Articles by "Information"

Showing posts with label Information. Show all posts

सम्पूर्ण साथीहरुमा हार्दिक निम्तो
प्रेरणाका लागि पुस्तक भन्ने नाराका साथ भदौ २ गते बिहिबार बाट शुरु हुने पाचौं बृहत् पुस्तक प्रदर्शनीको उद्घाटन तीन बजे दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गर्नुहुनेछ । तर पाठकलाई पुस्तक अवलोकन गर्ने व्यवस्था भने ११ बजे बिहानदेखि नै गरिएको छ । भृकुटीमण्डपमा भदौ ११ गते शनिबारसम्म चल्ने यस प्रदर्शनीमा पुस्तकप्रेमी सबैलाई हार्दिक निम्तो । भोलिदेखि भने यो प्रदर्शनी ९ बजे बिहानदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने छ । धन्यवाद

पोखरा र यस आसपासमा रहनुभएका सबै प्रियजनलाई हार्दिक  आमन्त्रण । पर्सि शनिबार दिउसो ५ बजेदेखी Himalayan Readers Corner, पालिखे चोकमा हाम्रो भेट हुनेछ है त !
-Meenraj Basanta

म्याग्दी प्रबासी नेपालि संघ,राष्टिय कार्यकारी समिति कतार (मोना कतार)ले आफनो वार्षिकोत्सव कार्यक्रमलाइ संगीतमय बनाउने भएको छ ! यहि आउदो अगस्ट २६ तारिकका दिन बिन मोहमुद्को सालिमार दरबार रेस्टुरेन्टमा आयोजना हुन लागिरहेको उक्त कार्यक्रम बिसेष त् वार्षिकोत्सव र बिबिध समयमा यस सस्थालाई बिसेष योगदान पुराउनु भएका बिभिन्न संघ सस्था र व्यक्तित्वहरुलाई प्रदान गरिने सम्मानमै केन्द्रित रहेर तयारिलाइ तिब्रता दिइएको थियो l समयको परिबर्तन र माग संगै निसुल्क प्रबेस,बिबिध साँस्कृतिक कार्यक्रम सहित डिनर पनि थपिएको हो l कार्यक्रमको तयारि तिब्र रुपमा अगाडी बढिरहेको छ l दिउसो २ बजे बाट सुरु हुने कार्यक्रम ७ बजे सम्म चल्ने छ भने त्यस पछीको समय डिनरको हुने  व्यहोरा सबैमा जानकारी गराउदै बैदेशिक रोजगारीको शिलसिलामा म्याग्दी जिल्लाबाट कतारमा रहनु भएका सम्पूर्ण म्याग्देलीलाइ उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ l
मोना कतार परिवार

बृहत सांगितिक कार्यक्रम "डम्फु साँझ" 2016

    कतारमा बृहत सांगितिक कार्यक्रम "डम्फु साँझ" हुने भएको छ। नेपाल प्रवासी तामाङ समाज कतारको १२ बर्ष पूरा भएको उपलक्ष्यमा उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा उक्त संस्थाका कलाकार बिभाग प्रमुख उत्तर लामाले जानकारी दिएका छन।

      यस डम्फु साँझ सांस्कृतिक कार्यक्रमबाट अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि स्थापना गरिएको शैक्षिक बिकास कोषलाई बिशेश सहयोगको लागि यो कार्यक्रम हुनलागेको उत्तर लामाले बताएको छन। लामाकाअनुसार यस सांस्कृतिक कार्यक्रम मार्फत तामाङ जातिको मौलिक पहिचान बोकेको बाजा "डम्फु" को महत्त्वको बारेमा कतारमा रहेको सबै नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ जानकारी दिइने लक्ष्य रहेको छ।

चर्चित सेलो गायक तथा संगितकार रोज मोक्तान, तामाङ सिने क्षेत्रका चर्चित खल नायक तथा निर्माता बिकु थोकर, सेलो तथा म्हेन्दोमाया गायिका टिकामाया चोथेन, तामाङ सिने क्षेत्रकै चर्चित नायिका तथा डान्सर निशा तामाङ र स्थानिय कलाकारहरु, तामाङ भासामा पहिलो र्‍याप गायक उत्तर लामा,  सेलो गायक एस बि मोक्तान,  सेलो गायक शुकमान मोक्तान (कुमार ओख्रेली) र सेलो तथा म्हेन्दोमाया गायक शिशिर तामाङको बेजोड प्रस्तुती रहने छ। कार्यक्रम संचालन भने गुराँस तामाङ र कमल योन्जन लाई दिइएको छ।

      कार्यक्रमको मिति जति नजिकिँदै छ तयारी त्यति नै तिब्र भैरहेको बताउँदै, कतारमा रहेका कोहि नेपालिहरुले पनि यो कार्यक्रममा सामिल हुने अवसर नगुमाउन भन्ने उदेश्यले प्रचार प्रसार पनि व्यापक भैरहेको आयोजकले बताएको छ। कार्यक्रम प्रबेशको लागि टिकटको ब्यबस्था गरिएको कारण सबै गित संगितप्रेमी नेपालिहरुले शान्तिपुर्ण वातावरणमा मनोरञ्जन लिन समयमा नै आफ्नो सिटको सुरक्षा गर्न आव्हान गरियको  छ।

बिहान १० बजे बाटै सुरु हुने उक्त कार्यक्रम जैद बृज नजिकै रहेको गल्फ पाराडाइज होटलमा  हुनेछ। कतारमा रहेर उक्त कार्यक्रम सामिल हुन चहानुहुने सबै दाजुभाइ तथा दिदिबहिनिहरुले तल दिइएको सम्पर्क नम्बरहरुमा सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ।

