Articles by "Health"

Showing posts with label Health. Show all posts

शरीरलाई न्यानो राख्ने मसला (भान्सामै औषधी)
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर ३ शुक्रबार प्रकाशित 


जिरा
जिराले शरीरलाई भित्रैदेखि तातो राख्ने भएकाले जिराले दाल झान्ने, यसलाई तरकारी र सुपमा हालेर पकाउने आदि गर्नुपर्छ ।

अदुवा
अदुवाले पनि शरीरको चिसोपन हटाउने भएकाले यसलाई चियामा मिसाएर, तरकारी र चटनीमा हालेर खानुपर्छ ।

दालचिनी
यसले खानाको स्वादमात्रै बढाउँदैन, शरीरको तापक्रम पनि बढाउने काम गर्छ । साथै, यसले रक्तसञ्चारलाई सुचारु र नियन्त्रण गर्छ । चिया र तरकारीमा दालचिनी हालेर यसको मज्जा लिन सकिन्छ ।

मरिच
मरिचले शरीरलाई न्यानो राख्ने र विभिन्न संक्रमणबाट जोगाउने गर्छ । यसलाई तरकरी र सलादमा मिसाएर जाडोभरि नियमित खाने गर्नुपर्छ ।

अलैँची
यसले शरीरलाई न्यानो राख्ने र शरीरलाई रोगसँग लड्न योग्य बनाउने काम गर्छ । यसलाई तरकारी, चिया, अचार आदिमा मिसाएर खान सकिन्छ ।

- साभार www.swasthyakhabar.com बाट


पानी कति र कसरी पिउने?

सानो अथवा मध्यम शरीर भएकाले प्रतिदिन तीन लिटर र ठूलो शरीर भएकाले चार लिटर पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । पानी पिउँदा घटघटी नभई सुरुप–सुरुप पिउनुपर्छ । बीच–बीचमा सास लिनुपर्छ । पानी पिउने उपयुक्त समय यी हुन्ः

–    बिहान उठ्नसाथ पानी पिउँदा कब्जियतको प्रभाव न्युन भई दिशा खलास हुन्छ ।

–    खाना खानुभन्दा आधा घण्टाअघि पानी खाएमा पाचन प्रणाली चुस्त र बलियो हुन्छ । खाना खाइसकेपछि पानी पिउने बानी छोड्नुपर्छ ।
–    नुहाउनुअघि पानी पिउने गरेमा रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । उच्च रक्तचाप हुनेहरूले नुहाउनुअघि पानी पिउने बानी आजैदेखि बसाल्नुपर्छ ।

–    सुत्नुअघि पानी पिउनाले हृदयाघातको जोखिम कम हुन्छ । अनिद्राको समस्या छ भने चाहिँ सुत्नुअघि कम पानी पिउनुपर्छ । किनकि, पानी पिउँदा राति पिसाब आई निद्रा बिथोलिन सक्छ ।

–    बिहान उठेपछि मनतातो पानीमा मह र कागतीको रस मिसाई खाँदा समग्र शरीरलाई लाभ मिल्छ ।

–    पानी पिउँदा बिस्तारै सुरुप सुरुप गरेर पिउनुपर्छ । यसो गर्दा शरीरमा अम्ल र क्षारको मात्रा सन्तुलनमा रहन्छ । पानी बिस्तारै पिउनाले शरीरमा बढी मात्रामा क्षार उत्पन्न हुन्छ जसले अम्लको मात्रालाई सन्तुलन गरिदिन्छ ।

–    काक्रा, खरबुजालगायत फलफूलमा प्रशस्त मात्रामा पानी हुन्छ । त्यसैले यस्ता फलफूल खानासाथ पानी पिउनु हुँदैन ।

–    चिया, कफी, दूधजस्ता तातो वस्तु खानासाथ पानी खानु हुँदैन ।

–    व्यायाम गर्दा शरीरबाट पसिना निस्कन्छ, जसले शरीरलाई डिहाइड्रेट गरिदिन्छ । त्यही भएर व्यायामपछि पानी पिउने गर्नु राम्रो हुन्छ ।

–    बाहिर घामबाट हिँडेर अथवा कामबाट फर्किनासाथ पानी पिउनु हुँदैन । केही क्षण आराम गरेर शरीर नर्मलमा आएपछि पानी पिउनुपर्छ ।

–    ज्यादा चिसो अथवा तातो पानी भरसक पिउनु हुँदैन । ज्यादा तातो अथवा चिसो पानी पिउने गरेमा यसलाई औसत तापक्रममा ल्याउन पेटले अतिरिक्त श्रम गर्नुपर्छ ।

साभार www.swasthyakhabar.com बाट

मधुमेहले यसरी बिगार्छ मिर्गौला
डा. सञ्जीवकुमार शर्मा, २०७३ कार्तिक २९ सोमबार प्रकाशित

विश्वभर मधुमेहबाट पीडित व्यक्तिहरूको संख्या लगातार बढीरहेको छ । मधुमेहका रोगीहरूको बढ्दो संख्याले मिर्गौैलाले काम गर्न छोड्ने समस्या पनि बढीरहेको छ । मधुमेहले निम्त्याउने सबैभन्दा घातक जटिलता मध्ये यो एउटा हो ।

मधुमेह सम्बन्धी मिर्गाैला रोग के हो ?

