Latest Post

अष्ट्रेलियामा रहनु हुने परोपकारी सुष्मा मगरज्यूले स्व. सुजन शर्माको सम्झना एवं वैकुण्ठ वासको प्रार्थना गर्नु हुँदै मानवसेवा आश्रमको सेवा कार्यलाई ($ ५०० - रू. ४०,०००।- ) स - प्रेम अर्पण गर्नु भएको छ।

अशक्त, अनाथ, अपाङ्ग, असहाय, मनोरोग भई सडकका पेटीहरू एवं सार्वजनिक स्थलहरूमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षी मानवहरूको सेवामा जुट्दै आई रहेको मानवसेवा आश्रमको सेवा कार्यमा पुर्याउनु भएको योगदानको लागि उदारमा सुष्मा मगरज्यूलाई धेरै धेरै साधुवाद एवं स्व. सुजन शर्मा को वैकुण्ठ बास एवं आत्मा शान्तिको लागि प्रार्थना ।
सेवा संयोजनको कर्तव्य निर्वाह गर्नु हुने आदरणीय बद्री क्षेत्रीज्यूलाई विशेष धन्यवाद !

- रामजी मानवसेवा
सेवा र सहकार्यको लागि :
मानवसेवा आश्रमको मुख्य कार्यालय मकवानपुर, हेटौंडा। ( ०५७ - ५२७३९४, ९८५५०७६००२, ९८५५०७६००१ )
शाखा कार्यालय चितवन - ९८५५०७६००३
शाखा कार्यालय काठमाडौं - ९८५५०७६००४
शाखा कार्यालय ललितपुर - ९८५५०७६००५
शाखा कार्यालय गोरखा - ९८५५०७६००६
शाखा कार्यालय लमजुङ - ९८५५०७६००७
शाखा कार्यालय पर्सा, विरगंज - ९८५५०७६००८
शाखा कार्यालय बागलुङ - ९८५५०७६००९

खाद्य सामाग्री सहयोगका लागि हार्दिक आभार

बेसीसहर नगरपालिका ९ का वडाध्यक्ष, यस आश्रम स्थापनाकाल देखिनै अमूल्य सहयोग गर्दै आउनु भएको मानवीयता एवं सहयोगी भावनाले ओतप्रोत व्यक्तित्व आदरणीय सरद बराज ज्यु र उहाँको परिवारका तर्फबाट आश्रम सञ्चालनमा सहयोग पु¥याउने पवित्र उद्देश्यका साथ मिति ०७४ मंसिर २० गते बुधबार सर्वोत्कृष्ट जीवनःशाश्वत चिन्तन्(साँचोजीवन निर्माण अभियान) मानवसेवा आश्रममा एकबोरा चामल उपलव्ध गराएर अति पुण्य र प्रंशनीयकार्य गर्नुभएको छ । यो सुन्दरकार्यका लागि बराल एवं उहाँको सपरिवारमा हार्दिक आभार एवं शुभेच्छा प्रकट गर्दछौं ।
सर्वोत्कृष्ट जीवनःशाश्वत चिन्तन्(साँचो जीवन निर्माण अभियान)
- मानवसेवा आश्रम लमजुङ परिवार
बेसीसहर–७ हाईस्कुलचोक, लमजुङ ।
सम्पर्क : ०६६–५२०३५९, ९८५५०७६००७

"मानवीयता को कुनै सिमा हुँदैन - Humanity has no boundary."
अष्ट्रेलियन नागरिक, ड्रागन ऐरका क्याप्टेन परोपकारी Keven Tate ले मानवसेवा आश्रमका गरिमा बालगोपाल बाबु नानीहरूको सेवा कार्यलाई सहज बनाउन सहयोग पुर्याउने अभीष्ट राखी कपडाहरू स - प्रेम अर्पण गर्नु भएको छ।
नेपालको फ्लाईट हुने समयमा आफ्नो प्रेम सामग्री Hayat Hotel मा मानवसेवा आश्रमको लागि भनि स - प्रेम छोडी जानु हुने मानवताप्रेमी Keven Tate ज्यूलाई धेरै धेरै धन्यवाद !
सेवा संयोजनको कर्तव्य निर्वाह गर्नु हुने मानवसेवा आश्रमको अभिभावक परोपकारी एवं सहयोगी भावनाले ओतप्रोत आदरणीय पूर्णिमा जि शाहज्यूलाई विशेष धन्यवाद !
- सृजना मानवसेवा 
सेवा र सहकार्यको लागि : 
Manavsewa Ashram Gorkha Branch
सम्पर्क : ०६४ - ४२०६९४, ९८५५०७६००६