सम्पर्क नम्बरहरु:-

१) उत्तर लामा - ३३२९४४८३
२) धिरेन तामाङ - ६६०६५१००
३) तिर्थ थिङ तामाङ -७०३१७७३३
४) कमल योन्जन -५०३१८४९३
५) थर्चा लामा - ६६४०९३३४
६) माईला वाईबा - ३०२९६८६९
७) तेज मोक्तान - ७७२७०५९१

के हाे बोधिचित्त ?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?
=====================
परिचयः
नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको , झट्ट हेर्दा बयरकै  एक प्रजाति भित्र पर्ने ,स्थानीय वनस्पति हो वोधिचित्त ।
यो वनस्पति नृपालमा बाहेक संसारका कुनै ठाउंमा पनि पाईदैन । त्यसैले यसलाई अंग्रेजीमा इन्डेमिक टु नेपाल भनिन्छ । बुद्ध धर्मावलम्बिहरुका अनुसार बोधिचित्त विरुवा आठौं सताब्दी तिर गुरु पद्म सम्भम(गुरु रेम्पो छे) लुम्बिनीबाट तिब्बत फर्किने बेलामा तिमालमा तपस्या गरि जान लाग्दा तिमाल क्षेत्रमा रोपेको र स्थानीयलाई चिनाएको किम्बदन्ति रहेको छ ।सम्भवतः यसको बीउ र माला गुरु पद्म शम्भवले लुम्बिनी बाट ल्याएको हुनु पर्छ ।परम्परागत रुपमा यसको खेती तिमाल क्षेत्रमा मात्र गरिन्थ्यो ।नातागोता , इष्टमित्र  र आफन्तहरुलाई उपहारको रुपमा यस्को बिउ र बिरुवाहरु दिने गरिएकाले तिमाल आसपासका गाउंहरु जस्तै महाभारत श्र्रीड.खला,काभ्रेकै कोशी पारीका गाउहरु , रामेछाप, सिन्धुली,दोलखा आदि ठाउहरुमा पनि केही दशक अघिदेखि अलि अलि फैलिएको थियो ।यसको धार्मिक तथा आर्थिक महत्व दिन प्रतिदिन बढ्दो छ । र विश्व बजारमा यसको माग धेरै बढेकाले अहिले नेपालका लगभग सबैजसो जिल्लाहरुमा यसको खेती गरिन थालिएको छ ।काठमाण्डौका विभिन्न स्थानहरुमा बोधिचित्त फलिसकेकाले काठमाण्डौ उपत्यका र यस्तै हावापानि हुने अन्य सनमा पनि यसको खेतित हुनसक्ने देखिन्छ ।
===============================================
नामाकरणःनेपाली भाषामा बोधिचित्त वा बुद्धचित्तको नामले चिनिने यस वनस्पतिलाई तिमाल क्षेत्रमा स्थानीयहरुले बुद्धमाला,माला र फ्रड.्वामाला पनि भन्दछन् ।तिब्बती भाषामा ठेड.्वा माला र तिनीया भाषामा फड.् याड.् फू थी भनिन्छ । बयर जातको वनस्पतिको वैज्ञानिक वा जेनेरिक नाम जिजिपस र सोहि जात भित्र पर्ने प्रजाती बोधिचित्त भएकाले नेपाली वैज्ञानिकहरुले यसको प्रजातिय नाम बुद्धेन्सिस नामाकरण गरेका  छन् ।तसर्थ यसलाई  जिजिपस बुद्धेन्सिसको नामले विश्वमा चिनिन्छ ।
=========================================
धार्मिक महत्वःबुद्धमार्गीहरुले जप गर्दा प्रयोग गरिने पवित्र माला यही     बोधिचित्तको १०८ वटा दानालाई उनेर बनाइन्छ ।यसको जोड्निमा एउटा अनि ठुलो अतिरिक्त दाना राखिएको हुन्छ ,त्यसलाई गरुदाना भनिन्छ ।जप र ध्यान गर्दा उच्चारण गरिने मन्त्रको गणनालाई सजिलो बनाउन बौद्ध भिक्षु,न्यासि,ध्यानी र उपासकहरुले यसको प्रयोग गर्दछन् ।यस्लाई भगवान बद्धसग साक्षात्पकार गराउने पवित्र साधन मानिन्छ ।बोधिचित्तको मालाबाट जप, ध्यान,मन्त्रोच्चारण र धारण गर्दा चिताएको पुग्ने ,सिद्धि प्राप्त हुने,अन्जानमा गरेको पाप काटिनने र मृत्यु पछि पनि शान्ति र मुक्ति प्राप्त हुने विश्वास गरिन्छ ।यसको माला सबै खाले पुजा र जपमा प्रयोग गरिन्छ ।यस मालाबाट जप गर्दा परिवार र समाजलाई नै लाभ प्राप्त हुन्छ  भन्ने विश्वास गरिन्छ ।बोधिचित्तको माला बुद्ध भिक्षुहरुलाई दान दिएमा ती भिक्षुहरुले जपगर्दा प्राप्त हुने पुण्य वा लाभको केहि अंश माला दान गर्ने ब्यक्तिलाई समेत प्राप्त हुने विश्वास पनि रहेको छ ।घरमा राखिएका बुद्धका मूर्ति,फोटो तथा आफ्ना स्वर्गीय जनहरुको फोटोहरुमा समेट यसको माला अगाइदिने गरिएको छ ।विवाह,स्वागत,बिदाइ जस्ता शुभकार्यहरुमा समेत गहना र उपहारका रुपमा यसको माला,ब्रास्लेट,लकेट आदि दिने प्रचलन बढेको छ ।यस्को माला दलाई लामाले पनि प्रयोग गर्नु हुन्छ | चिन , जापान्, कोरिया ,थाइल्यान्ड्,तिबेत्,भिएतनाम्,मकाउ,ताईवान आदी देशहरुमा यस्को माग उच्च छ र कम से कम १० बर्ष सम्म यस्को माग उच्च नै रहनेछ !
===================================================