रगतमा चिनीको मात्रा लगातार बढी रह्यो भने त्यसले मृगौलाको सानो रक्तनलिलाई क्षति पु¥याउँछ । साना साना नलीहरूमा क्षति पुगेपछि, पिसाबमा एल्बुमिन निस्किन थाल्छ । यो मधुमेहबाट हुने मिर्गाैलारोगको सुरुवाती अवस्था हो र यसलाई पिसाबको परीक्षणबाट पत्ता लगाउन सकिन्छ । त्यसपछि यसले उच्च रक्तचाप, सुन्निने समस्याका साथै मृगौलालाई क्रमशः क्षति पु¥याउन थाल्छ । अन्ततः यसले मिर्गाैलाबिफल गराउँछ । मधुमेहले निम्त्याउने मृगौलाको समस्यालाई मधुमेह सम्बन्धी मिर्गाैलारोग भनिएको हो ।

मधुमेहले गर्दा मृगौलाले काम गर्न छोड्ने समस्याबारे जान्नु किन आवश्यक छ ?

विश्वभर मधुमेहको समस्या द्रुत गतिमा वृद्धि भइरहेको छ ।

मधुमेह सम्बन्धी मिर्गाैलारोग मृगौलाको दीर्घरोग लाग्ने सबैभन्दा मुख्य कारण हो ।

मिर्गाैलाविफल भएका नयाँ निदान भएका बिरामीहरूमध्ये ४०—४५ प्रतिशतमा मधुमेह नै त्यसको कारण हुने गर्दछ ।

अन्तिम अवस्थाको मिर्गाैलारोगको उपचार धेरै महँगो हुन्छ र विकासोन्मुख देशका बिरामीहरूका लागि त्यो बेहोर्न नसक्ने पनि हुन सक्छ ।

छिटो निदान र उपचारबाट मधुमेह सम्बन्धी मिर्गाैलारोग रोक्न सकिन्छ । मृगौलाको दीर्घरोग भएका मधुमेहका बिरामीहरूलाई सही उपचारबाट डायलाइसिस र प्रत्यारोपणको आवश्यकतालाई पर सार्न सकिन्छ ।

मधुमेह सम्बन्धी मिर्गाैलारोग भएका बिरामीहरूमा मुटु सम्बन्धी कारणले हुने मृत्युको जोखिम पनि बढी हुन्छ ।

त्यसैले मधुमेहका बिरामीहरूमा मधुमेह सम्बन्धी मिर्गाैलारोग लागेको छ कि छैन भन्ने चाँडो निदान गर्नु अत्यावश्यक हुन्छ ।

मधुमेह कति प्रकारका हुन्छन् ? बिरामीहरूमा कतिलाई मधुमेह सम्बन्धी मिर्गाैलारोग लाग्दछ ?

मुख्य दुई प्रकारका मधुमेह हुन्छन् जसमा मधुमेह सम्बन्धी मिर्गाैलारोग लाग्ने फरक खालका जोखिम हुन्छन् ।

पहिलो प्रकारको मधुमेह (टाइप १ मधुमेह)

पहिलो प्रकारको मधुमेह प्राय कलिलै उमेरमा लाग्छ र यसलाई नियन्त्रण गर्न इन्सुलिन आवश्यक पर्छ । पहिलो प्रकारको मधुमेह लागेका बिरामीहरूमध्ये करिब ३०—३५ प्रतिशतलाई मधुमेह सम्बन्धी मिर्गाैलारोग लाग्छ ।

दोस्रो प्रकारको मधुमेह (टाइप २ मधुमेह)

दोस्रो प्रकारको मधुमेह प्राय वयस्क व्यक्तिहरूलाई लाग्छ र यसलाई प्रायः इन्सुलिन बिनै नियन्त्रण गरिन्छ । दोस्रो प्रकारको मधुमेह भएका बिरामीहरूमध्ये १०—४० प्रतिशतलाई मधुमेह सम्बन्धी मिर्गाैलारोग लाग्छ । दोस्रो प्रकारको मधुमेह मृगौलाको दीर्घरोगको सबैभन्दा मुख्य कारण हो र मिर्गाैलाविफल भएका बिरामी मध्ये एक तिहाई भन्दा बढी बिरामीहरू मधुमेहले गर्दा नै मिर्गाैलाबिफल भएका हुन्छन् ।

कुन मधुमेहको बिरामीलाई  मिर्गाैलारोग लाग्छ ?

कुन चाहिँ मधुमेहको बिरामीलाई मधुमेह सम्बन्धी मिर्गाैलारोग हुन्छ भनेर भविष्यवाणी गर्नु कठिन हुन्छ । तर यो रोग लाग्ने मुख्य जोखिमका पक्षहरू निम्न छन् :

२० वर्षभन्दा कम उमेरमा सुरु भएको पहिलो प्रकारको मधुमेह
राम्रोसँग नियन्त्रण नगरिएको मधुमेह
राम्रोसँग नियन्त्रण नगरिएको उच्च रक्तचाप
मधुमेह र मृगौलाको दीर्घरोग भएको परिवारको सदस्य
मधुमेहका कारण आँखामा समस्या वा स्नायुमा क्षति भएका व्यक्ति
पिसाबमा एल्बुमिन वा प्रोटिन देखिएका बिरामी
मोटोपना र रगतमा बढी लिपिड भएका मधुमेहका बिरामी ।

मधुमेह सम्बन्धी मिर्गाैलारोग कहिले हुन्छ ?

मधुमेह सम्बन्धी मिर्गाैलारोग सुरु हुन धेरै वर्ष लाग्छ, त्यसैले मधुमेह भएको पहिलो १० वर्षमा यो हुने सम्भावना अत्यन्त कम हुन्छ । मधुमेह सम्बन्धी मिर्गाैलारोगका लक्षण पहिलो प्रकारको मधुमेह भएको १५ देखि २० वर्षमा देखिन थाल्छ । मधुमेह भएको पहिलो २५ वर्षमा बिरामीमा मधुमेह सम्बन्धी मिर्गाैलारोग देखिएन भने यो हुने जोखिम कम हुन्छ ।

तर यहाँ के कुरामा ध्यान दिनु पर्छ भने, नियमित परीक्षण नगर्ने मानिसलाई दोस्रो प्रकारको मधुमेह (टाइप २ मधुमेह) कहिले लागेको भन्ने थाहा हुदैन । त्यसैले हरेक दोस्रो प्रकारको मधुमेह भएको बिरामीले मधुमेह निदान हुनासाथ मिर्गाैलासम्बन्धी समस्या भएको वा नभएको परीक्षण गराई हाल्नु पर्छ ।

मधुमेह सम्बन्धी मिर्गाैलारोग भएको आशंका कस्तो अवस्थामा गर्ने ?

