Latest Post

बाढीपिडितको लागि मगर संघ मलेसियाको सहयोग !

नेपाल मगर संघको वैदेशिक शाखा मलेसियाले बाढी पिडितहरुलाई राहतसहयोगका संग्कलन गरि सम्बन्धित क्षेत्रमा पुर्याउनका लागि नेपाल मगर संघ केन्द्रीय कार्यालयको बैक खातामा रु. ८९,८७४.४४/- (उनानब्बे हजार आठ सय चाहत्वर रुपैया चौवालिस पैसा मात्र) रकम  आज (२०७४ अशोज १ गते) डिपोजिट गर्नुभएको हो । नेपाल मगर संघ मलेसियाको अध्यक्ष पुश्मिता ठाडामगर लगायत सम्पूर्ण मलेसिया निवासी सहयोगी मन भएका मानुभावहरुलाई नेपाल मगर संघ केन्द्रिय समिति आभार ब्यक्त गर्दछ।
---
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति काठमाडौँ

पोखरेली युवा साँस्कृतिक परिवार पोखराद्वारा आयोजित " समता काब्य सन्ध्या " यस वर्ष पच्चिसौं वर्षमा हिडिरहेको अवसरमा हामीले यो वर्षलाई रजत वर्षको  रुपमा मनाइरहेका छौं । समता काब्य सन्ध्याको अबको २९३औं श्रीङ्खलामा "समता काब्य सन्ध्या रजत वर्ष सम्मान-२०७४" बाट  साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्न लागिरहेका छौं। उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिकोलागि हार्दिक निमन्त्रणा  गर्दछौं।

समता काब्य सन्ध्या रजत वर्ष सम्मान -२०७४ बाट सम्मानित स्रष्टाहरु
तेजनाथ  घिमिरे
रमेशचन्द्र अधिकारी
लक्ष्मण थापा
रोशन शेरचन
सरस्वती श्रेष्ठ सरु
ईश्वरमणि अधिकारी
रमेशचन्द्र घिमिरे
शरण आँसु
डा बसन्त  गौतम
डा चैतन्य अधिकारी
भूपिन
राजकुमार बगर
जीवन सागर
सरस्वती प्रतीक्षा ।

कार्यक्रम हुने-
मिति - २०७४ असोज ७ गते शनिबार
समय दिउँसो ४ बजे
स्थान - पोखरा उधोग वाणिज्य सँघ , अमृत कक्ष गैह्रापाटन पोखरा ।

- दिपक समिप

बिगत केही समय बाट बिरामी पर्नु भएको गायक संगीतकार पुर्ण गुरुङ को शिघ्र स्वास्थ लाभको कामना गर्दै गुरुङ फिल्म एसोसिएसन हङकङ बाट रु. ८१,१३५/- ( एकासी हजार एक सय पैतिस ) सहयोग - हस्तान्तरण । टिचिङ हस्पिटल आइ सि यु मा रहनु भएका पुर्ण गुरुङ दाइ को शिघ्र स्वास्थ लाभको कामना ।
धन्यवाद जिफान हङकङ ।

- पृतम गुरुङ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.