खेती प्रविधिः यसको दाना फुटाएर निकालिएको बीउ लाई माटो भरिएको सोलीमा राखेर बिरुवा उमारिन्छ । सोलीमा भर्ने माटोलाई भरसक जंगलबाट संकलन गरी मसिनो जालिमा राम्ररी चाल्नु पर्छ ।जंगलको कालो र फुको माटो विरुवा राम्ररी उमार्न उपयोगी हुन्छ ।बीउलाई पालिब्यागमा राखेर त्यसलाई ग्रीन हाउस,विशेष किसिमको प्लास्टिकछाना,चित्रा वा खरको छानाले बनाएको सेडमा राखी विरुवा उमार्न सकिन्छ ।बिरुवामा ढुसी लागेमा राम्रो र सग्लो बिरुवा पनि हेर्दा हेर्दै ओइलिन्छ ।त्यसैले बिरुवा उम्रनासाथ ५ देखि ७ दिन बिराएर वा बिरुवाको अवस्था हेरेर  फडि.्गसाइट नामको विषादि पानीमा घोलेर स्प्रे गर्नुपर्छ ।साना बिरुवामा १ लिटर पानीमा १ ग्राम र ठूला बिरुवामा २ ग्रामसम्म यसको धुलो मिसाउनु पर्दछ ।यो औषधि प्राय प्याकेटमा धुलोरुपमा पाइन्छ ।कम्पनि अनुसार आफ्नै नाम राखिएको हुन्छ ।बिरुवा २ फिट अग्लो भएको बेला कहिले काहि किरा लागेर डांठ प्वाल पर्ने गरेको पाइन्छ ।तसर्थ फल दिन नथालुन्जेल बिरुवाको राम्ररी हेरचाह गर्न जरुरी छ ।यदी किरा लागेको पाईयमा साले सुइले डिजेल वा मटीतेल तोनेर सो प्वालमा हालीदिनु पर्छ र लेसीलो माटोले प्वाल टालिदिनु पर्छ । विरुवा सोलीमा उम्रिएको ३ महिना देखी १ वर्ष सम्ममा यसको खेति गरिने जमीनमा सार्नु उपयूक्त मानिन्छ ।माघको पहिलो हप्ता देखि फागुनको तेस्रो हप्तासम्म र जेठको अन्तिमदेखि असोजसम्म रोप्न उपयुक्त मानिन्छ ।अन्य समयमा रोप्न चाहाने हरुले पहिले गमलामा राम्ररी हेरचाह गरी सार्ने र अर्को वर्ष उपयूक्त समयमा जमीनमा सार्नु पर्दछ ।नेपालको तराइ देखि २५०० मिटरको उचाइसम्म पारीलो ,सेप नलाग्ने,पानी नजम्ने कोठेबारी,बगैचा,बारी ,पाखो,पखेरो लगायतका जुनसुकै जमीनमा यसको खेती गर्नसकिन्छ ।यसको बिरुवा रोपेको २ देखी ३ वर्षमा फल दिन थाल्दछ ।कुनै कुनै बिरुवामा बर्षमा दुई पटक पनि फल फल्न सक्छ ।यसको वयस्क बिरुवामा २०० केजी सम्म फल फलेको पाईएको छ ।२० देखि २५ फिट अग्लो झ्याडि.्गएको हुने र एक पटक रोपेपछि सय वर्ष भन्दा बढी समय सम्म फल फलिरहन्छ ।
रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने ।
बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर नपार्ने ।
==============================================
लगाउने विधि :
-२ फीट को  खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
===================================================
व्यापारः एकै रुखको फलबाट २ लाख देखि ५० लाखसम्म आम्दानी हुने हुंदा यसको खेतिगर्ने किसान र ब्यापार गर्ने व्यक्तिहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।यसरी बढेको व्यापारका कारण काभ्रे र रामेछाप क्ष्ँेत्रका किसानहरुको आय र जीवनस्तर धेरै उच्च भएको छ ।काभ्रेको तिमाल क्ष्ँेत्रमा मात्र वार्षिक करिब एक अरबभन्दा बढीको कारोबार हुने अनुमान छ ।यसको व्यापार र आम्दानी बढेको कारण देशै भरि यसको खेती गर्ने अहर चलेको छ । माग अनुसार बिरुवा उत्पादन  हुन नसकेको र उत्पादन लागत नै महड.्गो पर्ने भएकोले एउटै बिरुवा उमेर र साइज हेरेर सातसय  देखि दशहजारसम्ममा बिक्रीहुने गरेका छन् ।यसका दाना र मालाहरु खरिद गर्न चिन,ताइवान,मकाउ लगायतका धेरै व्यापारीहरु घर घरमा आउने गरेको किसानहरु बताउछन् ।नेपालको हालको उत्पादनले बजारको माग धान्न नसकेकाले बजार मुल्य दिन प्रतिदिन बढ्दो छ । यसका दानाको सतहमा प्रष्ट देखिने कुशल कलाकारले कुंदेकाजस्ता आकषर््ाक विभिन्न कोणका चिन्हहरु हुन्छन् ।त्यस्ता कोणलाई यसको मुख वा सुर भनिन्छ ।मुख बढ्दै गएअनुसार यसको मुल्य पनि पढ्दै जान्छ ।हालसम्म एकदेखि नौ मुख सम्मका दानाहरु पाइएका छन् ।नौ मुखे राम्रो आकार र गोलाइ भएको एउटै दाना रु.४ लाख र नौ मि.मि गोलाइबाट बनेको दुइ मुखे दानाको एउदै मालाको १ लाख भन्दा बढीमा बिक्री हुने गरेको छ ।
२०७२ सालमा बिक्रि भएअनुसार बोधिचित्तको दाना तथा मालाहरुको सालाखाला होलसेल मुल्यः
८ मिमिको १०८ दानाबाट बनेको १ मालाको २ लाख ,
९ मिमिको १०८ दानाबाट बनेको १ मालाको १ लाख ,
१० मिमिको १०८ दानाबाट बनेको १ मालाको ४० हजार ,
११ मिमिको १०८ दानाबाट बनेको १ मालाको २० हजार ,
१२ मिमिको १०८ दानाबाट बनेको १ मालाको ६ हजार ,
१३ देखि १६ मिमिको १०८ दानाबाट बनेको १ मालाको २ हजार ,
१७ देखि १८ मिमिको १०८ दानाबाट बनेको १ मालाको १२ हजार ,
१९ देखि २० मिमिको १०८ दानाबाट बनेको १ मालाको २० हजार ,
२१ देखि २२ मिमिको १०८ दानाबाट बनेको १ मालाको ३० हजार
दुइमुखे दाना सालाखाला प्रति माला १० हजार,
तिनमुखे दाना सालाखाला प्रतिगोटा रु.१२५ ,
४ मुखे दाना सालाखाला प्रतिगोटा रु.१२०० ,
५ मुखे दाना सालाखाला प्रतिगोटा रु.१०,००० ,
६ मुखे दाना सालाखाला प्रतिगोटा रु.४०,००० ,
७ मुखे दाना सालाखाला प्रतिगोटा रु.१,००,००० ,
८ मुखे दाना सालाखाला प्रतिगोटा रु.१,५०,०००
र ९ मुखे दाना सालाखाला प्रतिगोटा रु.४,००,००० मा बिक्रि हुने गरेको छ ।
==========================================
बोधिचित्त बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
(01-4418921,9860309157,9813275400,9808511981,9845421906,9808511981)
काठमाडौं रिङ्गरोड भित्र नि:शुल्क डेलिभरी
-------------------------------------------
याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942
साभार:- www.agromartnepal.com बाट