"मानवीयता को कुनै सिमा हुँदैन - Humanity has no boundary."
अष्ट्रेलियन नागरिक, ड्रागन ऐरका क्याप्टेन परोपकारी Keven Tate ले मानवसेवा आश्रमका गरिमा बालगोपाल बाबु नानीहरूको सेवा कार्यलाई सहज बनाउन सहयोग पुर्याउने अभीष्ट राखी कपडाहरू स - प्रेम अर्पण गर्नु भएको छ।
नेपालको फ्लाईट हुने समयमा आफ्नो प्रेम सामग्री Hayat Hotel मा मानवसेवा आश्रमको लागि भनि स - प्रेम छोडी जानु हुने मानवताप्रेमी Keven Tate ज्यूलाई धेरै धेरै धन्यवाद !
सेवा संयोजनको कर्तव्य निर्वाह गर्नु हुने मानवसेवा आश्रमको अभिभावक परोपकारी एवं सहयोगी भावनाले ओतप्रोत आदरणीय पूर्णिमा जि शाहज्यूलाई विशेष धन्यवाद !
- सृजना मानवसेवा 
सेवा र सहकार्यको लागि : 
Manavsewa Ashram Gorkha Branch
सम्पर्क : ०६४ - ४२०६९४, ९८५५०७६००६

"मानवीयता को कुनै सिमा हुँदैन - Humanity has no boundary."
अष्ट्रेलियन नागरिक, ड्रागन ऐरका क्याप्टेन परोपकारी Keven Tate ले मानवसेवा आश्रमका गरिमा बालगोपाल बाबु नानीहरूको सेवा कार्यलाई सहज बनाउन सहयोग पुर्याउने अभीष्ट राखी कपडाहरू स - प्रेम अर्पण गर्नु भएको छ।
नेपालको फ्लाईट हुने समयमा आफ्नो प्रेम सामग्री Hayat Hotel मा मानवसेवा आश्रमको लागि भनि स - प्रेम छोडी जानु हुने मानवताप्रेमी Keven Tate ज्यूलाई धेरै धेरै धन्यवाद !
सेवा संयोजनको कर्तव्य निर्वाह गर्नु हुने मानवसेवा आश्रमको अभिभावक परोपकारी एवं सहयोगी भावनाले ओतप्रोत आदरणीय पूर्णिमा जि शाहज्यूलाई विशेष धन्यवाद !
- सृजना मानवसेवा
सेवा र सहकार्यको लागि :
Manavsewa Ashram Gorkha Branch
सम्पर्क : ०६४ - ४२०६९४, ९८५५०७६००६

