Articles by "news"

Showing posts with label news. Show all posts

OMG! डेड लाख प्राईज! मेम्मोरी पावर बढाउनुको साथै रोजगारको पनि अवसर! तुरुन्त सम्पर्क गर्नुहोस|

मेमोरी किङ अर्पण शर्मा द्वारा १५ दिने मेमोरी पावर क्लास हुँदैछ, सिट सिमित भयकाले छिट्टै सम्पर्क गर्नुहोला।

नि:शुल्क तालिमको सुनौलो अवसर!!सिट सिमित छ तुरुन्त सम्पर्क गर्नुहोस।

यहि मिति २०७४/०४/७ गते सनिबार का दिन हेल्पिङ हेन्डस को आयोजना मा मेम्बर्स को अनुरोध लाई मध्य नजर गर्दै १ दिने आत्मबिकाश तालिम हुने भएको जानकारी गराउन चाहन्छौं ।
कार्यक्रम हुने स्थान: - कन्काइ सामुदायिक वन को सभा हल सुरुङ्गा झापा ।
सम्पर्क :
9807960226 चिरञ्जीवी महतो (उपाध्यक्ष )
9804971935 मिराज पोख्रेल (अध्यक्ष )
दमक संयोजक  .: Dipak Regmi 9817073055  संयोजक : Nawaraj Khadka 9824019372

तालिमका बिषय हरु:-
Motivational training.
Self Development,
Program Hosting and Mass speaking training.

जानकारी : हेल्पिङ हेन्ड्स संस्थाका संस्थापक कमल न्यौपाने  ज्यु बाट||

मनोरोगी यूवाको उद्धार
--------- २०७४/०३/२५ टौखेल,ललितपुर-------

ललितपुर जिल्ला गोदावरी नगरपालिका टौखेलबाट एक मनोरोगी युवाको उद्दार गरिएको छ । सडकमा बेहोसी अवस्थामा हिडिरहेको फेला पारी स्थानिय श्री प्रभा श्रेष्ठज्युले खबर गर्नुभए पश्चात् मानवसेवा आश्रमको टोलिले अवस्था अवलोकन गरेपश्चात स्थानिय प्रहरिको सहयोगमा उद्दर गरिएको हो ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


!! पीडितको उद्दार एन. आर.एन.ए.को संस्कार !!

३ जुलाइ २०७४
रम्जान दिन मिया
अल कासिम बुरौदा साउदी अरब

साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार ।

एन आर एन ए साउदीको मातहतमा रहेको अल कासिम क्षेत्रीय समन्वय समिती अल कासिमले ८ बर्षदेखि नेपाल जान नपाई घर भित्र  बन्दी जीवन बिताएकि, खद्दामा (House Maid) को रुपमा काम गर्दै रहेकि, दोभान -२, पाल्पा घर भएकि  कमला दर्लामी मगर नाम गरेकी  नेपाली चेलिलाइ उद्दार गरि नेपाल पठाउन सफल भएको छ ।

घरको गरिबी अवस्था तथा  सपनाको महललाई मनमा सझाउदै मुम्बई को बाटो हुँदै ८ बर्ष अघि साउदी अरब आइपुगेकी कमला आफ्नै आफन्तको लह- लहै बाट फसेकि थिइन ।
८ बर्ष सम्म आफ्नो जन्मभुमि जान नपाएकी उक्त चेलिको उद्दारको लागि 11 मे महिनामा तबुकमा रहनु भएका एन सि सि सल्लाहकार भक्त हमालद्वारा खबर  गरिए लगत्तै एन सि सि सचिब तथा नेपाली दूतावास साउदीका स्वयंसेवक समेत रहेका  बिशाल श्रेष्ठ र एन आर एन ए आर सि सि अल कासिमका पदाधिकारीहरु द्वारा उनको उद्दार कार्य अगाडी बढाइएको थियो ।

मोबाइल् समेत चलाउन नपाएका कारण आफ्ना आफन्त कोहि कसैसित पनि सम्पर्क नरहेको उक्त चेलि बताउछिन । सोही घरमा काम गर्ने अर्कि इनडियन महिलासितको सम्पर्कमा बारम्बारको प्रयास पछि बुरैदा शहर देखि १६0 KM किबा भन्ने ठाउँ उनी बसेको  घर पत्ता लागाइएको र उक्त पीडित चेलिलाइ उद्दार गर्न साउदीस्थित नेपाली  दूतावाससित समन्वय गरि दूतावासको गाडी मगाइएको थियो । तर बिडम्बना उक्त दिनमा घरको साउले पक्डिएर उक्त चेलिलाइ कुट्पिट समेत गरेको र दूतावास गाडिलाइ पनि पुलिसको जिम्मा लागाएको थियो भने उद्दार का लागि जानुभएका एन सि सि सचिब बिशाल श्रेष्ठ तथा  आर सि सि अल कासिमका  प्रबक्ता कृष्ण अधिकारी उक्त समस्याबाट बचेर फर्किनु भए पनि  पुलिसबाट फोनेमा निकै केरकार गरिएको थियो ।