कुबैत मा रहनुभएको लु लु हायफर मार्केट मा काम गर्नु हुनै अतिनै सहयोगी भावना हुनुभएका साथी हरु द्वारा मलाइ बिबरन जानकारी गराइ (१०९७०३ रुपैया  ८० पैसा ) सहयोग गरि रामचन्द्र तिमिल्सिना बचाउ अभियान लाई साथ दिनु भएको छ मुरि मुरि धन्यबाद यहाहरुलाइ।
-शेखर देब कुँवर

हिज मिति 12/08/2016 का दिन हामिले राम्चन्द्र बचाउ अभियान अन्तरगत जम्मा भयको रकम 10,120 साउदी रियाल(२,८५,७९५)नेरु, नेपाल बाणिज्य बैंक  बनेपा साखा मा जम्मा हुनेगरी पठाइएको छ/सहयोग संकलन गर्न सहयोग गर्नु हुने म प्रदिप के.सि,दाजु बिकाश हुमागाईं भाइ सुमन घिमिरे  तथा भरथ खत्रि लगायत सम्पुर्ण सहयोगी हात हरु लाइ हृदय देखि धन्यवाद /
-प्रदीप

आज बाट भने पुर्ण रुपमा रकम सँकलन गर्न बन्द गर्नुहोला भन्ने खबर आयको छ।

भोली सिड्नीका २ वटा टोलमा साङितिक कार्यक्रम छन एउटा Hornsby टोलमा र अर्को Ashfield टोलमा जता पायक पर्छ उतै जानु होला । । कार्यक्रम दुबै राम्रा भयको  मेरो ठम्याइ छ । दुबै तिर मैले चिनेका कलाकार साथीहरुले मनोरन्जन दिदै छन...

नेपाली कार्यक्रम हरुमा सम्भब भए सम्म जानुहोला-निक्कै मन रमाउनेछ, कलाकार हरुलाई पनि हौसला मिल्नेछ।

नवलपरासी जिल्लाका विभिन्न स्थान मा रहेका एम्बुलेन्स सेवाका नम्बर हरु कुनै पनि बेला चाहिन सक्छ, सेयर गरेर अरुलाई पनि जानकारी गराउनुहोला।