फिटिक्कै निन्द्रा लागेको होइन क्यार ओहो कहिले गर्मी महसुस भएको छ कहिले टाउको भारी भए झै हुन्छ जुरुक्क उठे बेडबाट अलि पर औखरा को पानी कलकल पिए अनि सुत्ने प्रयास गरे निन्द्रा आए पो कता हरायो हरायो कोठा मा जिरो वाट को बत्तिले पनि निकै रोशनी छरीरहेको जस्तो लागिरहेको महसुस थियो अभाव मा थोरै पनि धेरै देखिदोरहेछ भन्ने कुरा सबै लाइट निभेपछी त्यही जिरो वाट ले दिएको थियो यसो हेरे श्रीमती मस्त निन्द्रा मा थिइन काखको छोरा मस्त निन्द्रामा आमाको काखको मातृबास्यल्य लिदै थियो त्यति बेला नै कवि देबकोटा को भनाइ याद आयो शान्तिको सच्चा मुहार हेर्न निदाएको बालक लाई हेर्नुपर्छ सायद हो जस्तै लाग्यो संगै सुतेकी उसकी आमा को अनुहार मा अभाव को झल्को देख्दै थिए भने उ निकै मस्त सङ हसिलो अनुहारमा निदाइरहेको थियो साच्चै शान्ति को वास्तविक ऎना मैले मेरो छोरा को अनुहारमा देख्दै थिए ।अनि जुरुक्क उठे फेरि पल्लो कोठामा गए आमा पनि मस्त निन्द्रामा हुनुहुन्थ्यो निकैबेर आमा लाई नियाले उहाँ भित्र आशा अनि भरोसा हरु प्रष्ट देखिन्थ्यो ।भोलि बिहान को सुर्यदय संगै यो घरलाई केही समय बिदाइ गर्दै थिए घर त के भन्नु भुकम्प ले तहस नहस बनाएको खंडहर भित्र सानो झुप्रो थियो यो घर बनाउने जिम्मेवारी थियो एकातिर बालबच्चा को भबिस्य छ अर्कोतिर भुकम्प ले भत्किएका घर हरु उठाउने जिम्मेवारी छ अनि फेरि भत्किएका मन हरु लाई जोड्नु पर्ने त झनै प्रमुख नै भयो । देश को विषम परिस्थिति ले आज म जस्ता युबा दैनिक करिब १५०० युबा वैदेशिक रोजगारी को लागि परदेशिएका छ्न सबै का समस्या करिबकरिब उस्तै छ्न देशमा बढदै गइरहेको महङी  ब्याप्त भ्रष्टाचार ले देशको देशको अर्थतन्त्र झन थिलथिलो भएको छ ओहो सोच्दासोच्दै ३ बजेछ  ल सुत्नुपर्छ एकछिन त फ़ेरि आएर बेडमा नै पल्टिन्छु फेरी बिहानै भाले को डाको संगै निक्लनुपर्छ आमा फेरि अलि पुरातन सोच को हुनुहुन्छ बिहान पानी भर्ने नउठ्दै नेटो काट्नु पर्छ भन्नुहुन्छ नत्र साइत पर्दैन भन्दै हुनुहुन्थ्यो समयमै सुत है भन्दै हुनुहुन्थ्यो मलाई भने बिश्वास लाग्दैन योसाइत को कुरा तर के गर्नु मलाई बिश्वास नलागे पनि मेरी ६० नाघेकी आमा को मन म कसरी दुखाउन सक्छु लौ अब  त निक्लने बेला पनि भएछ योघर पनि कति निस्ठुरी है आज २ बर्ष को लागी अन्तिम रात  निदाउन नै दिएन यसो फर्किएर हेरे बुढी पनि बिउँझेकि रहिछन्  आमा पनि बिउझिनुभयो छोरा पनि बिउझियो सबै आँखा भरी आशु बनाउदै मेरो बिदाइ को लागि तयारी भए त्यतिबेला बाबा खुब याद  आयो सायद बाबा हुनुभएको कम्तिमा केटा ल पिर नमानी जानू म छु नि यता को लागि भन्नुहुन्थ्यो होला तर आज त्यो शब्द भन्ने कोहि भएनन् उल्टै मैले नै सबैलाई सम्झाएर निक्लनुपर्ने भएको सबै तयारी भयो थोरै खाना खाए अनि आमा ले दहि दिनुभयो दही खाए सबैलाइ  एकचोटि नियालेर हेरे सबै रुदै थिए अनि आडमा नै रहेको घर पनि मेरो प्रतीक्षा थियो म कहिले पुर्ण हुन्छु भन्दै अन्योन्यासृत भाव मा बोलेको जस्तो मलाई महसुस भइरहेकै थियो यतिकैमा छोरा रुदै म पनि बाबा संगै जाने हो भन्दै रुदै थियो मलाई भोलि देखि स्कुल कसले पुर्याइदिन्छ भन्दै आफ्ना गुनासो राख्दै थियो  यति कर गर्दा पनि यति नरमाइलो हुँदा पनि बस्न सकिएन ति  पहाड पाखा कन्दरा हरु म संग को बिछोड मा रोए झैं  लाग्यो मनासलु ले हिउँ को आशु नै बर्सायो तर पनि नचाहादा नचादै पनि आज फ़ेरि नेपाल आमा लाई छोडेर लागियो  बिदेश तिर ।अन्तमा सम्पूर्णदेश परदेश मा रहनुहुने आमा बुबा दिदिबहिनी दाजुभाइ तिहार अनी छठ को शुभकामना ।प्रस्तुत लेख काल्पनिक लेख हो  कसैको जिबन मा मेल खान गएमा संयोग मात्रै हुनेछ ।
" घर छोड्ने  पल "।

स्वार्थीहरुको शहरमा दुई छाक टार्न मैले करिब १५ वटा जति पेशा गरें । ति मध्ये सम्झन लायक भनेको फुटपाथमा पसल राखेको नगरपालिकाले लखेटेको । टेम्पो किनेर चलाएको सरकारले हटाइदिएको । सटरमा होलसेल खोलेको बाटो बढाउने भनेर सटरनै काटिदिएको । त्यस्तो रन्थनिएर बसेको अबस्थामा  मेरो भेट यिनै रेडियो कर्मी  सुमित्रा खड्का दिदि संग भयो र वहाँ संग रेडियो एच बि सी हेर्न गएको म आज सानो तिनो हाँस्यकलाकार भएको छु । र आज वहाँको शुभ बिवाहमा सरिक हुन पाएँ ।धेरै धेरै  बधाई तथा शुभकामना दिदि , सधैँ आशिर्बाद पाइरहुँ ,म त्यहि १७ बर्ष अघि भेटेको भाइ हो, मैले धरातल बिर्सेको छैन ,यसैगरी सधैँ आशिर्बाद पाइरहुँ  ।

