गोबिन्द लामिछाने (अबिरल) को कथा "यात्रा"
मानिस जन्मे पछि नै उसको यात्रा सुरु हुन्छ जब सम्म उ यो धर्तिमा रहन्छ ।
यात्राकै दौरान मा बिदेशीएको म बिदेशिएका मेरा मन हरु के कुरा ले मलाई लालयित गरायो त्यसको भेउ आज सम्म पनि पाउन सकिरहेको छैन खोइ के चाहिँ मेरो लागि धेरै भयो र के चाहिँ कमि भयो त्यसको कुनै सुत्र नै भएन तर पनि यात्रा जारी छ कहिले सम्म र के का लागि यो भने अनुत्तरित नै छ ।
सदा जस्तै काम सकिएर कोठामा फर्किए मोबाइल खोले आज अरु दिन भन्दा थप कुरा हरु रहेछन् सदा जीवन सङिनिको मेसेज हुन्थ्यो कस्तो रह्यो आजको दिन के छ खबर आउने बितिक्कै मेसेज गर्नु ल आदि आदि .....।तर आज नयाँ साथिको साथी बनाउन अनुरोध रहेछ साथी बनाए ।उनी पनि खाडि तिर नै काम गर्दिरहिछिन मैले साथी बनाउने बितिक्कै मेसेज आउन सुरु गरिहाल्यो तर बडो सम्मेमित तबर बाट मैले पनि उनको जवाफ फर्काउदै गए यसरी नै यहाँ पनि एउटा नयाँ यात्रा ले ठाँउ लियो ।आफ्ना साना साना लाला बाला हुर्काउने जिम्मेवारी बोकेकी उनी यो खाडि को चर्को घाम संग पौठेजोरी खेल्दै थिइन ।खोइ यो उनको यात्रा थियो कि सघर्स मैले छुट्टाउन सकिरहेको थिइन् ।धेरै दिन देखि मेसेज मै सिमित हामी एकदिन मैले मेसेन्जर कल गर्न अनुरोध गरे उनले पनि स्विकार्दै फोन गरिन निकै मिठो आवाज थियो र कारुणिक पनि उनी देश र नेता हरु लाई धिक्कार्दै थिइन् अनि आफ्नो भाग्य लाई पनि ।
आज पनि दैनिक १५०० यस्तै युवा परदेशी भुमिमा आफ्नो यात्रा को तय गरिरहेका छ्न यो दृस्टान्त हाम्रो सामु छ त्यही भित्रकी पात्र हुन उनी पनि ।उनको यो पहिलो बिदेश यात्रा रहेछ त्यही भएर पनि उनी अलि हतास देखिन्थिन ।उनले एकचोटि भेट्ने कुरा गरिन मैले पनि नकार्न सकिन र भेट्न को लागि चाजोपाजो मिलाए र उनी सङ मेरो पहिलो भेट थियो यो निकै भाबुक रूपमा प्रस्तुत थिइन उनी मैले उनी सगको पहिलो भेट लाई अबिस्मरणिय बनाउने निधो गरि उनको बास्तबिकता जान्ने कोशिश गरे त्यो भन्दा पहिले सामान्य कुरा हरु मात्रै हुन्थे तर आज नारी हरु किन परदेशिएका छ्न र उनिहरुको यात्रा कहाँ सम्म र कति भन्ने कुरा लाई नियाल्ने प्रयास गरे किनकि उनी पनि एउटा पात्र थिइन वैदेशिक रोजगार को लागि परदेश आउने महिला हरु मध्ये कि ।