के तपाईंको जग्गा जमिन बाँझो बसेको छ ? पहिरो गएको छ वा बाढीले जग्गा कटान गर्छ ? खेती गर्ने मान्छे पाउनु भएको छैन ?
यस्तो छ भने तुरुन्तै पाउलोनिया बिरुवा लगाउँनु होस् र राम्रो आम्दानी गर्नु होस् ! आजै भबिस्य बनाउनु होस् !!
पाउलोनिया बिरुवाको मुख्य बिषेशताहरु :
# संसारको चाँडै हुर्कने रुख (२०-२६ मी. )
# जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने
# पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने
# प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ एउटा पाउलोनियाको रुखले जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
# गाइ बाख्रा लाई घाँस हुने
# फुल फुल्ने हुनाले मौरी पालन गर्न सकिने
# काठ बेच्न सकिने (Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc..)
# प्रत्यक ७-९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने (एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा )
# एक चोटी रोपे पछी ८-१० चोटी सम्म काठ बेच्न मिल्ने (रुख काटे पछी तेसबाट नै ८-१० चोटी सम्म अर्को पालुवा पलाउँछ )आदी !
-----------------------------------------------------------------
के हाे पाउलोनिया ?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?
=================================
पाउलोनिया (बोधसाल ):
---------------------------------
पाउलोनिया एक थोरै लगानी मा धेरै लाभ लिन सकिने र संसारमै छिटो बढने रुख हो ।
पाउलोनिया बनस्पति छिटो बढ्ने, डाले घास, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोगी, पतझड जातको रुख हो ।
>जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने बिरुवा बएस्क भएपछी ३० मि सम्म अग्लो हुन सक्छ ।
>समुन्द्र सतह देखी २५०० मि सम्म खेती गर्न सकिने यस बिरुवा रोपेको ८/१० बर्षमा रुख काट्न तयार हुन्छ ।
>४/५ बर्षमै पनि काठ को रुपमा प्रयोग गर्न सकिने यो रुख १ बर्षमै २०/३० फीट अग्लो हुन्छ ।
>वातावरण मैत्री यस बिरुवा रोपेपछी ८/९ पटक सम्म कटन सकिने ।
>अग्लो र सुरिलो हुने रुख , जरा पनि सिधै तल जाने भएकाले छेउछेउ मा अरु बिरुवा बेसार, तरकारी, अनार, आँप, लिची, भुर्इंकटहर० , जडिबुटी ,अन्न्न बाली लगाउन सकिने ।
>यसको फूल वैजनी रङको र आर्कषक आकृतिको हुने भएकोले बगैचा, गेट तथा बाटो छेउको शोभा बढाउन र छायादार वृक्षको रुपमा समेत यो वृक्षलाई रोप्ने गरेको पाईन्छ ।
>बएस्क रुख बाट ३०/४५ क्यु फीट काठ निकाल्न सकिने यो रुख मा एक सिजन फुल खेल्ने भएकाले मौरी पालनको पनि राम्रो सम्भावना रहेको छ ।
> औषधीको गुण भएको पाउलोनियाको पातलाई जडीबुटीको रुपमासमेत उपयोग गर्न सकिन्छ ।
> यो बिरुवको पात गाइबस्तु, भेडाबाख्रा, वङ गुर , कुखुराको दानाको रुपमा प्रयोग गर्न सकिने ।
> काठ बेच्न सकिने (windows,doors,house,Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc..)
>प्रत्यक ७/९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने >यसको काठ विदेश निर्यात गर्न सकिने र नेपालमै अतिसस्तो काठको मूल्यमा बिक्री गर्दा रु.४० हजारदेखि रु.६० हजारसम्म आम्दानी गर्न सकिन्छ ।पनि प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
>पाउलोनियाको पहेंलो र हल्का खरानी रङको काठलाई तापको कुचालक अर्थात् आगो नटिप्ने मानिन्छ जसकारण यो काठ को प्रयोगले आगो लागि को डर पनि कम हुन्छ
=========================
बाताबरण शुद्धिकरण / कार्बन बैंक :
>पाउलोनियाले अरु बोटको तुलनामा १० गुणा कारबन खपत गर्छ र सोही मात्रमा ओक्सीजन उत्सर्जन गर्छ
>एउटा बयस्क पाउलोनियाको बोटले प्रती बर्ष २.१३ टनOxygen उत्सर्जन गर्छ र सोही मात्रमाCarbon खपत गर्छ
>एउटा बयस्क पाउलोनियाको बोटले दिन ५६.८ लिटर Waste Water Store गर्दछ र जमिन मुनीको फोहोर र हानी कारक बायु शुद्धिकरण गर्दछ
>अरु काठको दाउरा बाल्नु भन्दा पाउलोनियाको बाल्दा फाइदा हुन्छ किनकी एस्ले निकल्दैन
> पाउलोनियाको दाउरा बाल्दाcarbon mono oxide (0%), Methane (0%),SulphurOxide (0%)Nitruous Oxide (0%)Methane (0%) According to research done by Winrock financial limited in 2004.
>पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने
===============================
नेपालमा पाउलोनियाको सम्भावना:
> यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ ।
> नेपालमा प्रशस्त कृषी तथा अनुत्पादक छेत्र भएकाले पाउलोनिया खेती गर्दा सो छेत्र को उचित उपयोग हुने ।
> साल सिसौउ जस्ता अरु काठको बिकल्पको रुपमा प्रयोग गर्न सकिने ।
> बड्दो बिकास सँग काठ को तथा काठ जन्य सामग्रीको उपायोगिता बड्नु ।
>यो बिरुवाको नमुना बाली सफल भएको ।
>पहिरो जाने तथा खेती नगरि खाली रहेको जग्गा को राम्रो सदुपयोग हुने ।
> दिर्घकालीन आएस्रोत भएको हुँदा गरीबि निवाकारण गर्न मा सहयोग गर्ने ।
>वरिष्ठ वनस्पतिविद् तथा संरक्षणकर्ता डा. तीर्थबहादुर श्रेष्ठका अनुसार सन् २००५ मा आईयुसीएन नेपालले तयार पारेको नेपालका मिचाहा एवं परचक्री विरुवाको सूचीमा १६६ वनस्पतिमध्ये पाउलोनियाको नाम छैन ।
>छिटो फैलिने रुख भए पनि धेरै उपायोगिता हुने भएकोले, यो रुख कुनै पनि देशमा प्रतिबन्धित छैन