बाजुरा मा गिरिजाप्रसाद कप सुरु

महेश कु कार्कि
आज बाट बाजुरा को कोल्टी स्थित जनप्रकाश उ. मा. बि  को खेल मैदान मा दोस्रो  "जि .पि" कप फुटबल प्रतियोगिता संचालन भएको छ ।
"स्थानीय स्तरमा शुसासन कायम ,युबाको सर्वाङिअण    बिकास निर्माण तथा समृद्धि समतामूलक समाज निर्माणको लागी युवा अभियान" भन्ने मुल नारा सहित सस्थापित जि.पि युथ फोरम बाजुरा को     आयोजनामा बिजया दशमी तथा शुभ-दिपावलिको  अबसर पारेर    खुल्ला दोस्रो  जि. पि कप  फूटबल प्रतियोगिता को आयोजना गरेको हो ।
" सक्षम ,सवल र सु- संस्कृत युवाशक्ति रास्ट्रको सान
युवा एकता र स्वास्थ जीवनकालागि  खेलकुद अभियान "  भन्ने नारा सहित संचालित दोस्रो  जि. पि कप  फूटबल प्रतियोगिता    को उद्घाटन बुडिनन्दा नगपालिका का नगर प्रमुख  पदम गिरि ले गर्न्नु भएको थियो।
प्रतियोगितामा  जिल्ला भित्र र जिल्ला बाहिर गरेर २४ वटा टिम सहभागी रहने  आयोजक कमिटी ले जानकारी गराएको छ।
जिल्ला कै सबै भन्दा ठुलो  धनराशि रहेको यो प्रतियोगिता मा बिजेता  हुने टिम  ले  १ लाख ११ हजार १११ रुपैया सहित मेडल  प्राप्त  गर्ने छन भने उपबिजेता हुने टिम ले ६६ हजार ६ सय ६६ रुपैया  सहित मेडल प्राप्त गर्ने छ्न । खेल भोलि बाट  संचालन हुने आयोजक कमिटी ले जनाएको छ।

चाडबाडमा :
१, आफ्ना छोराछोरीलाइ मोटरसाइकलको साँचो दिनु अघि ३ चोटि सोच्नुहोस र ६ वटा कुरा सोध्नुहोस , कहाँ जाने ? कति स्पीडमा ? हेल्मेट लाने कि नलाने ? कति जना चड्ने ? मोटरसाइकल नलगे हुदैन ?
२, पिङ्ग खेल्दा पिङ्गको अबस्था याद गर्नुहोस ।
३ ,मदिरा सकभर नखानुहोस ,खानेले मात्रा याद गर्नुहोस ।
४ ,नखेल्नु जुवा र तास धनको नास जिबनको बनबास ।
५ ,अरुको देखासिकी गरेर अनाबश्यक खर्च नगर्नुहोस । दशैं को शुभकामना ।


फेसबुकमा साथी बन्नका लागी धेरै अनुरोध आइरहेकोले ,बाध्यात्मक परिस्थितिमा थुप्रै साथीहरुलाई अनफ्रेण्ड गर्दैछु(दशैंको फुर्सदमा ) । अनफ्रेण्ड गरिने साथीहरु यस प्रकार छन् :-

१ ,आफ्नो नाम नराख्नेहरु 

२ ,प्रोफाईलमा आफ्नो फोटो नराख्नेहरु 

३ , सामाजिक सदभाब खल्बल्याउने प्रकारको अपाच्य स्टाटस राख्नेहरु 

४ , बिभत्स दृष्य/फोटो/खसी काटेको /दुर्घटनाको  भिडियो आदि शेयर गर्नेहरु 

५ ,निष्क्रिय ( जिउँदाको जन्ती न मर्दाको मलामी ) हरु 

नोट : यसबाट पर्नजाने असुविधा प्रति क्षमा प्रार्थी छु

 ----माग्ने बुढा ।

माग्नेमन्त्रालय ।

चाडबाडमा :
१, आफ्ना छोराछोरीलाइ मोटरसाइकलको साँचो दिनु अघि ३ चोटि सोच्नुहोस र ६ वटा कुरा सोध्नुहोस , कहाँ जाने ? कति स्पीडमा ? हेल्मेट लाने कि नलाने ? कति जना चड्ने ? मोटरसाइकल नलगे हुदैन ?
२, पिङ्ग खेल्दा पिङ्गको अबस्था याद गर्नुहोस ।
३ ,मदिरा सकभर नखानुहोस ,खानेले मात्रा याद गर्नुहोस ।
४ ,नखेल्नु जुवा र तास धनको नास जिबनको बनबास ।
५ ,अरुको देखासिकी गरेर अनाबश्यक खर्च नगर्नुहोस । दशैं को शुभकामना ।