निम्न अवस्थामा मधुमेहका बिरामीमा मधुमेह सम्बन्धी मिर्गाैलारोग भएको आशंका गर्ने :

पिसाबमा एल्बुमिन वा प्रोटिन देखिनु (प्रारम्भिक चरणमा देखिने)

उच्च रक्तचाप हुनु वा भइरहेको उच्च रक्तचाप अझै बढ्नु,

खुट्टाको गोलीगाँठो, पैताला र अनुहार सुन्निनु, पिसाबको मात्रा कम हुनु वा तौल बढ्नु,

इन्सुलिन वा मधुमेहका औषधीको आवश्यकता कम हुनु,

चिनीको मात्रा लगातार कम हुनु । विगतमा मधुमेहको नियन्त्रण राम्रोसँग नगरेको मधुमेहका औषधीको मात्राले मधुमेह राम्रोसँग नियन्त्रण हुनु ।

औषधी बिनै मधुमेह नियन्त्रणमा आउनु । धेरै बिरामीहरू चिनीको मात्रा नियन्त्रणमा आएको देखेर मधुमेहको रोग निको भयो होला भनेर खुसी हुन्छन् तर खास कुरा के हो भने निजमा मृगौलाले काम गर्न छोड्ने समस्या भएको हुन सक्छ । मृगौलाले काम गर्न छोडेको समस्या भएका बिरामीहरूमा मधुमेह विरुद्धका औषधीको लामो प्रभाव हुन्छ ।

मृगौलाको दीर्घरोगका पछिल्लो चरणमा देखिने लक्षणहरू (कमजोरी, थकान, भोक कम लाग्ने, वाकवाकी हुने, बान्ता हुने, चिलाउने, पहेँलोपना र श्वासप्रश्वास कम हुने) देखिनु,

रगत परीक्षणमा क्रिएटिनिन र युरियाको मात्रा बढी देखिनु ।

निदान कसरी हुन्छ र कुन परीक्षणबाट सुरुमा थाहा पाउन सकिन्छ ?

मधुमेह सम्बन्धी मिर्गाैलारोगको निदानका लागि गरिने दुईवटा सबैभन्दा महत्वपूर्ण परीक्षण भनेको पिसाबमा एल्बुमिनको परीक्षण र रगतमा क्रिएटिनिनको परीक्षण हुन् । सकेसम्म चाँडो मधुमेह सम्बन्धी मिर्गाैलारोग थाहा पाउन गरिने परीक्षण माइक्रोएल्बुमिनुरिया हो । यो सबैभन्दा महत्वपूर्ण परीक्षण पिसाबमा निस्किने एल्बुमिनका लागि गरिने पिसाबको परीक्षण हो । पिसाबमा माइक्रोएल्बुमिन देखियो भने मधुमेह भएका मानिसमा मधुमेहबाट हुने मिर्गाैलारोग सुरु भएको मानिन्छ । क्रिएटिनिनका लागि गरिने रगत परीक्षणबाट मृगौलाको कार्यक्षमता थाहा हुन्छ । जति बढी क्रिएटिनिनको मात्रा छ, मृगौलाको कार्यक्षमता त्यति नै कमजोर हुन्छ ।

माइक्रोएल्बुमिनुरिया र म्याक्रोएल्बुमिनुरिया भनेको के हो ?

एल्बुमिनुरिया भनेको पिसाबमा एल्बुमिन, अर्थात पिसाबमा थोरै मात्रामा प्रोटिन जानु हो । माइक्रोएल्बुमिनुरियाले पिसाबमा थोरै मात्रामा प्रोटिन (प्रतिदिन ३०—३०० मिलिग्राम) भएको संकेत गर्छ जसलाई पिसाबको साधारण परीक्षणबाट थाहा हुँदैन । यसको लागि छुट्टै परीक्षण हुन्छ ।

पिसाबमा धेरै मात्रामा एल्बुमिन (प्रतिदिन ३०० मिलिग्राम भन्दा बढी) भएको संकेत गर्ने म्याक्रोएल्बुमिनुरिया नियमित पिसाब परीक्षणबाट थाहा हुन्छ ।

किन माइक्रोएल्बुमिनुरियाका लागि गरिने पिसाब परीक्षण मधुमेह सम्बन्धी मिर्गाैलारोगको निदानको सबैभन्दा उपयुक्त परीक्षण हो ?