================================
पाउलोनिया खेती प्रविधी :
> पाउलोनियाको वा समशितोष्ण भुभाग ९समुन्द्र सतहबाट २१०० मि० मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो हुर्कने हुन्छ ।
>बिरुवा सार्न उत्तम समय बर्षायाम तथा माघ(फाल्गुन अनुकुल रहेको छ ्रतर पनि उचित हेरचाह गरेमा र सिन्चाइ को बेवस्था गरे हिउद मा पनि यसलाई रोप्न सकिन्छ
>रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने । बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
> लगाउने समय ठुलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
>भित्री बाली लगाउने हो भने ५ मिको फरक र नलगाउने हो भने ३ मि फरकमा रोप्नु पर्छ
>१ रोपनी मा ४०-५०बिरुवा लगाउन मिल्ने
>हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
>स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
> गाठो नभएको गुणस्तरीय काठ उत्पादन गर्न समयमै तल्लो हागाहरु काट्नु पर्दछ , रुखको अवस्था हेरेर रोपेको तेस्रो बर्षमा हागा काट्ने गर्नु पर्दछ ।
>वृक्षँरोपण धेरै बाक्लो भएमा खाना र प्रकाशका लागि प्रतिस्पर्धा गर्नेु पर्ने हुनाले यस्तो अवस्थामा विरुवालाई पातलो पारेमा बृद्धि छिटो हुन्छ । छाट्ने कार्य बिभिन्न उमेरमा गर्नु पर्दछ ।
==============================
पाउलोनियाको उपयोगिता :
>पाउलोनियाको काठ अन्य काठ भन्दा अत्यन्तै हलुका ९४० प्रतिशत०, नमक्किने, नबाङ्गिने र नफुट्ने भएकोले यसको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको छ ।
>यो काठ पहेलो, खरानी रङको हल्का भएता पनि ख“दिलो खालको हुन्छ जसमा किरा समेत लाग्दैन, धुवाले नबिग्रने , तापको कुचालक भएकोले चाडै आगो पनि लाग्दैन ।
> यसको काठ सयौं बर्ष अघिदेखि नै बिभिन्न प्रयोजनका लागि प्रयोग हुदै आईरहेको छ । जस्तै :
>र्फिर्नचर तथा वाद्यवादक – झ्याल ,ढोका, खापा, पलङ, सोफा, दराज, आल्मारी, घर्राहरु, टेबल, कुर्सी, पार्केटिङ आदि
>खेलौना तथा भवन – फुलदानी, भगवानको मूर्ति, काठको माछा, ब्ल्याकर्बोड, ब्ल्याक्बोर्ड, सर्फबोट, स्लेट आदि त्यस्तै घरको भित्ता, भित्री पर्खाल, सिलिङ र भित्री छानाको लागि उपयुक्त हुन्छ ।
>यसको काठबाट माहुरीको घार बनाउनाले घारभित्रको तापक्रममा स्थिरता आई बढी मह उत्पादन हुन्छ ।
> प्याकेजिङ – तेल, वाइन, बियर आदि तरल पर्दाथ राख्न प्याकिङ बक्स, चिया बक्स, फलफूल तथा अन्य भण्डारणका बाकस आदि । त्यस्तै मेडल बक्स, ड्रेस्सिङ बक्स, टिभी, रेडियो र कमप्युटर राख्ने बक्स तथा प्याकहरु आदि पनि बनाउन सकिन्छ ।
>ठूला ठूला राष्ट्रहरुमा पाउलोनियाको काठ हवाइजहाज, ग्लाइडर, पानीजहाज, वायुयानलगायत का उपकरणहरु निमार्णमा प्रयोग गरिन्छ ।
>पँउलोनियाको काठ मात्र नभएर यसको अन्य चिजलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । >यसको धूलोलाई सिरानी, गद्दी, चकटी आदि भित्र भर्न चिस्यान यन्त्रहरुमा कुचालकको काम गर्न, गाईबस्तुको सोत्तरका रुपमा, घरभित्र ओस भएको ठाउमा तथा खेलौनामा प्रयोग गरिन्छ ।
>यसको अंगारलाई उधोगहरुमा सक्रिय कार्बनका रुपमा समेत प्रयोग गर्न सकिन्छ । त्यस्तै बोक्रा पनि रङ बनाउन प्रयोग गर्न सकिन्छ ।
==============================
पाउलोनिया बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
(01-4418921,9860309157,9808511981,9845421906
काठमाडौं रिङ्गरोड भित्र नि:शुल्क डेलिभरी
-------------------------------------------
याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942
---------------------------------------------
Surendra Shahi /सुरेन्द्र शाही
Nepalgunj-1,Dhamboji,Banke(नेपालगन्ज-१ ,धाम्बोजी बाँके )
9861045183/9822517590 (९८६१०४५१८३ / ९८२२५१७५९० )
-----------------------------------------------
Sundar Lal Shrestha / सुन्दर लाल श्रेष्ठ
Laxmi Nursury / लक्ष्मी नर्सरि
Bandipur-1 , Dumre , Tanahun (Police chauki najik) / बन्दिपुर्-१ , डुम्रे , तनहुँ (पुलिस चौकी नजिक्)
9846065389 / 9802821648 (९८४६०६५३८९ / ९८०२८२१६४८)
----------------------------------------------------
Santosh Deupal / सन्तोष देउपाल
Dhangadi-01, Tribeni chok, kailali ( Sudur Panchhim) / धनगढि-०१, त्रिबेनी चोक, कैलाली ( सुदुर पक्षिम्)
9868431502 / 9824690888 (९८६८४३१५०२ / ९८२४६९०८८८)
--------------------------------------------------------
Sushil Khadka / सुशिल खड्का
Falate-7, Jiri , Dolakha / फलते-७, जिरी , दोलखा
9851116893 / 9844239463 (९८५१११६८९३ / ९८४४२३९४६३)
-------------------------------------------------------
Rajan Basnet / राजन बस्नेत
Namuna Krishi form / नमुना कृषी फर्म
Saipu , Ramechhap / सैपु , रामेछाप
9851012936 / 9849327756 (९८५१०१२९३६ / ९८४९३२७७५६)
--------------------------------------------------------
Resma Bags and Agro Store / रेस्मा ब्याग एन्ड याग्रो स्टोर
Gathhaghar Chowk, Aakase pul najik, Bhaktapur / गठ्ठाघर चोक, आकसे पुल नजिक्, भक्तपुर
9862238239 / 9803887387 (९८६२२३८२३९ / ९८०३८८७३८७ )
--------------------------------------------------------
साभार:-www.agromartnepal.com बाट