नेपाल सरकार माग्नेमन्त्रालय ।

फेसबुकमा साथी बन्नका लागी धेरै अनुरोध आइरहेकोले ,बाध्यात्मक परिस्थितिमा थुप्रै साथीहरुलाई अनफ्रेण्ड गर्दैछु(दशैंको फुर्सदमा ) । अनफ्रेण्ड गरिने साथीहरु यस प्रकार छन् :-
१ ,आफ्नो नाम नराख्नेहरु
२ ,प्रोफाईलमा आफ्नो फोटो नराख्नेहरु
३ , सामाजिक सदभाब खल्बल्याउने प्रकारको अपाच्य स्टाटस राख्नेहरु
४ , बिभत्स दृष्य/फोटो/खसी काटेको /दुर्घटनाको  भिडियो आदि शेयर गर्नेहरु
५ ,निष्क्रिय ( जिउँदाको जन्ती न मर्दाको मलामी ) हरु
नोट : यसबाट पर्नजाने असुविधा प्रति क्षमा प्रार्थी छु ----माग्ने बुढा ।

प्यारी बहिनी खुशी सप्रेम सम्झना ।
गन्तव्यहिन यात्रा को बिचबाट टोलाइरहेको आँखा ले भत्किएका मन हरुबाट  आज फेरि यो पत्र लेख्न बाध्य गराएको छ बहिनी काम को दौरान को क्रममा तिमी संग कुरा नभएको पनि धेरै भएछ दाजु कति निस्ठुरी भनेकी होलिउ होइन तर म तिमिलाइ चाहेर पनि भुल्न सक्दिन होला बारम्बार कल गर्न सकिन तर याद हरु सधैं मेरो मन भरी गुन्जिरहेको छ ।
बहिनी खुशी कामको थकान ले मन हरु गलित बनाउदैन तर जब तिमिहरुको याद आउछ्नी तब यो मन यति थाक्छ्न सायद कहिल्यै पनि यो थकाइ नै मेटिदैन कि जस्तो लाग्छ ।
खुशी तिमिले पठाएको पत्र आज मात्रै हाता पर्यो माया ममता आशा अनि गुनासो ले भरिएको यो प्रेमपुर्ण शब्द हरु ले म निकै भाबुक भए सोच्न बाध्य पनि गरायो बहिनी खुशी हो पोहोर पनि दशै तिहार मा  आउन नपाउदा यो बर्ष मैले बाचा बाधेको थिए जसरी पनि आउछु भनेर तिमी पनि दाइ पक्कै आउनेछ भनी पुर्ण आशा का साथमा थियौं तर समयको उत्तरार्ध तिर पनि दाइको आउने पत्तो नभए पछि पत्र हरु प्रेषित गरेकी छौ सर्बप्रथम त म क्षमा चहान्छु कि तिमी संग गत बर्ष गरेको बाचा पुरा गर्ने नसकेको मा खुशी मलाई याद छ ती बालपन हरु तिमी संग खेलेका दिन हरु घरमा बाबा संग रोएर झगडा गरेर घरमै पिङ हाल्न लगाएको दिन हरु खसी काट्न नपाउदै कान पोलेर खान दाजुबहिनिको कत्रो महाभारत हुन्थ्यो त्यो पल सम्झी सम्झी जोड ले हास्न मनलाग्छ ।
टीका लगाएर आएको दक्षिणा लङुर्बुर्जा खेलेर हारेर अनि पैसा हरायो भनेर ढाटेको पल आजै जस्तो लाग्छ बहिनी खुशी तिमी मेरी मनभित्र को भगवान हो तिमिलाइ दुखी बनाएर म आफै कता हराइरहेको छु कुन्नि ?
थाल भरिका दहि सहितका अक्षता अनि आमा ले बडो आस्था पुर्बक राख्नु भएको पहेलो जमरा ले यसपटक पनि स्थान पाउन सकेन म आफै दुखी छु बहिनी खुशी दाइ ले यो बर्ष पनि बहिनिको हातबाट कहिल्यै नओभाउने तेलको घेरामा रंगीचंगी टीका अनि कहिल्यै नसुक्ने दिर्घायको कामना गरिएको मखमली र गुर्दौली फुलको माला लगाउन आउन  पाइन ।बहिनि खुशी तिमी लाई थाहा छनि होइन हाम्रो देशको बाध्यता तिम्रो दाजु जस्तै लाखौ लाख दाजु हरुको निधार खाली छ अनि थुप्रै दिदिबहिनी हरुपनि आज बिदेशी भुमिमा खाली हात हुनुहुन्छ  ।यो सबैपरिस्थिति लाई मेरी बहिनी ले अबस्य बुझ्ने छिन खुशी यो बर्ष आउन सकिन अर्को बर्ष अबस्य पनि आउने छु ल अब त मेरी बहिनी धेरै बुझ्ने भएकि छ आमा को मन बुझाउने छिन अनि भाइबहिनि लाई पनि ल खुशी योबर्ष यस्तै भयो अर्को बर्ष आमाको हातको रातो टीका अनि जमरा र मेरी बहिनिको हातको रंगीचंगी टीका र मखमली फुलको माला लाउन अबस्य आउने छु
उहि तिम्रो परदेशी दाजु
गोबिन्द  लामिछाने
अविरल ।
सम्पुर्ण मित्रहरु आफन्त जन हरु मा बिजया दशमी तथा दिपावली को शुभकामना