माइक्रोएल्बुमिनुरियाका लागि गरिने परीक्षणबाट सबैभन्दा चाँडो मधुमेह सम्बन्धी मिर्गाैलारोगको निदान गर्ने हुनाले योे सबैभन्दा उपयुक्त परीक्षण हो । यस चरणमा मधुमेह सम्बन्धी मिर्गाैलारोगको चाँडो निदान हुनु बिरामीका लागि लाभदायी हुन्छ किनभने चाँडो थाहा पाइयो भने मधुमेह सम्बन्धी मिर्गाैलारोगलाई सही उपचारबाट रोक्न वा निको पार्न सकिन्छ ।

माइक्रोएल्बुमिनुरिया परीक्षणबाट मधुमेह सम्बन्धी मिर्गाैलारोग अन्य सामान्य पिसाब परीक्षणभन्दा पाँच वर्ष चाँडो र रगतमा क्रिएटिनिनको मात्रा बढ्नुभन्दा धेरै वर्ष अगाडि थाहा हुन्छ । मृगौलालाई जोखिममा पु¥याउनुका अतिरिक्त माइक्रोएल्बुमिनुरियाले मधुमेहका बिरामीलाई मुटुरोग सम्बन्धी जटिलता पनि उत्पन्न गराउन सक्छ ।

माइक्रोएल्बुमिनुरियाको छिटो निदान हुन सक्ने क्षमताले बिरामीलाई डरलाग्दो रोग लाग्न नदिन सचेत गराउँछ र चिकित्सकलाई त्यस्ता बिरामीहरूलाई राम्रोसँग उपचार गर्ने अवसर प्रदान गर्छ ।

माइक्रोएल्बुमिनुरियाका लागि पिसाबको परीक्षण कहिले र कसरी गर्ने ?

पहिलो प्रकारको मधुमेहमा माइक्रोएल्बुमिनुरियाको परीक्षण मधुमेह भएको पाँच वर्षपछि र त्यसपछि प्रत्येक वर्ष गराउनुपर्छ । दोस्रो प्रकारको मधुमेहमा रोगको निदान हुनेबित्तिकै र त्यसपछि प्रत्येक वर्ष माइक्रोएल्बुमिनुरियाको परीक्षण गराउनुपर्छ ।

मधुमेहका बिरामीमा माइक्रोएल्बुमिनुरियाका लागि पिसाबको परीक्षण कसरी गरिन्छ ?

मधुमेह सम्बन्धी मिर्गाैलारोगको निदानका लागि पहिलो नियमित डिपस्टिक परीक्षणबाट पिसाबको परीक्षण गरिन्छ । यस परीक्षणमा प्रोटिन पाइएन भने माइक्रोएल्बुमिनुरिया थाहा पाउन माइक्रोएल्बुमिनुरियाको लागि पिसाब परीक्षण गरिन्छ । नियमित परीक्षणमा पिसाबमा एल्बुमिन पाइयो भने माइक्रोएल्बुमिनुरियाको परीक्षण गर्नु आवश्यक हुँदैन ।

माइक्रोएल्बुमिनुरियाको लागि गरिने तीनवटा साधारण परीक्षणहरू निम्न प्रकारका हुन् :

स्थलगत मुत्रपरीक्षण :युरिन स्ट्रिप (डिपस्टिक) प्रयोग गरेर यो परीक्षण जहाँ पनि गर्न सकिन्छ । यो परीक्षणमा एल्बुमिन देखिए पिसाबको एल्बुमिन र क्रिएटिनिनको थप परीक्षण गरी यसलाई पुष्टि गर्नुपर्छ ।

एल्बुमिन र क्रिएटिनिनको अनुपात (एसीआर) : पिसाबमा एल्बुमिन र क्रिएटिनको अनुपातको नाप माइक्रोएल्बुमिनुरिया परीक्षण गर्ने भरपर्दो विधि हो । एसीआरले २४ घण्टामा पिसाबमा कति एल्बुमिन निस्क्यो भन्ने देखाउछ । बिहान सबेरै लिने पिसाबको नमुनामा एसीआर ३०—३०० mनरन देखियो भने त्यसले माइक्रोएल्बुमिनुरिया (एसीआरको सामान्य मात्रा भनेको ३० mनरन भन्दा कम हुनुपर्छ) भएको निदान गर्छ । तर यो परीक्षण सर्वत्र उपलब्ध नभएको र महँगो भएका कारण यसको प्रयोग कम भएको पाइएको छ ।

माइक्रोएल्बुमिनुरियाका लागि २४ घण्टाको पिसाब संकलन : २४ घण्टाको पिसाब संकलन गर्दा पिसाबमा ३० देखि ३०० mनरन एल्बुमिन देखियो भने त्यसले माइक्रेएल्बुमिनुरिया भएको संकेत गर्दछ । माइक्रोएल्बुमिनुरियाको निदानका लागि यो एउटा स्तरीय विधि हो ।

डिपस्टिक (एल्बु स्टिक) परीक्षणले कसरी मधुमेह सम्बन्धी मिर्गाैलारोगको निदानमा मद्दत गर्छ ?

पिसाबको डिपस्टिक (एल्बु स्टिक) परीक्षण पिसाबमा प्रोटिन थाहा पाउन गरिने सर्वाधिक लोकप्रिय परीक्षण हो । मधुमेहका बिरामीहरूमा पिसाबको डिपस्टिक परीक्षण माइक्रोएल्बुमिनुरिया थाहा पाउने सजिलो र छिटो विधि हो ।

माइक्रोएल्बुमिनुरियाको परीक्षणबाट मधुमेह सम्बन्धी मिर्गाैलारोगका बिरामीहरूको चाँडो पहिचान हुने भए पनि विकासोन्मुख देशहरूमा यसको लागत र उपलब्धताको कमीले यसको प्रयोग सीमित रहेको छ । यस्तो अवस्थामा माइक्रोएल्बुमिनुरियाको निदान गर्ने पिसाबको डिपस्टिक परीक्षण मधुमेह सम्बन्धी मिर्गाैलारोगको अर्को सर्वोत्तम निदानात्मक विकल्प हो ।

पिसाबको डिपस्टिक परीक्षण सजिलो र सस्तो विधि हो र यो साना ठाउँहरूमा पनि तुरुन्त उपलब्ध हुन्छ । त्यसैले यो मधुमेह सम्बन्धी मिर्गाैलारोगको निदानका लागि एउटा सही र सहज विकल्प हो । मधुमेह सम्बन्धी मिर्गाैलारोगको यस चरणमा राम्रोसँग व्यवस्थापन गर्नु लाभदायी हुन्छ र यसले डायलाइसिस वा मिर्गाैलाप्रत्यारोपणको आवश्यकताबाट जोगाउन वा धेरै पर धकेल्न सक्छ ।

मधुमेह सम्बन्धी मिर्गाैलारोगको निदान कसरी गरिन्छ ?

