बहिनी लाई चिट्ठी (An Open Letter to Sister)

प्यारी बहिनी खुशी मिठो सम्झाना यो परदेशी भुमि बाट युवा हरु राजनीति मा लाग्नै हुदैन भन्ने सोचाइ को बीचमा तिमिले तय गरेको राजनीतिक यात्रा आफैमा सराहनीय र अति जटिल पनि छ ।म आफू पनि हरेक युवा हरु देशको राजनैतिक अवस्था मा बिज्ञ हुनुपर्छ भन्ने मान्यता राख्दछु त्यसमा पनि तिमी एउटा महिला  हुन त बहिनि आज देशको प्रमुख अङ्ग हरुमा महिला हरुले छलाङ मारिसकेको परिपेक्ष हाम्रो आँखा अगाडि नै छ अहिले ३ प्रमुख सम्माननिय पद हरु महिला कै पहुच मा छ्न जो झन्डै १करोड ६५ लाख नारी हरुको लागि गर्व र मार्गनिर्दशक बनेको छ ।सायद त्यही बिश्वास अठोट साहस का साथ तिमिले यो यात्रा तय गरेकी छौ भन्ने लागेको छ ।
बहिनी खुशी हिजो तिमी बाबाआमाको हात समातेर  बामे सर्दै गर्दा म पनि राजनीति को यात्रा मा बामे सर्दै थिया म जुन पार्टी मा लागे त्यतिबेला मलाई यस्तो लाग्दथ्यो कि यो देशमा पार्टी छ त एउटा मात्रै उसले गरेको हरेक निणय हरु एकदमै उत्कृष्ट लाग्दथ्यो मानौ कि म अन्धो भक्ती जस्तै थिया त्यही भएर होला हरेक ठाँउ मा कार्यक्रम हुदा मेरो उपस्तिथि अनिवार्य नै थियो समय को प्रवाह संगै मैले पनि कुरा हरु बुझ्दै आउन थाले के राम्रो के नराम्रो छुट्टाउन सक्ने भए र गलत लाई गलत र सहि लाई सहि भन्ने गर्दथे गाबिस मा आफनो छुट्टै पहिचान स्थापित गरे कुनै पनि पार्टी को होस सामाजिक महत्त्व र हितको विषय भए पुग्ने गर्दथे हरेक सभा समारोह मा जनमानसको उत्साहजनक उपस्तिथि हुन्थ्यो हरेक भासण को वाक्य वाक्य मा जोडदार तालिले भरिपूर्ण हुन्थ्यो म आफुले आफै लाई गौरबवान्बित ठानथे जिल्ला तहका सबै नेता गण हरु सङ राम्रो सम्बन्ध थियो मेरो जिल्ला सम्म राजनीति गर्न को लागि मार्ग प्रस्सत खुलेको थियो तर अफसोच जिल्ला तहका नेता हरुलाइ यो कुरा सह्य भएन किनकी म उदाउदै गर्दा उनिहरुको अस्ताउने खतरा पनि त्यतिकै थियो म पार्टी ले गरेको कमिकमजोरी लाई यो गल्ती हो भनेर औल्याउँदै अगाडि बढने कोशिश गर्दथे तर यहाँ त्यसो हैन रहेछ जे जस्तो काम भए पनि मेरो पार्टी ले गरेको सहि हो भन्नू पर्दो रहेछ तर मेरो मनले यो मान्न तयार थिएन किनकि पार्टी भन्दा ठुलो मेरो समाज हो मेरो देश हो मेरो देश मेरी जननी हुन त्यही अबधारण बोकेर म हिड्दै गर्दा मलाई जसरी पनि पन्छाउन धेरै हत्कन्डा अपनाइयो। हाम्रो देशको कानुन भनु या पार्टी का नेता हरुको बिधान भन्ने बेलामा जनता सार्बभौमसत्ता सम्पन जनता को हरेक निर्णय को कदर गर्छौ भन्ने तर त्यो नियम चाहि कुनै आन्दोलन गर्नु पर्यो भने मात्रै लागू गर्ने परिपाटी अझै स्थापित छ आफुलाइ आबस्यक पर्दा आफ्ना खल्ती का नियम बनाएर लागू गर्छन् बिचरा सोझा जनता हेरेको हेरै जनमत द्वारा हारेका मानिस प्रधानमन्त्री भएको उदाहरण पनि ताजै छ अधिबेशन मा हारेको मानिस केन्द्रिय सदस्य मा छानिएको पनि हुँदै हो अनि कहाँ लागू भयो त जनमत केबल लागू भयो त तातो गोलि खान पुलिस को डन्डा खान नेता हरुको कुर्सी को आयु बढाउन त्यही चपेटामा पारेपछी म बाध्य भएर खाडि छिरे म जस्ता लाखौं युबा आज खाडि को चर्को घाममा परिवार समाज र देश सम्झेर मजदुरी गरिरहेका छन ।
बहिनी तिमिलाइ यति कुरा भनिरहदा सायद तिमिले सबै कुरा बुझिसकेहौली बिचार गरेर अघि बढनु तिम्रो हरेक पाइलामा मेरो साथ र समर्थन रहनेछ मलाई बिश्वास छ तिमी पनि मैले जस्तै सत्य र न्याय को पक्षमा रहनेछौ ।हरेक निर्णय गर्दा समाजको अति बिपन्न बर्ग लाई सम्झने गर्नु त्यो नै समाजबाद हो त्यो नै साम्यवाद हो मैले आफ्नो बिचार त्यागेको छैन नेता त्यागेको हो यी बिचार हरु कुनै नेता को पेवा होइन यी त हाम्रा आदर्श हुन लौ त बहिनी अरु धेरै के लेखु तिमी आफ्नो गन्तव्य लाई नियाल्दै अघि बढनु ।तिमी लाई आबस्यक पर्दा सहयोग गर्ने सल्लाह सुझाव दिने र तिमिलाइ धेरै माया गर्न उहीँ परदेशी दाजु अविरल ।
प्रस्तुत लेख बिल्कुलै परदेश मा रहेका लाखौं लाख नेपाली को मनोभावना लाई कदर गर्दै लेखिएको लेख हो यसमा लेखिएको नाम हरु वाद हरु चाहिँ काल्पनिक हुन कोहि कसै संग मेल खान गएमा संयोग मात्र हुनेछ ।
लेखक :- गोबिन्द लामिछाने (अविरल )
एसियन टाउन दोहा कतार ।

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.