मृगौला पीडित श्यामकला रायमाझी लाई आर्थिक सहयोग समाज सेवि सहयोगी बि.सी. द्वारा हस्तान्तरण।

              " प्रवासमा एक हौं , समाजका लागि केही गरौं " भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्थापित गरिएको अर्घाखाँची जिल्ला बासी हरु सबै को साझा चौतारी  " अर्घाखाँची प्रवासी समाज बहराईन " समाज सेवामा अग्रसरता लिएको हजुर हरुलाई अवगत नै छ । यसै बिच फेरि अर्को सहयोग गर्नु पाउँदा अतिनै खुसी छौ ।अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड न. ७ पानडाँडा र साबिक नुवाकोट गाबिस वार्ड न. ५ पानडाँडा निवासी श्री मोहन बहादुर रायमाझी कि श्रीमती बर्ष ३३ कि  श्यामकला रायमाझी बिगत फाल्गुन २०७३ देखी दुबै मृगौलाको समस्या आएर नेपालको भैरहवा मेडिकल कलेज वीर हस्पिटल पोखरा मणिपाल लगायतका हस्पिटलमा उपचार  गराउने क्रममा श्यामकला रायमाझी ज्युको मृगौला उपचारमा केहि सुधार नआएपछी उहाँको घर परिवारमा आर्थिक स्थिति पनि अति नै कमजोर भएकोले दुबै मृगौला उपचार गर्न धेरै रकम लाग्ने र उहाँको खुवीले उपचारका लागि न भेटने भए पछी  घरमै थला परि बस्नु भएको छ भन्ने खबर  पाए पछि " सेवा नै धर्म हो " भनि यसै समाजका सक्रिय सदस्य राहुल रायमाझी को संयोजकमा अर्घाखाँची प्रवासी समाज बहराइन का सहयोगी मन भएका सदस्य हरु र अन्य जिल्ला का सहयोगी मन भएका तपसिल नामवली का ब्याक्ती हरु ज्यु बाट  नेपाली रुपैयाँ बीस हजार (२०,००० )  संकलन गरि अर्घाखाँची जिल्ला का बरिस्ठ समाज सेवि तथा पत्रकार सहयोगी बि.सी. ज्युको नाममा पठाइ उहाँकै हात द्वारा पीडित श्यामकला रायमाझी  काठमाण्डौको टिचिंग हस्पिटलमा आकम्स्मित बेड खालि न भएको कारणले गर्दा सोहि काठमाडौंको मध्य बानेस्वर भेनेस हस्पिटलमा अहिले उहाको उपचार का साथै हप्ताको दुइ पटक डायलेसिस गराईरहनु भएको हुदा । उहाँको स्वास्थ्य उपचारमा थोरै भए पनि सहयोग होस भनी । मृगौला पीडित श्यामकला रायमाझी कि छोरी अबिना रायमाझी लाई एक समारोहका बिच सहयोग रकम हस्तान्तरण गरिएको छ ।
  