उपयुक्त विधिः मधुमेहका बिरामीहरूले प्रत्येक वर्ष माइक्रोएल्बुमिनुरियाका लागि पिसाबको परीक्षण र क्रिएटिनिनका लागि रगतको परीक्षण गराउनु ।

व्यावहारिक विधिः मधुमेहका बिरामीहरूले प्रत्येक तीन महिनामा रक्तचाप र पिसाबको डिपस्टिक परीक्षण र प्रत्येक वर्ष क्रिएटिनिनेका लागि रगतको परीक्षण गर्ने । मधुमेह सम्बन्धी मिर्गाैलारोग थाहा पाउने यो विधि सस्तो र विकासोन्मुख देशका साना शहरमा पनि सजिलै उपलब्ध हुन्छ ।

मधुमेह सम्बन्धी मिर्गाैलारोगलाई कसरी रोक्न सकिन्छ ?

मधुमेह सम्बन्धी मिर्गाैलारोग लाग्न नदिने केही महत्वपूर्ण उपाय निम्न छन्
नियमित रूपमा चिकित्सक कहाँ पुग्ने,
रगतमा चिनीको मात्रा राम्रोसँग नियन्त्रण गर्ने,
रक्तचापलाई १३०र८० mmज्न भन्दा कम राख्ने,
चिनी र नुनको मात्रा कम लिने । साथै प्रोटिन, कोलेस्टेरोल र चिल्लो कम भएको खाना खाने,
एल्बुमिनका लागि पिसाब र क्रिएटिनिनका लागि रगतको परीक्षण गरी कम्तीमा वर्षको एकपटक मिर्गाैलापरीक्षण गराउने ।
अन्य उपायहरूः नियमित व्यायाम गर्ने र शरीरको तौल सही राख्ने ।
रक्सी, चुरोट, खैनी जन्य पदार्थ सेवन नगर्ने ।
जथाभावी रूपमा दुखाइ कम गर्ने औषधीको सेवन नगर्ने ।

मधुमेह सम्बन्धी मिर्गाैलारोगको उपचार

मधुमेहको सही नियन्त्रण सुनिश्चित गर्ने ।

रक्तचापको पूर्ण नियन्त्रण मृगौलाको सुरक्षा गर्न अत्यावश्यक हुन्छ । रक्तचाप नियमित रूपमा परीक्षण गर्नुपर्छ र यसलाई १३०र८० mmज्न भन्दा तल राख्नुपर्छ । उच्च रक्तचापको उपचारले मृगौलाको दीर्घरोग तर्फको गतिलाई मन्द गराउँछ ।

एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम (एसीई) इन्हिवीटर र एन्जियोटेन्सिन रिसेप्टर ब्लकर्स (एआरबी) उच्च रक्तचापका औषधीहरू मधुमेहका बिरामीका लागि विशेष लाभदायी हुन्छन् । यी उच्च रक्तचापको औषधीले मृगौलाको रोगको बिग्रिने गतिलाई मन्द गराउँछन् । मधुमेहका बिरामीहरूमा पिसाबमा माइक्रोएल्बुमिन देखिए पछि उच्च रक्तचापका यी औषधीहरू प्रयोग गर्न अत्यन्त जरुरी छ ।

अनुहार र खुट्टा सुन्निए त्यसलाई कम गर्न, नुन र तरल पदार्थ खान नियन्त्रणका साथै पिसाबको मात्रा बढाउने औषधी (डाइयूरेटिक्स) दिइन्छ ।
मधुमेह सम्बन्धी मिर्गाैलारोगका कारण मिर्गाैलाविफल भएका बिरामीहरू हाइपोग्लाइसेमियाको जोखिम हुन्छ, त्यसैले मधुमेहको औषधीमा परिवर्तन गर्नु आवश्यक हुन्छ । मधुमेहको नियन्त्रण गर्न छोटो समयमा काम गर्ने इन्सुलिन लिनु उपयुक्त हुन्छ । रगतमा क्रिएटिनिनको मात्रा बढी हुने बिरामीहरूले ल्याक्टिक एसिडोसिसको जोखिमका कारण प्राय मेटफोर्मिन लिनुहुँदैन ।

क्रिएटिनिनको मात्रा बढेका मधुमेहसम्बन्धी मिर्गाैलारोगका बिरामीहरूलाई मृगौलाको दीर्घरोगको उपचारका सबै उपायहरू पनि लागु हुन्छ ।

मुटु सम्बन्धी जोखिमका पक्षहरू (धूम्रपान, बढी लिपिड, रगतमा बढी ग्लुकोज र उच्च रक्तचाप)लाई राम्रो सँग व्यवस्थापन गर्नु पर्छ।

मिर्गाैलाविफल भएका विरामीहरूलाई डायलाइसिस वा मिर्गाैलाप्रत्यारोपण आवश्यक हुन्छ ।

कहिले चिकित्सकलाई सम्पर्क गर्ने ?
माइक्रोएल्बुमिनुरिया भएका मधुमेहका बिरामीले मिर्गाैलारोग विशेषज्ञ कहाँ जानुपर्छ । मधुमेह सम्बन्धी मिर्गाैलारोग भएका बिरामीले निम्न अवस्थामा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ :

