नेपालमा केही हुदैन होइन , धेरै थोक हुन्छ।नेपाल स्विजरल्याण्ड होइन, त्यो भन्दा पनि उत्कृष्ट मुलुक बन्न सक्नेमा कुनै दुबिधा छैन।खाचो केवल परिश्रमी हातहरुको छ।दृढ़ संकल्प को छ।

लामो बिदेश बसाई पछि नेपाल फर्किदा,जसै हवाइजहाज नेपाली भुमिमा अवतरण गर्ने बेला हुन्छ, हरकोही नेपालीलाई एउटा भिन्नै अनुभुतिले झ्याम्म छोप्छ।हवाईजहाजका झ्यालबाट देखिएका हरियाली अनि हिमालको मनोरम दृश्यले मन मस्तिष्कलाई रोमान्चित बनाउछ।प्रकृतिले कुनै कन्जुस्याइँ नगरी सजाएको, हाम्रो प्यारो मातृभूमि नेपालको पवित्र धर्तिमा ओर्लदा गर्वले छाती चौडा हुन्छ।     
                              तर
जसै पाईला जमिनमा पर्छ ,त्यो गर्व अनि रोमाञ्च क्षणभरमै बिलय हुन्छ।
नुन खाएका कुखुरा जस्ता कर्मचारीहरू, अव्यवस्थित अन्तर्राष्ट्रिय विमानस्थल,दुर्गन्धित सौचालय आदिले नेपालमै केही गरौ भनी विदेशी कमाईलाई लत्याई, नेपाल फर्कने जोकोहीलाई पहिलो वितृष्णा विमानस्थलमै हुन्छ।घाँटी सुक्ने गरि कराएर आफ्नो झिटिगुण्टा दावा गर्नु पर्ने अनौठो नियम भएको विमानस्थलबाट बाहिर निस्कने बित्तिकै हरिया प्लेटका सवारीसाधन को चर्को मोलमोलाइले ,एउटा तौरतरिका अनि नियमानुसार कार्य गर्ने बानी भएकालाई असहज अनुभुति हुन्छ।
लेन मिचेर, ओभरटेक गर्दै चर्को हर्न बजाएर गुडने अनि जथाभावी जुनसुकै दिशाबाट आएका सवारीसाधन देख्दा लाग्छ ,यो गन्तव्यमा पुर्याउने सडक होइन, मृत्यु बोलाउने साधन हो।
तर यी सबका अलावा पनि नेपाल ,सम्भावना प्रचुर भएको आशालाग्दो मुलुक हो।उर्वर भुमी, भौगोलिक विविधता ,अनि मानिस बस्न योग्य हावापानी भएको भुस्वर्ग हो।
अहिले बन्दै गरेका र बन्ने प्रक्रियामा रहेका हाइड्रोपावर हरु,नेपाललाई हैटी अनि अन्य युद्धले ध्वस्त भएका मुलुक जस्तो बन्न नदिने आशालाग्दा परियोजना हरु हुन।
बुढिगण्डकी कालीगण्डकी तामाकोसी पन्चेस्वर जस्ता ठुला हाइड्रोपावर परियोजना हरु निर्माणाधीन छन।कुनै परियोजना ९० प्रतिशत तैयार भैसकेका छन भने बाकी परियोजना हरु बन्ने प्रक्रियामा छन ।यी हाइड्रोपावरका परियोजना हरु नेपाललाई बिधुतमा आत्मनिर्भर बनाउन सक्ने मात्रै नभै बिधुत बिक्रीवितरण गरि बिदेशी मुद्रा आर्जन गर्ने,अनि अहिले नेपाली जनताले भोग्नुपरेको लोडसेडिङ बाट उन्मुक्ति दिन सक्ने हैसियतका परियोजना हरु हुन।
अनि लिपिङ, भैरवकुण्ड जस्ता अन्य साना हाइड्रो का परियोजनाले पनि नेपाललाई विकासको गति तर्फ उन्मुख गराउदै छन।
अर्गानिक तरकारी ,हिमाली जडिबुटी, यार्सागुम्बा, मुस्ताङका स्याउ,धनकुटा अनि पोखराका  सुन्तला,इलामका चिया,गुल्मीको कफि आदि जस्ता कृषीजन्य बस्तुहरु नेपाल कृषिमा आत्मनिर्भर बन्ने मात्र नभै उत्पादन वृद्धि गरे  अन्तर्राष्ट्रिय मुद्रा आर्जनको भरपर्दो स्रोत बन्न सक्छ।
विश्व बजार, मान्छेले बनाएका कृतिम निर्माण कौशल बाट पर्यटन बिस्तार गर्दैछ भने हामी प्रकृतिको अनुपम भण्डार भित्र छौ।
विश्वमा साहसिक पर्यटनको आकर्षण बढिरहेको छ । प्याराग्लाइडिङ , बन्जी जम्पिङ राफ्टिङ आदि साहसिक पर्यटकका आकर्षण हुन।
पर्यटकहरू स्वच्छ हावापानीमा रमाउन चाहन्छन् । साहसिक पर्यटनका लागि नेपाल केन्द्रस्थल मानिन्छ । संसारभरका हरेक पर्वतारोही वर्षको एकपटक नेपाल आउने गर्छन् । यहाँ सन्तुलित हावापानी छ । अर्थात्  थुप्रै देशले ‘कुलिङ’ र ‘हिटिङ’मा वर्षेनि अर्बौं रुपैयाँ खर्च गर्छन् । तर, नेपालको अधिकांश स्थानमा प्राकृतिक रूपमै सो सुविधा उपलब्ध छ । ती देशले घरकोठा तथा कार्यालयलाई वातावरण अनुकूलित गराउन खर्च गर्ने पैसा नेपालले अन्य क्षेत्रमा लगानी गर्न सक्छ । यस तथ्यलाई ध्यान दिँदै नेपाललाई अन्तरराष्ट्रिय व्यावसायिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ । विदेशी लगानी आकर्षित गरी नेपाललाई अन्तरराष्ट्रिय आर्थिक केन्द्रका रूपमा विकास गर्न सक्ने सम्भावना छ ।
विभिन्न प्रजातीका पुतली हरु , काडेभ्याकुर जातको नेपालमा मात्रै पाइने चरा अनि अन्य दुर्लभ बन्यजन्तु हरु , प्राकृतिक रिसर्च गर्नका लागि आउने बौद्धिक पर्यटकको आकर्षण बन्न सक्छ।नेपाली भाषा , सस्कृती भेषभुषा जात्रा अनि पर्वहरु पनि पर्यटन बिस्तारमा कोसेढुङा बन्न सक्छन।
नेपालमा केही हुदैन होइन , धेरै थोक हुन्छ।नेपाल स्विजरल्याण्ड होइन, त्यो भन्दा पनि उत्कृष्ट मुलुक बन्न सक्नेमा कुनै दुबिधा छैन।
खाचो केवल परिश्रमी हातहरुको छ।दृढ़ संकल्प को छ।
- रजनी ढुङ्गाना
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.