सहयोगी मन हरुको नामवली निम्न छ ।
१ - अर्घाखाँची प्रवासी समाज बहराईन
२ - राहुल रायमाझी
३ - सुर्य थापा
४ - रामु सेजवाल
५ - शिव थापा
६ - बिक्रम भट्टराई
७ - बिकास खनाल
८ - युबराज के.सी.
९ - कृष्ण प्रसाद गैरे
१० - राम भट्टराई
११ - हिम्मत के.सि.
१२ - बाबुराम  थापा
१३ - केशव खनाल
१४ - बिष्णु सारु मगर
१५ - कृष्ण बि.सि.
१६ - धन ब बस्नेत
१७ - कमल घिमिरे
१८ - केशव दंगाल
१९ - सन्तोष सोमै
२० - केशव थापा क्षेत्री
२१ - केशव थापा
२२ - अनमोल राक्से मगर
२३ - देब थापा
२४ - शिव शंकर आचार्य (पोखरा)
२५ - रमेश बि.क.

सम्पुर्ण सहयोगी मन हरुलाई हार्दिक धन्यवाद आभार प्रकट गर्दै । अर्घाखाँची प्रवासी समाज बहराईन परिवार पीडित को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

        सचिव
अनमोल राक्से मगर
अर्घाखाँची प्रवासी समाज बहराईन

पैसाको कमिले अप्रेसन हुन सकेन,भुकम्पमा बुवा आमा गुमायकी शुश्माको, यदि धर्म  सत्कर्म बाट मिल्छ भने पैसाको अभाबमा हस्पिटलमा जीवन मरणको दोसाधमा बसिरहेकी यी नानू लाई सहयोग गरेर जीवन रक्षा गर्नुभन्दा ठूलो सत्कर्म अरु के होला?   यहाँहरुको थोरै थोरै सहयोग ले नयाँ जीवन पाउनेछिन कक्षा ९ मा अध्ययनरत १६ बर्षकी बैनिले।


नेपाल तथा बिदेशमा हुनु भयको सम्पुर्ण नेपाली दाजुभाई दिदिबैनिलाई सहयोग गरिदिनु हुन अनुरोध छ।जसरी पनि  यो बैनीलाई वचाउनु छ  ।
बिर हस्पिटलको बेड नम्बर  504 मा छिन शुस्मा ।
सक्दाे सहयोग गर्नुहोला।


           गोरखा जिल्ला अजिरकोट गाउँपालिका हाल मुच्चोक २ बस्ने कक्षा ९मा अध्ययनरत बर्ष १६ कि शुस्मा परियार यहि भाद्र २९ गते रुखबाट लडि करिब ५० मिटर तल पुगि टाउकोमा गहिरो चोट र घाँटी भाँचिएर हाल काठमण्डौँको वीर हस्पिटलमा जीवन र मृत्युसँग लडिरहेकी छिन्। उनको बुबा आमा २०७२ बैसाख १२ को भुकम्पमा परि मृत्यु हुनुभयो। उनको उपचारका लागि तत्काल अप्रेसन गर्नुपर्ने भएकोले देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदिबहिनी तथा संघ संस्थाहरुलाइ सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं। सहयोगको लागि, नोबिल बैंकको खाता नः ४३१००१७५०३२४४ रन बहादुर बसेल (9806717178)


जानकारी लक्ष्मण क्षेत्री बाट 
https://www.facebook.com/laxman.bhatta.73


पैसाको कमिले अप्रेसन हुन सकेन,भुकम्पमा बुवा आमा गुमायकी शुश्माको, यदि धर्म  सत्कर्म बाट मिल्छ भने पैसाको अभाबमा हस्पिटलमा जीवन मरणको दोसाधमा बसिरहेकी यी नानू लाई सहयोग गरेर जीवन रक्षा गर्नुभन्दा ठूलो सत्कर्म अरु के होला?   यहाँहरुको थोरै थोरै सहयोग ले नयाँ जीवन पाउनेछिन कक्षा ९ मा अध्ययनरत १६ बर्षकी बैनिले।

नेपाल तथा बिदेशमा हुनु भयको सम्पुर्ण नेपाली दाजुभाई दिदिबैनिलाई सहयोग गरिदिनु हुन अनुरोध छ।जसरी पनि  यो बैनीलाई वचाउनु छ  ।
बिर हस्पिटलको बेड नम्बर  504 मा छिन शुस्मा ।
सक्दाे सहयोग गर्नुहोला।