बिनाकारण द्रुत गतिमा तौल बढेमा, पिसाबको मात्रामा उल्लेखनीय रूपमा कमी आएमा, मुख वा खुट्टा सुन्निने समस्या बढेमा वा सास फेर्न गाह्रो भएमा ।

छाती दुखेमा, उच्च रक्तचापको समस्या अझ खराब भएमा वा मुटुको गति अत्यन्त कम वा बढी भएमा ।
कमजोरी बढी भएमा, भोक कम भएमा वा बान्ता भएमा वा पहेँलोपना बढेमा ।

निरन्तर ज्वरो आएमा, चिसो लागेमा, पिसाब गर्दा दुखेमा वा पोलेमा, पिसाब गनाएमा वा पिसाबमा रगत देखिएमा ।
रगतमा चिनीको मात्रा निरन्तर कम भएमा वा इन्सुलिन वा मधुमेह विरुद्धका अन्य औषधीको आवश्यकता कम भएमा ।
निद्रा लाग्ने समस्या बढेमा वा मूर्छा परेमा ।

(मुटु तथा मिर्गाैलारोग विशेषज्ञ डा. शर्मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् । केही वर्षयता मृगौला, मुटु, मधुमेह रोगको विषयमा चेतना फैलाउन टोलटोलमा पुगेर निशुल्क परिक्षण अभियान सञ्चालन समेत गरिरहेका छन् । )

साभार www.swasthyakhabar.com बाट

अनुहारको दाग हटाउने प्राकृतिक उपाय
स्वास्थ्य खबरपत्रिका २०७३ कार्तिक ३० मंगलबार प्रकाशित 


अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन्ः

कागतीको रस
दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुई÷तीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ ।

स्ट्रबेरी
पाकेको स्ट्रबेरीको पेस्ट बनाई नियमित दाग भएको ठाउँमा लगाउने र १५ मिनेटपछि चिसो पानीले धुने गर्नाले केही सातापछि नै दाग हराउँदै गएको महसुस गर्न सकिन्छ ।

खरबुजा
खरबुजाको रसमा चामल मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ ।

मेवा
पाकेको मेवालाई दाग लागेको ठाउँमा हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले दाग हराउँछ ।

घ्यूकुमारी
छालाको समग्र सुन्दरताका लागि घ्यूकुमारी ज्यादै उपयोगी वनस्पति हो । यसको गुदीलाई दाग भएको ठाउँमा लगाई ४५ मिनेटपछि धुने गर्नाले एक महिनाभित्रैमा सुधार देख्न सकिन्छ ।

बदाम
बदामलाई पानी अथवा दूधमा १२ घण्टा भिजाई यसको बोक्रा फाल्ने र गुलाबजलसँग लेप बनाउने । यसरी तयार पारेको लेप दाग लागेको ठाउँमा दल्ने र सुकेपछि धुने । यसो गर्नाले दाग हराउँदै जान्छ ।

जाइफल
जाइफललाई मरिचसँग मिसाई पिस्ने र काँचो दूधमा यसको लेप बनाई अनुहारमा दल्ने । त्यसको दुई घण्टापछि अनुहार धुने । यसो गर्नाले दागसँगै डन्डीफोर पनि हराएर जान्छ । तर, जाइफलको नियमित प्रयोग गर्नु चाहिँ हुँदैन ।

जैतुनको तेल
दाग भएको ठाउँमा जैतुनको तेल लगाउनाले पनि दाग हराउँदै जान्छ ।

चन्दन
चन्दन घोटेर गुलाबजल अथवा दूधसँग मिसाई लेप बनाएर दाग भएको ठाउँमा दल्ने र एक घण्टापछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

साभार www.swasthyakhabar.com बाट

स्वस्थ रहनका लागि खाने सही तरिका
प्रणिती सिंह २०७३ कार्तिक २८ आइतबार प्रकाशित


केही वर्षयता शहरी क्षेत्रका बासिन्दाको शारीरिक परिश्रम कम हुँदै गएको छ । पेपरवर्क र टेवलवर्कमा व्यस्त हुने तथा दौडधुप र परिश्रम गर्न समय अभाव हुने समस्या हरेकले सामना गरिरहेका छन् । दैनिक रुपमा शारीरिक  परिश्रम पनि गर्नुपर्छ र यसले शरीर स्वस्थ बनाउँछ भन्ने चेतनाको पनि अभाव छ ।

अर्कोतर्फ हाम्रो खाना खाने बानीमा पनि समस्या छ । हामी बिहान एकैपटक धेरै खान्छौं । दिनभर केही खाँदैनौ । खाजाको रुपमा मोमो, चाउमिन लगायतका परिकार धेरै खान्छौंं र फेरि घर पुगेर साँझ भारी परिमाणमा खान्छौंं । एकैपटक खाना खाने र बीचमा लामो समय भोकै रहने बानीले हाम्रो शरीरमा बोसोपन बढ्ने र मोटाउने हुन्छ । योसँगै हिड्ने, डुल्ने, दौडने तथा पसिना आउने काम गर्ने बानी निकै कम भइसकेको छ । केही टाढा जानु छ भने कि हामी ट्याक्सीमा जान्छांैं, नभए आफनै गाडी हुन्छ या बाइकमा हिड्छौंं । एक\डेढ घण्टा हिँडेर जाने चलन हराईसकेको छ । मोटोपनका केही कारण यिनै हुन् ।
स्वस्थ्य जीवनशैलीका लागि स्वस्थकर खाना खाने र खाने तौरतरिका सुधार गर्नु आवश्यक हुन्छ । हाम्रो शरीरको मागअनुसार उर्जा प्रवाह गर्न र त्यसलाई नियमितता दिन खाने आदत सुधार्नु नै सबैभन्दा राम्रो उपाय हो । अहिले हामीले एकैपटक धेरै खाने र लामो समय भोकै बस्ने बानी  परिवर्तन गर्नु आवश्यक छ ।