र अन्त्यमा उक्त चेलिलाइ इद को छुट्टी पछि नेपाल पठाउने प्रतिबद्धता का साथ  साहुले उक्त चेलिलाइ घरमा लिएर गएको र गत 2 जुलाइमा फ्लाइ दुवैको Ticket काटेर नेपाल पठाइएको र उक्त चेली नेपाल पुगिसकेको जानकारी उक्त पीडितका भाइ राजिब थापाले अबगत गराउनु भयो ।

कर्मभुमि साउदीमा रहेर पनि आफ्नो कार्यब्यस्तथाका बाबजुद, आफुलाई  जोखिममा  राखेर  उद्दार गरि नेपाल पठाउन सफल रहेकोमा  हामि एन आर एन ए  आर सि सि परिवार निकै खुसी छौ । यस्ता उद्दार कार्यहरु   बिगत मा पनि धेरै गरिएको र अगामी दिनहरुमा पनि गर्दै जानेछौ ।
यस्तो ठूलो उद्दारको लागि सहयोग पुर्याउन ठुलो भुमिका खेल्नु हुने नेपाली दूतावास अनि  एन सि सि सचिव बिशाल श्रेष्ठ ज्युहरुलाइ विशेष धन्यवाद दिन चाहन्छौ साथै अन्य सहयोगीहरुलाइ पनि मुरि मुरि धन्यवाद दिन चाहन्छौं ।।

एन आर एन ए आर सि सि
अल कासिम
साउदी अरेबिया

आज 2074/3/17 गते निम्न ब्यक्तित्वहरु को रोहबर मा एक 11 बर्सिया सुस्त मनस्थिति भयकी बोल्न नि नसक्ने र कुनै सेन्स नभयकी नानी को Cvds Nepal ले उद्दार गर्न र येस केन्द्र मा आश्रय दिन सफल भैयो। भगवान ले हामी सबैलाई कल्याण गरून्।

भवदीय
युबराज थापा
अध्यक्ष
cvds

"Box Office Film Fare Award 2017" का लागि नेपालबाट २० भन्दाबढी चर्चित कलाकारहरु लन्डनमा
- Everest Gautam, UK

जुलाई एक शनिबार बेलायतमा आयोजना हुन लागेको "Box Office Film Fare Award 2017" का लागि नेपालका चर्चित कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, आनन्द कार्कि लगायत २० भन्दाबढी कलाकारहरूलाई लन्डनको हेथ्रो बिमानस्थलमा स्वागत गर्दै ।

