"घर छोड्दाको पल" - लेखक गोबिन्द लामिछाने "अबिरल"

फिटिक्कै निन्द्रा लागेको होइन क्यार ओहो कहिले गर्मी महसुस भएको छ कहिले टाउको भारी भए झै हुन्छ जुरुक्क उठे बेडबाट अलि पर औखरा को पानी कलकल पिए अनि सुत्ने प्रयास गरे निन्द्रा आए पो कता हरायो हरायो कोठा मा जिरो वाट को बत्तिले पनि निकै रोशनी छरीरहेको जस्तो लागिरहेको महसुस थियो अभाव मा थोरै पनि धेरै देखिदोरहेछ भन्ने कुरा सबै लाइट निभेपछी त्यही जिरो वाट ले दिएको थियो यसो हेरे श्रीमती मस्त निन्द्रा मा थिइन काखको छोरा मस्त निन्द्रामा आमाको काखको मातृबास्यल्य लिदै थियो त्यति बेला नै कवि देबकोटा को भनाइ याद आयो शान्तिको सच्चा मुहार हेर्न निदाएको बालक लाई हेर्नुपर्छ सायद हो जस्तै लाग्यो संगै सुतेकी उसकी आमा को अनुहार मा अभाव को झल्को देख्दै थिए भने उ निकै मस्त सङ हसिलो अनुहारमा निदाइरहेको थियो साच्चै शान्ति को वास्तविक ऎना मैले मेरो छोरा को अनुहारमा देख्दै थिए ।अनि जुरुक्क उठे फेरि पल्लो कोठामा गए आमा पनि मस्त निन्द्रामा हुनुहुन्थ्यो निकैबेर आमा लाई नियाले उहाँ भित्र आशा अनि भरोसा हरु प्रष्ट देखिन्थ्यो ।भोलि बिहान को सुर्यदय संगै यो घरलाई केही समय बिदाइ गर्दै थिए घर त के भन्नु भुकम्प ले तहस नहस बनाएको खंडहर भित्र सानो झुप्रो थियो यो घर बनाउने जिम्मेवारी थियो एकातिर बालबच्चा को भबिस्य छ अर्कोतिर भुकम्प ले भत्किएका घर हरु उठाउने जिम्मेवारी छ अनि फेरि भत्किएका मन हरु लाई जोड्नु पर्ने त झनै प्रमुख नै भयो । देश को विषम परिस्थिति ले आज म जस्ता युबा दैनिक करिब १५०० युबा वैदेशिक रोजगारी को लागि परदेशिएका छ्न सबै का समस्या करिबकरिब उस्तै छ्न देशमा बढदै गइरहेको महङी  ब्याप्त भ्रष्टाचार ले देशको देशको अर्थतन्त्र झन थिलथिलो भएको छ ओहो सोच्दासोच्दै ३ बजेछ  ल सुत्नुपर्छ एकछिन त फ़ेरि आएर बेडमा नै पल्टिन्छु फेरी बिहानै भाले को डाको संगै निक्लनुपर्छ आमा फेरि अलि पुरातन सोच को हुनुहुन्छ बिहान पानी भर्ने नउठ्दै नेटो काट्नु पर्छ भन्नुहुन्छ नत्र साइत पर्दैन भन्दै हुनुहुन्थ्यो समयमै सुत है भन्दै हुनुहुन्थ्यो मलाई भने बिश्वास लाग्दैन योसाइत को कुरा तर के गर्नु मलाई बिश्वास नलागे पनि मेरी ६० नाघेकी आमा को मन म कसरी दुखाउन सक्छु लौ अब  त निक्लने बेला पनि भएछ योघर पनि कति निस्ठुरी है आज २ बर्ष को लागी अन्तिम रात  निदाउन नै दिएन यसो फर्किएर हेरे बुढी पनि बिउँझेकि रहिछन्  आमा पनि बिउझिनुभयो छोरा पनि बिउझियो सबै आँखा भरी आशु बनाउदै मेरो बिदाइ को लागि तयारी भए त्यतिबेला बाबा खुब याद  आयो सायद बाबा हुनुभएको कम्तिमा केटा ल पिर नमानी जानू म छु नि यता को लागि भन्नुहुन्थ्यो होला तर आज त्यो शब्द भन्ने कोहि भएनन् उल्टै मैले नै सबैलाई सम्झाएर निक्लनुपर्ने भएको सबै तयारी भयो थोरै खाना खाए अनि आमा ले दहि दिनुभयो दही खाए सबैलाइ  एकचोटि नियालेर हेरे सबै रुदै थिए अनि आडमा नै रहेको घर पनि मेरो प्रतीक्षा थियो म कहिले पुर्ण हुन्छु भन्दै अन्योन्यासृत भाव मा बोलेको जस्तो मलाई महसुस भइरहेकै थियो यतिकैमा छोरा रुदै म पनि बाबा संगै जाने हो भन्दै रुदै थियो मलाई भोलि देखि स्कुल कसले पुर्याइदिन्छ भन्दै आफ्ना गुनासो राख्दै थियो  यति कर गर्दा पनि यति नरमाइलो हुँदा पनि बस्न सकिएन ति  पहाड पाखा कन्दरा हरु म संग को बिछोड मा रोए झैं  लाग्यो मनासलु ले हिउँ को आशु नै बर्सायो तर पनि नचाहादा नचादै पनि आज फ़ेरि नेपाल आमा लाई छोडेर लागियो  बिदेश तिर ।अन्तमा सम्पूर्णदेश परदेश मा रहनुहुने आमा बुबा दिदिबहिनी दाजुभाइ तिहार अनी छठ को शुभकामना ।प्रस्तुत लेख काल्पनिक लेख हो  कसैको जिबन मा मेल खान गएमा संयोग मात्रै हुनेछ ।
" घर छोड्ने  पल "।

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.