विहान उठ्नासाथ कतिपयले नास्ता खाने गर्छन् भने कतिपयले सबेरै भात,, दाल र तरकारी सहितको खाना खान्छन् । हाम्रो थालमा रहने भात, दाल र तरकारीको मात्रा घटाउनै पर्छ । एकैपटक दुई थाल भात खाएर मात्रै हँुदैन । थोरै खाने अनि त्यसको २÷३ घण्टामै फेरि केही खाने गर्न सकिन्छ । २\३ घण्टाको फरकमा एउटा फलफूल खाने अनि फेरि स्न्याक्स लिने गर्न सकिन्छ ।

बीच–बीचकोे अवधिमा दही, मोही लगायतका खानेकुरा खानु उपयुक्त हुन्छ । अनि रातीको खाना अति नै थोरै खानुपर्छ । तीनपटक मात्रै हेभी रुपमा खाना खानुको साटो ४\५ पटक थोरै–थोरै खानेकुरा लिएमा सजिलो हुन्छ । ५ देखि ६ पटकसम्म थोरैथोरै रुपमा खानाखाने आदत गर्ने हो भने मोटोपना सुधार गर्न सकिन्छ ।

तीनपटक मात्रै हेभी रुपमा खाना खानुको साटो ४\५ पटक थोरै–थोरै खानेकुरा लिएमा सजिलो हुन्छ । ५ देखि ६ पटकसम्म थोरैथोरै रुपमा खानाखाने आदत गर्ने हो भने मोटोपना सुधार गर्न सकिन्छ ।
एकपटक धेरै खाने, अनि लामो समयसम्म भोकै रहने बानीका कारण हामी नेपालीहरुमा ग्यास्ट्राइटिसको समस्या विकराल बन्दै गएको छ । कतिसम्म भने हरेक दुईजनामा एकजना ग्यास्ट्राईटिसको समस्या भएको मानिस फेला परिरहेका छन् । खानाखाने समयको व्यवस्थापन नहँुदा नै ग्यास्ट्राइटिसको समस्या बढी देखिएको छ । चिल्लो, पिरो, अमिलो लगायतका खानेकुरा हामीले बढी रुचाउने भएकाले पनि पेटससम्बन्धी रोग देखिएको हो ।

एकैपटक धेरै खाने, अनि लामो समय भोकै बस्ने बानीले स्वास्थ्यमा केही गम्भीर समस्या देखा पर्छन् । एकैपटक खाएको खाना पचेपछि लामो समय पेट खाली हुँदा आमासयमा जम्मा हुने रसहरु खानासँग घुल्न पाउँदैनन् र ग्याष्ट्राईटिस देखा पर्न थाल्छ । एकैपटक धेरै खाना खाँदा शरीरले ग्रहण गर्न सक्दैन र त्यसले बोसोपना बढाउन मद्यत गर्छ ।

हामीले खाएको भारी परिमाणको खाना शरिरले एकैपटक ग्रहण नगर्ने हुनाले उसले भण्डारणका लागि बोसो बनाउन थाल्छ फलस्वरुप मोटाउने समस्या देखा पर्छ । थोरै–थोरै खाँदा त्यसलाई शरीरले ग्रहण गर्ने र पचाउने क्षमता बढ्दै जान्छ र खानाको शक्ति बोसोको रुपमा भण्डारण गर्ने अवस्था नै आँउदैन । क्यालोरी बर्न भएपछि शरीरले अतिरिक्त उर्जा भण्डारण गर्न पर्दैन ।

हामीले खाने खाने र त्यसमा हुने परिमाण निकै बढी छन्, विहानको खाना होस् या खाजा अनि बेलुकीको खाना । हामीले आवश्यकभन्दा बढी परिमाणमा खाएका हुन्छौं । मेरो सुझाव फरक छ । विहान ८ देखि १० बजेको बीचमा हामीले खाना खान्छौंं । दिँउसो १२, साढे १२ को हाराहारीमा एउटा फलफूल खान सकिन्छ । २\३ को विचमा हल्का स्क्याक्स खान सकिन्छ । साढे ५\६ बजेतिर फेरी एउटा फलफूल खाएर केही घण्टाको फरकमा रातीको खाना लिनुपर्छ ।

राती हामीले आवश्यकभन्दा बढी परिमाणमा खाना लिने चलन छ, जुन ठीक उल्टो हो । किनभने हाम्रो शरीरले रातीमा आराम गर्छ र हामीलाई कम उर्जा आवश्यक पर्छ । राती खाना र सुत्ने समयबीच ३÷४ घण्टाको फरक हुनु आवश्यक छ । यसले गर्दा बेलुकी खाएको खाना पच्ने समय पर्याप्त हुन्छ । हाम्रो शरीरले खाना खाएपछि पचाउन समय लाग्छ । ढिलो खाने र त्यसलगत्तै सुत्ने बानीले मोटोपन बढ्छ । बेलुकीको खाना खाएपछि सम्भव हुन्छ भने हिँड्दा खाना पचाउन मद्यत गर्छ ।

दिँउसो १२, साढे १२ को हाराहारीमा एउटा फलफूल खान सकिन्छ । २\३ को विचमा हल्का स्क्याक्स खान सकिन्छ । साढे ५\६ बजेतिर फेरी एउटा फलफूल खाएर केही घण्टाको फरकमा रातीको खाना लिनुपर्छ ।