सुप समाज कतार को क्षेत्रीय समिती गठान
~मनिष बटाला दोहा कतार
आज मिति 2017- 06-23 शुक्रबार का दिन साहानिया क्षेत्रमा बस्ने सुदुरपस्चिमेलि हरुको भेला तदर्थ समिती संयोजक धन ब बिस्ट ज्यु को संयोजकत्वमा सभ्य र भब्य समारोह का बिच सम्पन्न भयो सो कार्यक्रम मा केन्द्रीय अध्यक्ष प्रमुख अतिथी रहनु भयको थियो भने सुदुरपस्चिमेली को माहान चाड गैरा पर्व का संयोजक प्रेम चलाउने का साथ केन्द्रिय बरिस्ठ उपाध्यक्ष सुरेन्द्र बिस्ट विशेष अतिथी रहनु भयको थियो। यसरी बिभिन्न छलफल का माझ सम्पन्न सो कार्यक्रम मा अनुशासन बिभाग प्रमुख भरत बिस्ट का साथ केन्द्रिय पदाधिकारी मा ,सह सचिब मनिष बटाला,कोषाध्यक्ष नरेस जोशी ,सह कोषाध्यक्ष गोरख चन्द सेती संयोजक गणेस तिरुवा,माहाकाली संयोजक रमेश भट्ट ,सचिबालय सद्स्य केसब खत्री का साथ सनैया क्षेत्रीय समिती अध्यक्ष टेक बोहरा अतिथी रहनु भयको थियो ।
उपस्थिति अतिथी ,विशेष अतिथी ज्यु ले  प्रबासी सुदुरपस्चिमी मिलेर अब प्रबास मा आइपर्ने समस्या को सामुहिक हल र जन्म भुमी प्रति को हाम्रो कर्तव्य का सम्बन्ध मा प्रकाश पार्नु भयको थियो ।यसरी विशेष अतिथि ज्यु हरु ले बोल्दै आफ्नो कला संस्कृति को जगेर्ना गर्दै बिदेश मा पनि सुप को मौलिक संस्कृति लाई नेपाली संस्कृति को रुप मा पहिचान गराउन हामी कट्टिबद्द र एकताबद्द भयर लाग्न आग्रह गर्नु भयको थियो । यसरी प्रमुख अतिथी केन्द्रिय अध्यक्ष ज्यु ले सस्थाको स्थापना गर्नु को कारण र क्षेत्रीय समिती गठन गर्नु को औचित्य माथी प्रकाश पार्दै कतार बासी सम्पुर्ण सुदुरपस्चिमेली लाई एकताको सुत्र मा एक्केबद्द हुन आह्वान गर्नु भयको थियो ।
सुदुरपस्चिमेलि को बाक्लो उपस्थिति रहेको सो साधारणसभा ले तदर्थ समिती संयोजक धन ब बिस्ट को अध्यक्षतामा 18  सद्स्यिय  कार्यकारी समिती सर्ब सम्मत चयन गरेको छ।
कार्यसमिति यस प्रकार छ
नमस्कार सम्पुर्ण मा,
आज हाम्रो साहानियाको अधिबेशन अर्त्थात कार्यसमिति चयन कार्यक्रम भब्यता का साथ सम्पन्न भयको छ , सो अधिबेशन बाट साहानिया बाट साहानियाका सम्पुर्ण सु प बासी हरु लाई मुलधार मा ल्याउन सक्ने केही साथीहरू लाई समाबेश गरि समिति को पुर्णता दिइएको छ , सो कार्यक्रम मा उपस्थिति भइ आफ्नो अमुल्य समय हामीलाई दिनुभयो मा सम्पुर्ण उपस्थित साथीहरू लाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु ।
आज सर्बसम्मत निर्वाचित क्षेत्रीय कमिटी साहानिया ।
अध्यक्ष -धन ब बिष्ट
उपाध्यक्ष -खगेन्द्र बि क
सचीव - हेमन्त बम
सह-सचीव - जनक बिस्वकर्मा
कोसाध्यक्ष- रंग ब कठायत
सह-कोसाध्यक्ष- गोबिन्द सेराला
सदस्यहरु
- रमेश महतरा
-करण सिं लुहार
-सुरेन्द्र बि क
-बल ब बोहरा
-किशोर कुमार डगौरा
-कालू राना
-खडक सिं नेगि
-गोपाल परियार
-लिलाधर भट्ट
-इन्द्र ब बोगटी
-हिरा राम लावड
-किशन दमाई
निकै उत्साह पुर्ण रुप मा सम्पन्न कार्यक्रम का माझ रोजगारिको शिलशिलामा कतार आउनु भयका डोटि जिल्ला शिखर नगरपालिका कपल्लेकी सेरि का धिरज शाहि मेडिकल मा समस्या देखियका कारण नेपाल फर्किदै गरेको अवस्था मा नब निर्बाचित अध्यक्ष ज्यु ले केन्द्रिय अध्यक्ष लगायत का सम्पुर्ण उपस्तिथ सुदुरपस्चिमेली माझ साहानिया समिती को भेलाले संकलन गरेको 327 रियल सहयोग हस्तान्तरण गर्दै
सुदुरपस्चिमेली लाई समेटदै सुप सेवा समाज कतार को सर्बोपरी बिकास को लागि आफू सदैब कट्टिबद्द भयर लाग्ने प्रतिबद्धता जनाउदै कार्यक्रम समाप्त भयको घोषणा गर्नु भयको थियो ।
  सो भब्य कार्यक्रम सुप समाज केन्द्रिय माहासचिब अलिबाबु पौडेल ले सन्चालन गर्नु भयको थियो।
सो कार्यक्रम को समापती संगै सुप सेवा समाज ले मुस्लिम समुदाय को माहान पर्व रमदान को अबसर मा इफ्तियार कार्यक्रम पनि भब्य रुपमा मनायको छ ।
सुप समाज ले सबै जात जाती धर्म भाषा भाषी को उच्च सम्मान गर्दै मुस्लिम समुदायमा हार्दिक शुभकामना ब्यक्त गरेको छ यसरी सो कार्यक्रम को महत्व बारे अलिबाबु पौडेल ले प्रकाश पार्नु भयको थियो ।