           गोरखा जिल्ला अजिरकोट गाउँपालिका हाल मुच्चोक २ बस्ने कक्षा ९मा अध्ययनरत बर्ष १६ कि शुस्मा परियार यहि भाद्र २९ गते रुखबाट लडि करिब ५० मिटर तल पुगि टाउकोमा गहिरो चोट र घाँटी भाँचिएर हाल काठमण्डौँको वीर हस्पिटलमा जीवन र मृत्युसँग लडिरहेकी छिन्। उनको बुबा आमा २०७२ बैसाख १२ को भुकम्पमा परि मृत्यु हुनुभयो। उनको उपचारका लागि तत्काल अप्रेसन गर्नुपर्ने भएकोले देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदिबहिनी तथा संघ संस्थाहरुलाइ सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं। सहयोगको लागि, नोबिल बैंकको खाता नः ४३१००१७५०३२४४ रन बहादुर बसेल (9806717178)

जानकारी लक्ष्मण क्षेत्री बाट
https://www.facebook.com/laxman.bhatta.73

नेपाली रिति रिवाज , परम्परा , संस्कृतिलाई बचाई राख्न , परदेशमा नै भए पनि नेपाली हरु एक जुट भयर रमाईलो गर्न तथा चाड पर्व मनाउन प्रबासी नेपाली मन्च ओमन ले दशैं विशेष कार्यक्रम राखेको हुँदा सम्पुर्ण ओमन बासी नेपाली दाजुभाई दिदिबैनी हरुलाई उपस्थित भयर कार्यक्रम सफल बनाईदिनुहुन ,शुभकामना आदान प्रदान गर्नुहुन बिनम्र अनुरोध गर्दछु। हामि जहाँ रहे पनि आखिर मन त नेपाली नै हो।

मिति: २९ सेप्टेम्बर २०१७ शुक्रबार
समय: बिहान ठिक ११ बजेदेखी
स्थान: जाकिर मल अलखाम होटल अलखुएर
प्रबेश शुल्क: रि ओ ३.०००/- मात्र
सम्पर्क : 96414560

- दशरथ काफ्ले
प्रबासी नेपाली मन्च ओमन

एनआरएनएको उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने भयका छन। 

डिसी नेपाल संवाददाता, ९ आश्विन २०७४

महेश कार्की /कतार

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्वसम्मेलन  तथा  नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनमा उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने भएका छन् ।

२००३ देखि गैरआवासीय नेपाली संघ
 संघको कतारको अभियानमा सक्रिय हुँदै आएका भाट २००६ मा एनआरएनए कतारको महासचिव हुँदै २००९ एनआरएनए कतारकै अध्यक्ष   जिम्मेवारी सफलतापूर्वक  निभाउदै २०१३देखि २०१५ सम्म को कार्यकाल का  लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्य  पुर्व  संयोजक को जिम्मेवारी समेत सफलतापूर्वक निभाइसकेका छन  ।
 
यसअघि पनि २ पटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएपनि मध्यपूर्वबाट अन्य उम्मेदवार पनि खडा हुदा झिनो मतले भाट पराजित हुन पुगेका थिए । तर, यो पटक मध्यपूर्वबाट अहिलेसम्म उपाध्यक्ष पदमा कसैको पनि उम्मेदवारी नपर्दा तथा बलियो उम्मेदवारका रुपमा भाटनै रहेका हुदा उनले उपाध्यक्षमा पुन: उम्मेदवारी दिन लागेका हुन ।
 

 बिगत लामो समय देखि कतारलाई कर्मथलो बनाएर सफल व्यवसायीको पहिचान बनाएका भाट विभिन्न सामाजिक कार्य मा पनि सक्रिय रुप मा लागि रहेका छ्न।   यसपटक भने  मध्यपूर्वका एनआरएन अगुवाहरुको साथ लिएर अघि बढन लागेको बुझिएको छ ।
 
एनआरएन अभियानमा पदमा रहदा होस या नरहदा आफु निरन्तर लागिरहेको बताउदै भाटले एनआरएनए आइसीसीमा मिडलइष्टको प्रतिनिधीत्वका लागि पनि आफुले उम्मेदवारी दिने सोच बनाएको बताएका छन् । ‘मध्यपूर्वको माग र आवश्यक्तालाई सम्वोधन गराउन पनि आइसीसीमा मध्यपूर्वको प्रतिनिधीत्व जरुरी छ । यसैका लागि मध्यपूर्वी क्षेत्रका अगुवाहरु तथा धेरै साथीहरुको सल्लाहले मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने मनशाय बनाएको छु’ आफ्नो उम्मेदवारी बारे संक्षिप्त प्रतिक्रिया दिदै भाटले भने ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्वसम्मेलन तथा महाअधिवेशन   यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुदैछ ।
 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.