रोल्पा जिल्ला को लिवाङ बजार बाट झन्डै 2 दिनको पैदल यात्रा मा पुगिने उनको गाउँ तामाङ समुदाय को उच्च बाहुल्यता रहेको ठाँउ मा उनको जन्म भयो ज्याला मजदुरी गरेर जिबिकोउपार्जन गर्ने उनिहरु मजदुरिको शिलशिला मा उनिहरु पश्चिम् का धेरै जिल्ला हरुमा पुग्ने गर्दथे उनिहरु सडक निर्माण देखि हरेक सामाजिक काम होस या ब्याक्तिगत काम निकै इमानदारी पुर्बक सम्पन्न गर्दथे शिक्षा को पहुँच बाट टाढा रहेको उक्त गाउँ छोराछोरी १२/१३ बर्ष भए देखिनै आमाबाबु संगै ज्याला मजदुरी मा जाने गर्दथे त्यही शिलशिलामा उनी पनि आफ्नो आमा बाबू संगै दाङ झरिन र ज्याला मजदुरी गर्न थालिन उ उनको रहर थिएन यो त त्यहाँ को भु बनोट अनि सरकारी उदाशिनता को पराकाष्ठा थियो।दाङ्को सडक निर्माण को काम पाएका उनिहरु समुह मा मिलेर काम गर्दा उनिहरुलाइ त्यस्तो कुनै गाह्रो महसुस हुदैन थियो यहि प्रकारले दिन हरु बित्दै गयो यस्तैमा एकदिन काम को जिम्मेवारी पाएको ठेकेदारको आँखा उनी माथी गयो ।हुन पनि त्यो समुहकी उनी अलि राम्री पनि थिइन र उसले उनको आमाबाबु समक्ष उनलाई बिहे गर्ने प्रस्ताव पनि गर्यो तर उनलाइ त्यो कुरो चित्त बुझेको थिएन तर पनि आमाबाबु को अगाडि नकार्न सक्ने स्थिति पनि थिएन ठेकेदार ले उनका आमाबाबु लाई अनेकौं प्रलोभन देखाएर आफ्नो बनाइ छोडयो तर उस्को खराब नियती ती सोझा आमाबाबु ले बुझ्न सकेनन ।
काम लगभग सकिनै लागेको थियो एकदिन बिहानै ठुलै खैलाबैला मच्चियो के रहेछ भन्दा त उनलाइ छोडेर ठेकेदार भागेछ त्यति बेला उनी २ जिउको भैसकेकि थिइन अब सबैलाई गाह्रो पार्यो त्यतिका दिन काम गरेको पैसा नपाएको पीडा एकातिर छ भने अर्को तिर छोरी लाई गर्भवती बनाएर गयो अब के गर्ने उनी निमुखा हरुको कसले बोलिदिने यहाँ सबै पैसाको बालाबोल छ केहिदिन उसको प्रतीक्षा गरे तर उ फर्केर कहिल्यै आएन सायद उसको यात्रा ले अर्को मोड लिसक्यो होला फेरि तिनै मजदुरि गर्नै मजदुर हरुको यात्रा ले अनिश्चितता ल्याइदियो उनिहरुको जीवन मा र उनिहरु हतोत्साहित हुँदै दुखी हुँदै पीडित छोरी लिएर घर फर्के केही समयमै छोरा जन्मियो तर बाबुको आतोपत्तो थिएन अब उनलाइ जीवन ले धेरै कुरा पाठ सिकायो अब रोएर होइन अब केही गर्नु पर्छ भन्ने सोच उनमा आयो र आफ्नो भबिस्य अन्धकार भए पनि आफ्नो छोरा को भबिस्य अनि बृद्धअबश्था मा रहेका आमाबुबा प्रतिको जिम्मेवारी ले उनको यात्रा ले परदेश को बाटो रोज्यो ।
प्रस्तुत कथा एक काल्पनिक ढंग बाट रचिएको कथा हो यस कथाको पात्र जात अनि स्थान सबै काल्पनिक हुन कसैको जिबन संग मेल खान गएमा सयोग मात्रै हुनेछ सबै जात गरिब हुदैन र सबै धनी पनि । जातीय सद्द्भाबमा म जहिले पनि सचेत छु ।

लेखक
गोबिन्द लामिछाने (अविरल )।
एशिएन टाउन दोहा कतार ।
गोबिन्द लामिछाने (अविरल )।
एशिएन टाउन दोहा कतार ।
Post a Comment