हामी मुख्य खानाको रुपमा भातमै निर्भर छौं । भात खानु समस्या होइन, तर हामी कति परिमाणमा खाइरहेका छौं, त्यो महत्वपूर्ण हो । हामीले कति खाने भनेर परिमाण सिफारिस गर्न कठिन हुन्छ । त्यो किनपनि फरक पर्छ भने उमेर, शारीरिकक अवस्था, उसको परिश्रम लगायतका विषयमा फरक पर्छ । भात पनि कस्तो प्रकारको हुन्छ, कसरी पकाइएको छ आदि कुराले पनि खानाको परिमाण र आवश्यकता निर्भर हुन्छ ।

हाम्रो शरीरको तौल भनेकै पेटमा हुन्छ । पेट ठूलो भएका कारण आवश्यकताभन्दा बढी तौल भएर हामी पीडित भएका हुन्छौंं । हाम्रो शरीरले लिएको खाना पचाउने र त्यसैअनुसार खपत भएर स्टोर हुने परिस्थिति रोकिएमा तौलको परिमाण पेटमा मात्रै केन्द्रित नभएर अन्यत्र पनि वितरण हुन्छ ।

हाम्रो शारीरिक परिश्रम कम हुँदै गएको छ । हामीलाई समय निकाल्न निकै गाह्रो भएको छ । तर स्वास्थ्यमा ध्यान दिने र निरोगी बन्न चाहने हो भने जसरी पनि समय निकाल्नै पर्छ । दैनिक ३० मिनेट र साताको ५ दिन नियमित कसरत गर्नैपर्छ । तर त्यसमा पनि उमेर, स्वभाव र दैनिक जीवनयापनको विषयमा भर पर्ने कुरा हुन् । तर सामान्य रुपमा पनि दैनिक आधा घण्टा त हिँड्नै पर्छ ।

खानाका क्रममा ओखर, बदामजस्ता खानेकुरा उपयोगी हुन्छन् । तर जंकफुड भने कुनै हालतमा उपयुक्त हुँदैन । कतिपयलाई जंकफुड अनिवार्य नै हुन्छ, नखाउँ भनेपनि व्यवहारिक रुपमा सम्भव हुँदैन । तर त्यसलाई हरेकदिन नियमित रुपमा प्रयोग नगरेर कहिलेकाँही मात्रै प्रयोग गर्दा हुन्छ । मैदायुक्त खानेकुरा भने नखान नै सुझाव दिने गरेकी छु ।

काठमाडौंं लगायतका शहरी क्षेत्रमा मोटोपन बढ्नुको प्रमुख कारण खानाका साथै जीवनशैली पनि हो । जीवनशैलीमा खाना नै मुख्य रुपमा जोडिन्छ, किनभने हामीले शारीरिक परिश्रम नै गर्न छाडिसकेका छौं । हामी टन्न खान्छौं, रेष्टुरेन्ट जान्छौं, हिड्डुल गर्दैनांैं । यी सबै कारणले मोटोपन बढेको हो । खानाले मोटोपन घटाउन ज्यादा भूमिका खेल्छ । तर म त्यो सुझाव दिँदिन किनभने खानाका साथै केही शारीरिक परिश्रम गर्ने हो भने मोटोपन नियन्त्रणमा लिन सहज हुन्छ ।

हामी टन्न खान्छौं, रेष्टुरेन्ट जान्छौं, हिड्डुल गर्दैनांैं । यी सबै कारणले मोटोपन बढेको हो । खानाले मोटोपन घटाउन ज्यादा भूमिका खेल्छ । तर म त्यो सुझाव दिँदिन किनभने खानाका साथै केही शारीरिक परिश्रम गर्ने हो भने मोटोपन नियन्त्रणमा लिन सहज हुन्छ ।

ब्रत बस्ने बानी राम्रो हो । तर डाईटिङवारेको नेपाली बुझाई गलत छ । डाईटिङ गरेर तौल घटाउन चाहने धेरै विरामी मकहाँ सल्लाहका लागि आउने गर्छन । उहाँहरुले खाइरहेका ेभन्दा बढी खानाको परिमाण हुनेगरी सुझाव दिएपनि तौल घटाएका उदाहरणहरु छन् । किनभने उपयुक्त समय तालिकामा उपयुक्त खाना खाएमा मोटोपना नियन्त्रण हुन्छ । खाना नखाएर मात्रै तौल बढ्ने होइन । खाना नखाएमा कतिपय अवस्थामा शरीरले खानाको पोषण सञ्चय गरेर राख्छ र मोटोपना झनै बढ्ने हुनसक्छ ।
मकहाँ आउने बिरामीहरुले प्रायः १÷२ लिटरमात्रै पानी खाएको बताउँछन् । तर कम्तिमा २÷३ लिटर खानुपर्छ । एकैपटक धेरै खानुभन्दा पटक\पटक खानु राम्रो हुन्छ । तर बाहिर हिड्ने, दौडने र कोठाभित्रै बसेर काम गर्ने व्यक्ति अनुसार पानीको आवश्यकता फरक फरक हुन्छ ।

खाने क्रममा टिभी हेर्ने, मोवाईल खेलाउने चलन पनि छ । यसले गर्दा एक त होस नपाएर आवश्यकताभन्दा ज्यादा खाइन्छ । मैले खाएँ मलाई पुग्यो भन्ने महसुस हुनुपर्छ । आरामका साथ शान्त भएर खानु उचित हो । खानाखाने बेलामा ध्यान खानामै केन्द्रित हुनुपर्छ । खाने आदत सुधार गर्न सकेमा ग्याष्ट्राईटिस नियन्त्रण हुन्छ, मोटोपन घटछ भने खाएको कुरा पनि पच्न सहयोग हुन्छ ।
डाईटिसियन सिंह नर्भिक अस्पतालमा कार्यरत छिन् ।
  साभार www.swasthyakhabar.com बाट


Contact Form

Name

Email *

Message *

Powered by Blogger.