देशको अवस्था नाजुक हुँदै जाने संकेत,
वास्तवमा नेपालमा अव्यवस्थित तरिकाले सुधार बिना बनाइएका सडकहरु, अनियंत्रित चुलिएको महङ्गो सामनहरु, नियम विरुद्ध डरलाग्दो तरिकाले चलाइने गरेका सवारी साधनहरु, अस्थिर सरकार, नियम विरुद्ध गरिने नियुक्ति, सरुवा, बढुवामा राजनितिकरण, विकाश  भन्दा राजनीतिमा बढी जोड दिने परिपाटीले गर्दा दिनानुदिन धनी झन-धनी र गरिव झन-गरिव हुँदै जाने संकेत देखा परेको र सरकारले नियम, कानुनको पालना, योजना बद्द तरिकाले गर्न, गर्न-लगाउन जोड नदिने हो भने अहिलेको अवस्थामा बेरोजगारी, अव्यवस्थित, महङ्गो बढेर जाने र देशको अवस्था दिनानुदिन विकाश भन्दा नाजुक हुँदै जाने स्पष्ट संकेत देखापरेको छ !!
-Everest Gautam
लेखक,पत्रकार,समाजसेवि - बेलायत

मकवानपुरका सुरेन्द्र घलान को नागरिकता कान्ति बाल अस्पताल काठमान्डौंमा लगभग २ महिना अघि बाट सोधपुछ कक्ष मा राखियको छ,चिन्नुहुन्छ भने भनिदिनुहोला।

35 दिन भित्र 35 लाख ..उठाउने कि नउठाउने ?...भन्नुस  ....नखाएको बिष लागेको रामचन्द्र तिमल्सिना ज्यु लाई बचाउने कि नबचाउने भन्नुस ।।

......रामचन्द्र तिमल्सिनाको दुखमा टुलु टुलु हेरेर बस्न पटक्कै यो मनले मानेन तेसले जति सक्छ तेति जम्मा पार्ने अभियानमा लाग्दैछु यदि साथ सपोर्ट अनि आर्थिक सहयोग गर्न चहानु हुने मेरा फेसबुकका स्टमित्र हरुले आफ्नो प्रतिक्रिया सहित कमेन्ड गर्नु होला ...है ...

चाहे एक हजार नै किन नहोस .....

पोखरा रोधी कल्ब देखि उहाँको सहयोग अभियान सुरु!!
जसमा सहयोगी मनहरु हुनुहुन्छ :-
१) नमस्ते नेपाल हातेमालो सामजिक संस्था कतार शाखा बाट रु ३०,०००/=
२)कमला दाहल बाट रु,१०,०००/=५
३) संगिता दास बाट रू , ३,०००/=
४)राजाराम दाहल बाट रु, ३,०००/=
५) सिम्रन मगर बाट रू , ३,०००/=ं
६) बबिता शर्मा बाट रु, ५,०००/=
७) चन्द्रमान तामाङ बाट रु, ५,०००/=
८) फडिन्द्र कार्की बाट रु, ७,०००/=
नाम सहित है नागरिताको पहिचान सहितको यो पत्रकार सम्मेलनमा इजरायल देखि कमला दाहल 972-544863880 कतार देखि रमेश दर्नाल 0097430260472

कमला दाहाल
-ईजरायल

बालबालिका भोलिका कर्णधार हुन,देशका गौरब हुन, माया ममता,हौसला,शिक्षा तथा अन्य कुरा हरु बाट उनिहरुको बौद्धिक बिकाश हुने,मनोबल बढाउने कार्य गर्नुपर्छ तब मात्र परिवार,समाज र सिंगो देश बलियो र सम्पन्नशाली हुन्छ।
तस्बीर क्लिक - कान्ति बाल अस्पताल को भित्तामा


भोली वाट नवलपरासीको कावासोती केन्द्र वनाएर BESTONLINE र WWW.HULAKIONLINE.COM  औपचारीक सुरुवात हुदैछ । सवै अग्रज र साथीभाई तथा शुभचिन्तकहरुको सहयोगको अपेक्षा गर्दछौ . नागे पञ्चमी अर्थात आईतवार विहान ९ वजे best media सवैलाई निमन्त्रणा गर्दछौ ।
-Best Media परिवार

