस्बिरहरु  फेरी एक चोटी हजुर पक्कै हेर्नु हुनेछ I साथी एक वर्ष अगी सम्म मेरो पनि अनुहारमा कालो चायाले ढाकेको थियो I आखा ओरिपरी चाउरीले  ५० नाघेको बुढी जस्तो देखाउथ्यो I मैले इजरायली छाला सम्बन्धी धेरै डाक्टरकोमा गए  I नेपाल र इंडिया बाट मगाएर धेरै मलम हरु लगाए  I त्यो क्रिमले प्रयोग गरिन्जेल गोरो बनाउने थियो तर प्रयोग गर्न छोडेपछि पहिलाको भन्दा कालो बढेर आउथ्यो ६ वर्ष यो समस्याको पिडित म तर आज मैले आफ्नै लेपटोप अघि बसेर फ्री टिप्स लिएर आफ्नो अनुहारको छालालाई  केहि हत् सम्म सुधार लेराएकी छु I
दिनमा ३० मि समय हजुर आफ्नो अनुहारलाई दिनुस् हजुर को उमेर त घट्ने छैन तर आफ्नो अनुहारमा ५० % सुधार पक्कै लेराउन सक्नु हुनेछ
ध्यान दिनु पर्ने कुरो,,हाम्रो छालाको सबै भन्दा ठुलो शत्रु घाम हो I घाममा सकेसम्म कम निस्कनु होस् I बाहिर निस्कन पर्दा Sun skin creem डेट भयको लगाएर, टोपी कि छाता वोडेर मात्र निस्कनु होस्
अब फेसबुक बन्द गर्नु होस् र youTube खोल्नुस र type गर्नुस
pigmentation treatment at home
अब थाहा पाउनु सक्नु हुन्छ हजुर ले आफ्नै घरमा भएको बस्तु बाट कसरी आफ्नो अनुहारलाई कसरी सुन्दर बनाउन सक्नु हुन्छ ।
यो नसम्झनु होस् यो एन्टी ब्यायोटिक् हो १० दिन खाए  पछि सन्चो हुने I अनुहारमा फरक आउन २ देखि ३ महिना लाग्छ I थोरैमा पनि ६ महिना मेहेनेत गर्नुस मेहेनेत खेरा जादैन ।
अल्छि गर्नी होईन आजै बाट सुरु गर्नुस छिट्टैनै हजुर सुन्दर देखिनु हुनेछ।

धन्यवाद

    चितवनकी चेली  परदेशी सम्झना हाल इजरायल

दृस्टिबिहिन बालबालिका हरुको आवास निर्माण  आर्थिक सहयोगार्थ   "तिहार विशेष देउसी भैलो तथा बृहत साँकृतिक साझ-2016" बहराइनमा ।

"जय कला, जय कलाकार "

हाम्रो गौरवमय संस्था अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन (शाखा) को तेस्रो प्रस्तुती साथै नेप्लिज वेल्फेर सोसाईटी बहराइन को विशेष सहकार्य एवम  LaliGuras Sewa SamajBahrain को विशेष सहयोग मा नेपाली हरुको दोस्रो ठूलो महान चाड शुभदीपावली तथा छठ पर्वको पावन अवसर मा दृस्टिबिहिन बालबालिका हरुको आवास निर्माण  आर्थिक सहयोगार्थ   "तिहार विशेष देउसी भैलो तथा बृहत साँकृतिक साझ-2016" को आयोजना गरिएको छ। शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान साथै देउसी खेल्ने कार्यक्रम रहेको छ। तसर्थ उक्त कार्यक्रम मा बहराइन बासी सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु लगायत बहराइन मा कृयाशिल नेपाली संघ संस्था हरु, बुद्दी जिबि बर्ग हरु, ब्यवसायी ज्यू हरु, पत्रकार ज्यू हरु, कलाकार साथी हरु , खेलाडी साथी हरु साथै विभिन्न क्षेत्र मा आबद्ध सम्पुर्ण जन समुदाय हरुमा विशेष उपस्थिती को लागि हार्दिक अनुरोध गर्दछौ। तपाईं हरुको गरिमामय उपस्थिति साथै सानो सहयोग ले यी बिचल्ली भएका निर्दोश दृस्टिबिहिन बालबालिका हरु लाई ठूलो राहत मिल्नेछ भन्ने हाम्रो बिश्वास हो!! धन्यवाद ,

कार्यक्रम को बारेमा थप जानकारी :-

स्थान :- डेल्मोन इन्टरनेशनल होटल, मानामा

समय :- दिनको 3 बजे देखि

मिति :- 04 नोवेम्बर 2016, शुक्रबार

सम्पर्क :- 36885220, 36271173 , 33913076,

आयोजक :- अन्तराष्ट्रिय कलाकार मंच बहराइन, (शाखा)

नोट :- तिहार विशेष कार्यक्रम भएको ले निशुल्क सेल रोटी को  पनि ब्यवस्था गरिएको छ।

दिनको पाँच रुपैयाबाटै मानवसेवा आश्रमलाई ९,६०० मासिक सहयोग

पतञ्जली योग केन्द्र सामाखुशीले मानवसेवा आश्रमलाई सहयोग हेतु दिनको पाँच रुपैया अभियान नै सञ्चालन गरेको छ । ०७२ माघबाट योग केन्द्रका साधकहरुबाट दिनको पाँच रुपैया अर्थात महिनको एक सय पचास रुपैया संकलन मानवसेवा आश्रमलाई सहयोग गर्ने गरेको योग परिवारले आज साधकहरुबाट असोज महिनामा संकलन भएको रकम ९,६००/- लाई आश्रममा हस्तान्तरण गर्नु भएको छ ।

सवैजनामा यस किसिमको परोपकारीको भावनाको विकास हुने र मात्र महिनामा थोरै रकम आÇनो अनावश्यक खर्च कटाएर समाजसेवामा लगाउने संस्कृतीको विकास हुने हो भने यो मुलुक कसले बनाईदेला भनेर अरुको मुख ताक्न पर्ने थिएन । सादर नमन ति माहान आत्माहरुलाई जसले यो हेर्दा सानो जस्तो देखिने तर अत्यन्तै महत्वपुर्ण अभियानको सुरुवात गर्नुभयो ।  योग परिवारका प्रमुख श्री सुवर्णलाल चित्रकार गुरु,सधकहरु श्री गायत्री चित्रकारज्यू, श्री जमुना लामाज्यू, श्री गीता साप्कोटाज्यू, श्रीकृष्णा उपाध्यायज्यूमा जसले यस अभियानमा महत्वपुर्ण भुमिका निर्भाह गर्नुभयो  तथा यस अभियानमा सक्रिय सहभागीता जनाउने सम्पुर्ण साधकसाधिकाहरुमा विशेष धन्यबाद।

-मानबसेवा आश्रम काठमान्डौं को फेसबुक बाट साभार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.