थप एक मनोरोगी  युवाको  उद्दार !!
......................................
लामो समयदेखी  अदालत चोक  त, कहिले  जि.  बि. स. कार्यालय पर्साको आसपासमा बस्दै  आउरहनु भएको   एकोहोरो  भुइ तिर  हेरी  बस्ने कसैले  केही खान दिए  खान नत्र  पेटी मै  सुत्दै   अाइरहनु  भएको  दाईलाई  केही  हप्तादेखी  मानवसेवा आश्रम बिरगंज  शाखा परिवारले दाईको अवस्था  अध्ययन  गर्दै अाइरहेको    थियो !

अन्दाजी  37  वर्सिय दाईलाई   रात्रीको  समयमा  उद्धार  गरी   आश्रममा लेराएको  हो!!

उद्धार  कार्यमा  सहयोग  गर्नुहुने  Gandak Hospital  परिवार एवम परोपकरी मनका धनी आदरनीय Rahbar Ansari  ज्युलाई  धेरै धन्यवाद !!

दाईलाई  चाडै नै आश्रमको  बातावरणमा घुलमिल  गराइ  चिकित्सक को परामर्श  अनुसार  औषधी  सेवन  गराउने  छौ  आशा छ दाईलाई चाडै नै ठीक हुने छ !

मानबिय सेवाको कार्यमा सहयोग गर्नु  हुने   उदारमनाज्युहरुलाई
धेरै धेरै धन्यवाद !!


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


२३ बर्षे एक युवककाे उद्दार
अाज मिति २०७४ जेठ २७ गते मध्य नेपाल नगरपालिका वडा न ६ भाेर्लेटार निवासी सिजन जि.सी.विगत ३ बर्ष देखि मानसिक सन्तुलन गुमेकाे,हात हल्लाउने,हाँसी रहने,टाेलाई रहने सडक पेटी सार्वजनिक स्थलमा वेवारिसे अवस्थामा राेडमा ३ बर्ष देखि वेवारिसे भई बसेकाे अबस्थामा मध्य नेपाल ६ निबासी श्री मदन कुमार न्याैपाने-नेपाल रेडक्रस साेसाइटी,रामकृण्ण कुवँर-वडा सदस्य,लक्ष्मी घिमिरे अामा समुह सदस्य,राेशनी पाैडेल अामा समुह सदस्यले सडकबाट उद्वार  गरि मानवसेवा अाश्रम लमजुङमा ल्याईएकाे छ । अाजकाे मिति सम्म मानवसेवा अाश्रमले ३ जनाकाे पारिवारीक पुनर्मिलन,एक जनाकाे थप उपचारको लागि काठमाडौ लगेको अाश्रममा अाश्रित ३ जनाले सेवा लीईरहनु भएकाे छ ।

मानवसेवा अाश्रम लमजुङ

नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष  शतक रक्तदाता प्रेम सागर कर्माचार्यद्वारा आज सिटी स्क्वाएर, बागबजारमा १५० औं पटक रक्तदान गर्नुहुंदै ! वहाँलाई केन्द्रिय रक्त संचार सेवा केन्द्रका निर्देशक मनिता राज कर्णिकारद्वारा शतक रक्तदाता सम्मान तथा आयोजकको तर्फबाट पनी रक्तदाता सम्मान प्रदान गरिएको थियो ! प्रेम सागर कर्माचार्यज्यूलाई धेरै धेरै बधाई साथै धन्यवाद र शुभकामना !
             सो कार्यक्रममा  स्वास्थ मन्त्री गगन थापालाई प्रमुख अतिथि निम्त्याईएको भएतापनी हिजो मात्र सरकार परिवर्तन भएको कारणले निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाको उपश्थित नभएको कारणले कार्यक्रम निर्धारित समय भन्दा डेढ घण्टा ढिलो शुरु भएको थियो ! मन्त्रीको हैसियतले नभएपनी एउटा जिम्मेवार नागरिकको हैसियतले यस्तो पवित्र  सामाजिक काममा निवर्तमान स्वास्थ्य मन्त्री गगन थापा किन उपश्थित भएनन ? के उपश्थित हुनु जिम्मेवार होईन र ?

राधा श्रेष्ठ
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज
३० वडा नगर समिति, काठमाडौ ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.