निमन्त्रणा । निमन्त्रणा । निमन्त्रणा ।
आउदो शुक्रबार अर्थात ५ अगस्ट २०१६, दिनको १:०० बजे देखि बिन उमरान स्तिथ गृन भिलेज रेस्टुरेन्टमा नमस्ते नेपाल कतार शाखा को आयोजनामा नेपाल र यु.ए.ई. बाट पाल्नु हुने राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती सहित हुन गईरहेको बृहत् सास्कृतिक कार्यक्रममा दोहामा रहेका हरेक संघ संस्था, व्यावसायि, बुद्धिजिबि,पत्रकार र कतारलाई कर्म थलो बनाउनु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुमा गरिमामय उपस्तिथिको लागि हार्दिक सादर-निमन्त्रणा गर्दछौ ।

नोट: कार्यक्रम नि:शुल्क हुनेछ ।
बस छुट्ने स्थानहरु र सम्पर्क ब्यक्तिहरु:-
१)दोहा-अर्जुन खत्री(33119२956)
२)सनैया अलेतिया- बिशाल अधिकारी(30085769)

विभिन्न स्रोत बाट लिइयको खरबुजाका फाईदा हरु --यदि तपाईलाई निद नलाग्ने समस्या छ भने खरबुजा को सेवन गर्नुहोस- यस्ले निद लगाउने कार्यमा सहयोग पुर्याउनेछ।

हाल UAE मा कार्यरत सन्चारकर्मी शिबलाल भुसाल द्वारा "रोचक प्रसंङ्ग" नामक विभिन्न ज्ञानबर्दक सामाग्री हरुले भरियको आफै संकलक र प्रकाशक रहेको ३५ प्रती पुस्तक हामिलाई उपलब्ध गराउनुभयको छ।

यस पुस्तक विद्यार्थी लगायत अन्य सबैको लागि प्रभाबकारी तथा लाभदायक रहेको कुरा हामिलाई शिव जिले जानकारी गराउनुभयको छ।

रोचक प्रसंग भाग १ निक्कै लोकपृय भए पछि सबैको हौसलाले उहाँले यश पुस्तक बजारमा लयाउनुभयको हो,बिबिधकारण बस टेलिभिजन,रेडियो,स्कुल को काम छोडेर बिदेश लाग्न परेपछी लामो समय घरमै रहिरहेको पुस्तक Miss You Nepal फेसबुक पेज मार्फत बितरण गर्न इच्छुक भयको हुँदा हामिलाई हस्तान्तरण गर्नुभयको हो,धेरैले पढ्ने ठाउँहरुमा निशुल्क राखिदिनुहोला,या विद्यार्थी भाइ बैनी हरुलाई हाजिरिजवाफ जस्तै सामान्य कार्यक्रम गरि पुरस्कारको रुपमा दिनुहोला भनेर भन्नुभयको छ।

पुस्तक अरु पनि छन हामिलाई सम्पर्क गरि पढेर ज्ञान बढाउन सक्नुहुनेछ।

सम्पर्कको लागि :-9867336808

साउदिमा कार्यरत देबचुली नगरपालिका आँपटारीका Isha Pulami जि ले  गौतम परिवारका ४ बच्चा हरु को सहयोग को लागि हाम्रो मुस्कान अभियानमा रु. 5100/- पठाउनुभयको छ, धेरै धन्यबाद।

हामिले घरमै लगेर केही सामाग्री सँगै सो रकम छिट्टै दिनेछौं।

यस्तो थियो गौतम परिवारको दुख:- घरमै पुगेर प्रतक्ष्य प्रसारण मार्फत जानकारी दिइयको थियो।
--------------------------------------------
गरिबिले गर्दा गौतम परिवारका यी चार बच्चा हरु मुस्कुराउन पनि सक्दैनन .... सम्पत्तिको नाममा एक झुप्रो घर छ, बुवा बोल्न सक्नुहुन्न , आमा व्यवहार गर्न नजान्ने सोझी छिन...पढ्ने रहर त कस्लाई हुँदैन र  बाबा मम्मी को दुख देखेर ठुली नानी सबिता 12 बर्ष कै उमेरमा मेलापात गर्दै हिन्छिन।

यी बच्चा हरु लाई थोरै भए पनि सहयोग गरेर मुस्कान दिन चाहनुहुन्छ भने यस प्रसारण पछि हामिलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नं.  9867336808
009779867336808

[[स्थान:-नवलपरासिको कावासोती बाट माथी को केरुङ्गे खोला तरेर चिलाहा , हँसौंरा हुँदै अर्को खोला पछिको थोरै जंगलको बाटो हिंडे पछि पुग्न सकिन्छ, जस्लाई जुकेपानी(जुगेपानी) गाउँ भनिन्छ। त्यो गाउँको स्कुल भन्दा थोरै तल त्यो झुपडी घर मा पुग्न सकिन्छ ।]]

सम्बन्धित सबै भिडियो हरु हेर्नुहोला :-

Live Videos हेर्नको लागि तलको लिंक कपि गरेर फेसबुक मा पोस्ट गर्नु पर्छ।
Video-3   https://m.facebook.com/story.php?story_fbid=1640467539531128&id=1377479895829895

Video-2  https://m.facebook.com/story.php?story_fbid=1640466712864544&id=1377479895829895

Video-1   https://m.facebook.com/story.php?story_fbid=1640464659531416&id=1377479895829895

Contact Form

Name

Email *

Message *

Powered by Blogger.