हालसम्मको शिक्षा सिमित ब्याक्ती मौलाउने र उत्पादन जनशक्ति बौलाउने नै हो।

हालसम्मको शिक्षा सिमित ब्याक्ती मौलाउने र उत्पादन जनशक्ति बौलाउने नै हो।

        देशका युवा शक्ति सृजनशिल हात लिएर किन खाडि मुलुक देखि बिश्वका विभिन्न रास्ट्रहरुमा भौतारिएका छन ? यसमा सरोकार वाला र सरकारको कुनै चासो छैन। हाल म साउदीअरबको अल्मराई कम्पनीमा कार्यरत छु, आउदो जनवरीमा१२ साल पुरा हुदैछ। तब म यस  कम्पनीमा उपस्थिति भए  त्यो अवस्था र हालको उन्नति र प्रगतिलाई हेर्दा म आकाश जमिनको फरक देख्छु कल्पना पनि गर्न सक्दिन कि प्रगतिले शिखर चुमेको छ। जब म हरेक साल छुट्टी जाने गर्छु आफ्नो मातृभूमि,  प्रगतिको भन्दा दुर्गति धेरै देख्छु। आज भन्दा १२ साल अघि म मोटर साईकल चलाउदै दौडिरहने ती खाल्डाखुल्डी अहिलेसम्म पुरेको छैन र लाग्छ धिक्कार छ हे मेरो देश।

       धेरै बर्ष अघिदेखि यो मेरो मन, मस्तिष्कले देखेको र बुझेको कुरा सरकार समक्ष राख्न चाहन्छु। हाम्रो देश नेपाल बिश्वको दोस्रो धनी जल सम्पदाको देश र कृषि प्रधान देश भनेर चिन्ने गरिन्छ। तर खाद्यान्न र बिजुलिमा हाम्रो देश किन भारत संग आश्रति छन? यो गम्भीर विषय छ। किन प्रसस्त कृषि र बिजुुली  उत्पादन गर्न सकेका छैनन ? यो राष्ट्रिय शिक्षाको कमजोरी नै हो। हाम्रो देशले कस्तो शिक्षा माग गरेको छ अझै पनि विद्वान, शिक्षाविद र सरकार पक्षले बुझ्न नसक्नुको कारण नै ६० लाख जनशक्ति बिदेशीनु परेको यथार्थ हो।
        शिर झुकाएरै भन्नू पर्छ हाल सम्म हामीले पाएको शिक्षा देशको माग अनुसारको शिक्षा होइन, देश सान्दर्भिक छैन, केबल औंलामा गन्न सकिने ब्याक्ती मौलाउन र उत्पादित जनशक्ति बौलाउने शिक्षा हो। जल सम्पदाको देश भन्छ केबल ५% जनतालाई पनि जल सम्बन्धि ज्ञान छैन, कहाँ छ यस सम्बन्धि पाठ्यसामग्री ? कृषिप्रधान देश भन्छ कक्षा नौ मा गएर ऐछिक विषयमा पाठ्यक्रम संचालन गर्छ, यहि दुर्दशा नै हामी ६० लाख जनशक्तिले बिदेशमा आएर विभिन्न पिडा भोग्नु परेको यथार्थलाई नकार्न मिल्दैन। यदि सरकार बाट जल सम्पदा र कृषि शिक्षालाई नर्सरी कक्षा बाट अनिवार्य शिक्षा लागु गरेको भए ६० लाख बिदेशीनु परेको नेपाली युवा शक्तिमा घटेर १० लाख मात्रै पो हुने थियो कि! बाकी ५० लाख युवा शक्ति आफ्नै माटो उर्वरमा केन्द्रित हुने थियो होला। यदि म अथवा तपाईं १२ सालसम्म यी दुई शिक्षाको ज्ञान प्राप्त गर्न सकेको भए,,, 'म अथवा तपाई' जल वा कृषि विज्ञ पनि हुन्थे होला । सायद यो सबै विडम्बना बेहोर्नु परेको  देश अमिल्दो शिक्षाको नतिजा नै हो।

      सरकारलाई मेरो विनम्र अनुरोध छ, बिगतका दिनहरु गुज्रे ,,,,६० लाख नेपालीहरुले देशको अमिल्दो शिक्षाले गर्दा जे ,जति, धोका र पिडा बेहोर्नु  बेहोरे , अब को पिढिहरुलाई सहि शिक्षा प्रदान गरियोस् । अबको शिक्षा जल सम्पदा सम्बन्धि पाठ्यक्रम उपलब्ध गराईयोस र नर्सरी कक्षा बाट नै जल र कृषि सम्बन्धि अनिवार्य शिक्षा प्राथमिकताका साथ लागू गरियोस् र अबको दस बर्ष पछि ती हाम्रा कर्णधारहरु हामी जस्तै बिदेशी भुमिमा आएर  पसिना बगाउनु नपरोस् ।

        सुरज (राम )गुरुङ
हाल अल्मराई कम्पनी, जेद्दा, साउदी अरब ।
      गोर्खा, छोप्राक १ सिरान्चोक।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.